अकस्मात काठमाडौं बास
फेरि बहुदल स्थापनापछिको २०४८ को आमचुनावमा शैलजा आचार्यसँग मेरो प्रतिस्पर्धा भयो । त्यसबखत यो क्षेत्र नं. ५ मा मोरङको दक्षिणी भेगमा धेरै गाउँ–ठाउँहरू पर्दथे, जसमा नेपाली कांग्ेरसको राम्रो पकड र संगठन थियो । भारतसँग सीमा जोडिएका गाउँहरू पनि थिए ।
शैलजा आचार्यलाई साधन र सवारी वाहनहरूको पनि कुनै कमी थिएन । भारतका प्रधानमन्त्री रहेका चन्द्रशेखरमार्फत् राजस्थानको कुनै व्यापारीले पठाइदिएको भनी विराटनगर हुँदै धेरै जिपहरू नेपाली कांग्ेरसका लागि मेरो घरको बगलमै रहेको पहिलेको एउटा कम्पाउन्ड भएको कोइराला निवासमा आउँदै चुनाव क्षेत्रहरूमा गएको कुरा पनि सुन्दथें । मेरो चुनाव क्षेत्रको मुख्य इन्चार्ज रमेशचन्द्र पौडेल र गाउँहरूका लागि होलाई राजवंशी हुनुहुन्थ्यो । हाम्रो पार्टीका संगठन पनि त्यस क्षेत्रमा राम्रो थिएन । जस्तो कि यो क्षेत्रका धेरै गाउँहरू त्यसबखत भारतीय सीमा छेउमा पर्दथे ।
कतिसम्म भयो भने एकपटक म र होलाई राजवंशी मोटरसाइकलमा एउटा दुकानहरू भएको गाउँमा पुग्यौं । मैले एउटा लुगा सिउने मुसलमान दर्जी र अरू केही मान्छेहरूलाई देखेर चुनाव भाषण गर्न लागें । एक जना राजवंशीले भने– ‘यो त इन्डिया हो तर नेपालबाट केही बेरपछि लाग्ने हाटमा मालसामान किन्न अझ धेरै मान्छेहरू आउँछन् । अहिले पनि यो हाटमा नेपालतिरबाटै आएका मान्छे बढी छन् । भए तापनि सानै जमघट भए पनि मैले नेपालका नागरिकहरूबाट आफ्नो पक्षमा भोट दिन प्रचार गरें । यस्तै थियो, नेपाल र भारतमाथिको कुन नेपाल कुन भारत नछुट्टिएका गाउँहरू र अझै पनि यस्तै छन् । कैयौं गाउँहरू मोरङमा, जहाँ भारतीय सिमानामा दुकान छ नेपाल सिमानामा घर छ । गोहाली नेपालमा छ, घर भारतमा छ । ०४८ को चुनाव क्षेत्र नं. ५ बेग्लै थियो । ०५१ को बेग्लै भयो । पछि–पछि त झन् बेग्लै हुँदै गइरहेको छ । यो देशमा अनिर्वाचित सांसद र संविधानसभा सदस्यहरू त जनताप्रति होइन, केवल नेताप्रति उत्तरदायी भएर कृपा र बफादारीको सम्बन्ध छ भने ४० प्रतिशत जनताद्वारा निर्वाचित सांसदहरू पनि गहुँमा घुन पिसिएझैं निरीह बनाइएका छन् ।
नेपालका जनतालाई कमजोर पार्ने यो आत्मघाती र लोकतन्त्र धानी कामले तत्काल जोडजाड गरेर कुनै प्रकारले कोही बेलाबेला विदेशी सुक्ष्म व्यवस्थापनको भारतले प्रधानमन्त्री हुन सक्लान् तर विदेशी सुष्म व्यवस्थापनको नचाहे ६/७ महिना वा एक वर्षभन्दा पनि कम समयमा प्रधानमन्त्रीबाट हटेका उदाहरण पनि केही वर्षहरू देखिँदै आएको छ ।
०४८ वैशाखको आमचुनावमा मोरङको त्यो समयको क्षेत्र नं. ५ बाट नेपाली कांग्ेरसकी शैलजा आचार्यको जित भयो भने म हार्ने निकटतम प्रतिद्वन्द्वी भएँ र सद्भावना पार्टीका दिलीप घाडेवा तेस्रो र अरूहरू त्यसभन्दा तल भए । ०४८ मा म ०४७ पुस २५ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) भएदेखि २८ मध्ये एक केन्द्रीय कमिटी सदस्य र प्रचार विभागको सदस्य पनि भएँ । त्यसबखत झलनाथ खनाल प्रचार विभागको इन्चार्ज हुनुहुन्थ्यो ।
०४८ को कात्तिकमा प्रचार विभागको मिटिङ हुँदा म विराटनगरबाट काठमाडौं आएँ । त्यसबखत मैले सोचेको पनि थिइनँ । तर, प्रचार विभागको त्यो मिटिङले यस्तो मोड लिन पुग्यो कि मैले मंसिर ३ गते ०४८ को वर्ष ९ अंकदेखि त्यस समय पार्टीको मुखपत्रका रूपमा रहेको ‘दृष्टि’ साप्ताहिकको प्रधान सम्पादकका रूपमा काम गर्न काठमाडौं रहनुपर्ने भयो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply