अन्तरघातविरुद्ध शीर्ष नेताको एउटै स्वर
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अन्तरघातकै कारण पार्टीले २५ भन्दा बढी स्थानीय तह गुमाएपछि अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू अन्तरघातीहरूलाई कारबाही गर्न एकजुट भएका छन् ।
अन्तरघात नभइदिएको भए पार्टीको आन्तरिक सर्वेक्षणअनुसार एमालेले कम्तीमा १ सय ७० देखि १ सय ८० सिटसम्म जित्ने परिणामले देखाएपछि अध्यक्ष ओलीसहित शीर्ष नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु अन्तरघातीलाई पार्टीमा स्थान नभएको भन्दै कारबाही गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।
अन्तरघातका कारण मोरङको सुन्दर हरैंचा, रतुवामाई, केराबारी लेटाङसहित चार स्थान, झापाको गौरादह, हल्दीबारी, बुद्धशान्ति, गौरीगन्ज र मेची नगरपालिका, भोजपुरको भोजपुर र षडानन्द नगरपालिका, कपिलवस्तुको वाणगंगा र बुद्धभूमि, पा“चथरको फिदिम, पाल्पाको रामपुर, ओखलढुंगाको लिशंखु, सुनसरीको इनरुवा नगरपालिका, नवलपरासीको सुनवल, रूपन्देहीको देवदह, बाजुराको मार्तडी, अछामको मेल्लेख, बान्नीगढी जयगढ र विनायक नगरपालिका, बर्दियाको गुलरिया, राप्ती सोनालीलगायतका २५ भन्दा बढी स्थान जित्ने निश्चित हु“दाहु“दै अन्तरघातकै कारण गुमेको एमालेको प्रारम्भिक निष्कर्ष छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पहिलो चरणको निर्वाचन सकिएलगत्तै कडाइका साथ अन्तरघातको छानबिन गरी कारबाही गर्नुपर्ने जोडदार आवाज उठाएका थिए । दोस्रो चरणमा अध्यक्ष ओलीकै गृह जिल्ला झापामा एमालेले अन्तरघातकै कारण कम्तीमा चार स्थानीय तह गुमाएपछि कारबाही प्रकरणमा सबै नेता एकै ठाउ“ उभिने परिस्थिति बन्यो । जिल्ला अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउ“पालिका अध्यक्षमा पराजित भए भने सचिव मदन अधिकारी गौरदाह नगरपालिकाको मेयरमा पराजित भए । पाठकलाई अध्यक्ष ओली र अधिकारीलाई नेता नेपालनिकट मानिन्छ । झापामा एमालेले सात स्थानमा प्रमुख पद जिते पनि ११ तहमा चाहि“ उपप्रमुख जितेको छ । जबकि बा“की चार तहमा उपप्रमुखसहित बहुमत वडा जितेर प्रमुख पद हारेका कारण पार्टीको आन्तरिक समस्याकै कारण एमाले पराजित भएको विषय उजागर भयो ।
मोरङको १६ स्थानीय तहमध्ये पनि एमालेले पा“च तहमा मात्रै प्रमुख पद जितेको छ । सुनसरी, भोजपुर, अछाम, बाजुराजस्ता जिल्लामा पनि यस्तै परिणाम आएपछि अध्यक्ष ओलीले सात दिनभित्र अन्तरघात गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् । उता उपाध्यक्ष गौतमले पनि पार्टीले धेरै स्थानमा अन्तरघातकै कारण हारेको बताएका छन् ।
यसैबीच एमाले स्थायी समितिको सोमबारको बैठकले १५ दिनभित्र पार्टीले जितेका र अनपेक्षित परिणाम भोगेको विषयमा समीक्षा प्रतिवेदन पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply