19th September 2017, Tuesday

E-budhabar

असुविधा महसुस भए पनि पठनीय



असुविधा महसुस भए पनि पठनीय

सौरभको लेखन छुराको धारजस्तै हुन्छ, अत्यन्तै तिखो । जसले काट्नु र छाँट्नुपर्ने चिजहरूलाई भित्तैमा पु¥याएर काट्छन्÷छाँट्छन् । कुनै पनि विषयमा गहन अनुसन्धान, खोज गर्ने र त्यसमा डुबुल्की मारेरै लेख्ने उनको शैली बेजोडकै छ । उनको शैली न पत्रकारिताको भाषासँग मिल्छ, न त साहित्य वा इतिहासकै भाषासँगै मिल्छ । विषयगत तथ्यहरू बटुलेर स्वच्छन्द शैलीमा लेख्ने उनको कलालाई विशिष्ट मान्नुपर्छ ।
अखबारहरूमा बारम्बार देखिइरहने सौरभका लेखहरूका सँगालो ‘असंगति’ भित्र उनले विभिन्न समय अखबारहरूमा लेखेका गहन र विश्लेषात्मक रचनाहरू संगृहीत छन् । कुनै बेला साहित्य लेखनमा जमेका र पछिल्लो समय ऐतिहासिक तथ्यहरू उधिन्ने र त्यसलाई आफ्नो लेखोटमार्फत सतहमा ल्याउन प्रयत्नशील सौरभका यसअघि ‘असहमति’ र ‘सौरभका पच्चीस वर्ष’ लगायत किताब प्रकाशन भइसकेका छन् ।
नेपाली समाज, राजनीति, संस्कृति, बौद्धिक तह र तप्कामा व्याप्त विसंगत पक्षहरूलाई कोट्याउने, केलाउने र त्यसमा आफ्नो खरो प्रतिक्रिया दिने लेखन शैली पछ्याएका सौरभ प्रायः प्रखर आलोचकका रूपमा देखिन्छन् । नेपालमा फस्टाइरहेको पुरस्कार–संस्कृतिप्रति उनको कटाक्ष छ, ‘देशका सबै क्षेत्रमा गरी झन्डै १ लाख मानिस सधैं पुरस्कारका निम्ति दौडिरहेका पाइन्छन् । माला र खादा लगाइरहेका, जरी भरिएका, दुबो भरिएका हरिया माला लगाएका ‘नन एन्टिटी’हरू छापाको तस्बिरमा अत्यन्त गम्भीर मुद्रामा छाती फर्काएको देख्दा करोडौं नागरिकहरू मुुसुक्क हाँस्छन् । अरू यावत् कुरा छोडेर साहित्यमा मात्रै हजार, बाह्र सय पुरस्कार किन छन् ? कुन चन्द्रमामा पुग्न यो अभियान चलिरहेको छ । बुझिनसक्नु छ ।’
आलोचना गर्ने क्रममा सौरभले कसैलाई पनि दया माया राख्ने गरेको पाइँदैन । समाजका प्रखर बुद्धिजीवीदेखि नेताहरूसम्म उनको आलोचनाको तारोमा परेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको समय–व्यवस्थापनमा देखिने कमजोरीलाई उनले यसरी आलोचना गर्न चाहेका छन्, ‘ओली समय सामन्त हुन् । कुनै निम्ता, कुनै महŒवपूर्ण बैठकमा डेढदेखि तीन घण्टासम्म ढिलो पुग्नु उनको मौलिक संस्कृति हो । आफ्नो यस्तै चलन छ भनिदिनू, ढिलो हुनको कारण नदिनु उनको मौलिक स्वभाव हो । त्यसैले पनि उनी चर्कै अलोकप्रिय रहे ।’
सौरभको लेखनमा ऐतिहासिक तथ्य, वनस्पतिहरूका नालीबेलीदेखि राजामहाराजाहरूका सोखबारे पनि प्रशस्तै उल्लेख छ । राजा त्रिभुवनको एउटा नराम्रो बानी रहेकोतिर इंगित गर्दै उनी लेख्छन्, ‘त्रिभुवनमा आफूलाई राम्रो लागेको कुरा जसरी पनि लिने बानी थियो भन्ने प्रसंग पद्मराज प्रधानले पनि लेखेका छन् । त्रिभुवनले बंगालमा पनि दुर्लभ फाइलोनोप्सिस साइलेरियाना जातको सुनाखरी हडपेर, कसरी प्रधानलाई अप्ठ्यारोमा पारे भनेर लेखेका छन् । जुन सुनाखरी उनले राजा राजेन्द्रनाथ मल्लिकसँग मागेर केही दिनका लागि मात्र ल्याइदिएका थिए त्रिभुवनलाई देखाउन, वचन दिएअनुसार त्यसलाई फर्काइदिएनन् ।’
सौरभको ‘असंगति’मा विभिन्न विषयअनुरूपमा लेखहरू समेटिएका छन् । जसमा बहस, आत्मबोध, भैंचालोवरिपरि, साम्प्रदायिकतावरिपरि, हस्तक्षेप, प्रतिवाद, नेवारहरू, फुर्सदमा आदि रहेका छन् । ती विषयहरूमा लघु र लामा गरी ३२ वटा लेख छन् ।
सौरभका लेखन वजनदार र दर्बिलो भए पनि उनका लेखनीमा रमाउन चाहनेहरूले अरू सन्दर्भ–सामग्रीको पनि सहारा लिनुपर्ने हुन्छ । किनकि कुनै प्रसंग उप्काउँदा उनले यस्ता शब्द र सन्दर्भहरूलाई अगाडि सार्छन्, जसका बारेमा बुझ्न त्यस्ता शब्द र सन्दर्भहरूलाई नै पछ्याउनुपर्ने हुन्छ । तथापि उनका लेखहरू पढ्दा कतिपय ठाउँमा असुविधा महसुस हुने भए पनि त्यसले पाठकहरूलाई निराश भने तुल्याउँदैन ।
कृति : असंगति
विधा : लेखरचना सँगालो
लेखक : सौरभ
प्रकाशक : बुकहिल प्रकाशन
पृष्ठ : २७८
मूल्य : ३९९।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा