अखिलमा केटाकेटी शैली
काठमाडौं । अनेरास्ववियुमा केही पदाधिकारीले केटाकेटी शैली प्रस्तुत गरेपछि भद्रगोल भएको छ । महासचिव ऐन महरले संगठन सञ्चालनसम्बन्धी पूर्ण अधिकार प्राप्त गरेका कार्यवाहक अध्यक्ष महेश बर्तौलासँग कुनै परामर्श नगरी फेसबुकबाट बैठक आह्वान गरेपछि केटाकेटी शैली प्रस्तुत भएको हो । अध्यक्षसँगको परामर्शमा मात्र बैठक बोलाउने व्यवस्था भए पनि महासचिव महरले कसैलाई नसोधी फेसबुकबाटै बैठक आह्वान गरेका थिए ।
सो कुराको सर्वत्र आलोचना भएपछि हिजो बसेको अनेरास्ववियुको स्थायी समिति बैठकमा महासचिव महरले माफी मागेका थिए । तर, कार्यवाहक अध्यक्ष बर्तौलाले भने संगठनमा कुनै विवाद नभएको दाबी गरे । आगामी जेठ ४ र ५ गते अनेरास्ववियुको केन्द्रीय कमिटी बैठक आह्वान भएको र सो बैठकमा संगठनको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।
सो केन्द्रीय कमिटी बैठकले संगठनलाई नयाँ नेतृत्व दिनेसमेत अपेक्षा गरिएको छ । सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन नभए निर्वाचनबाट भने पनि नयाँ नेतृत्व चयन गर्न अधिकांश केन्द्रीय सदस्यहरूले माग गरेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply