अलोकप्रिय हुँदा पनि कांग्रेसमा देउवा नै बलिया
काठमाडौं । पार्टीका पाँचवटा भ्रातृ संगठनमा पराजित हुनासाथ कांग्रेसभित्र सभापति शेरबहादुर कोइराला कमजोर भए भनेर निकै हल्ला पिटाइएको छ । पार्टीभित्र जसको कुनै निर्णयमा सहभागि हुनेसम्मको हैसियत छैन, उनीहरूले गुटको भेला गरेर देउवा कमजोर भएको प्रचार गरे पनि खासमा उनी झन्झन् बलियो बन्दै गएको बताइन्छ ।
१३ सयभन्दा बढी सदस्यले सहभागिता जनाउने टे«ड युनियनको अधिवेशनको संघारमा पौडेल गुटले भेला आयोजना गरेर देउवा कमजोर भएको प्रचार गराएको बताइन्छ । यसलाई देउवा पक्षले पनि अधिवेशन केन्द्रित स्टन्टका रूपमा लिएको छ । अचम्म त के भने देउवा कमजोर भएको भनिएको भेलामै अधिवेशनमा रामचन्द्र पौडेल गुटबाट महामन्त्री निर्वाचित शशांक कोइराला उपस्थित भएका थिएनन् । अहिले पौडेल समूहले कोइराला देउवासँग बिकेको आरोप लगाउने गरेको छ । संसदीय दलको नेता चयन गर्ने बेलामा पौडेललगायतका सो गुटका नेताले कोइरालाई प्रकाशमान सिंहको प्रस्तावक बस्न आग्रह गरेका थिए । त्यतिबेलै उनले अस्वीकार गरेर आफू पौडेल गुटमा नरहेको जनाउ दिइसकेका थिए ।
कांग्रेस केन्द्रीय कमिटीमा निर्णयमा सहभागिताको हैसियतले भन्ने हो भने शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसीहरूको कुनै महŒव हँुदैन । उनीहरू महाधिवेशनमा पराजित भएपछि देउवाले मनोनीत गरेका हुन् । मनोनीत केन्द्रीय सदस्यको निर्णय प्रक्रियामा सहभागिता हुँदैन । जबकि, पौडेल समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू नारायण खड्का, मीनेन्द्र रिजाल र बद्री पाण्डे पनि अहिले पौडेल समूह त्यागिसकेका छन् । उनीहरू अहिले संस्थापन समूहमा छन् । संस्थापन समूहबाट एक जना चन्द्र भण्डारी मात्र पौडेल समूहमा गएका छन् । कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, पछिल्लोपटक प्रधानमन्त्री हुँदा देउवा झनै अलोकप्रिय भए, तर अलोकप्रिय भए पनि पार्टीभित्र बलिया फेरि पनि उनै छन् ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेसमा मिसाएर आएका विजयकुमार गच्छदारले पनि देउवालाई नै साथ दिएपछि उनी झन् बलियो भएको बताइन्छ । खुमबहादर खड्काको निधनपछि बाध्य भएर देउवाले विमलेन्द्र निधिलाई उपसभापति बनाए पनि अब महासमिति बैठकबाट विधान संशोधन गरेर गच्छदारलाई आफूपछिको दोस्रो मर्यादाक्रममा राख्ने योजनामा रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply