14th August 2018, Tuesday

E-budhabar

आईडीपीद्वारा राष्ट्रिय शिक्षा छात्रवृत्तिको घोषणा



काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्ने संस्था आईडीपी एजुकेसनले नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहमा छात्रवृत्ति घोषणा गरिएको हो ।
अस्ट्रेलियाको धितोपत्र बोर्डमा सूचीबद्ध कम्पनीले नेपालमा विद्यार्थीहरूलाई गुणस्तरीय एवं अन्तर्राष्ट्रिय शिक्षामा पहुँच बिस्तार गर्न सहयोग पु¥याउन जम्मा अस्ट्रेलियन डलर ५० हजारबराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । उक्त छात्रवृत्ति विभिन्न अंग्रेजी भाषा बोलिने देशहरू अस्ट्रेलिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र आइरल्यान्डमा प्रदान गर्ने घोषणा गरिएको हो ।
आईडीपी एडुकेसनका प्रमुख कार्यकारी प्रमुख एन्ड्र्यु बार्कलाले नेपालका विद्यार्थीहरूका लागि थप अवसरहरू सिर्जना गर्न भनी आईडीपीले यो कार्यक्रम ल्याएको बताए । १० महŒवाकांक्षी नेपाली विद्यार्थीहरूलाई अन्तराष्ट्रिय शिक्षा छात्रवृत्ति प्रदान गर्ने र उनीहरूको छनोट प्रतिस्पर्धा तथा शैक्षिक योग्यताको आधारमा गरिने उनको भनाइ थियो । सो अवसरले नेपाली बिद्यार्थीहरूलाई अस्ट्रेलियामा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न मात्र नभएर उनीहरूको उज्ज्वल भविष्य निर्माणमा पूर्ण सहयोग पुग्ने उनले दाबी गरे । उनले भने, ‘हामी नेपालका केही गैरसरकारी संगठनहरूसँग सहकार्यमा गुणस्तर शिक्षाको पहुँचबाट वञ्चित बालबालिकालाई सहयोग गरी समाजमा वञ्चित भएका युवाहरूमाझ शिक्षाको मार्ग सहज गर्न तत्पर छौं ।’
आईडीपी एडुकेसनले नेपालका विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षाको लक्ष्य हासिल गर्न सघाउ पु¥याउन अगस्ट १ सम्ममा काठमाडौंमा एक कार्यालय खोल्ने योजना पनि घोषणा गरेको छ ।
यसै अवसरमा आईडीपी एजुकेसनका दक्षिण एसिया क्षेत्रीय निर्देशक पीयूष कुमारले नेपालमा आईडीपीको पहिलो स्टुडेन्ट प्लेसमेन्ट सर्भिस कार्यालय सुरु गर्ने योजनाले अत्यन्त उत्साही भएको बताए । उनले थपे, ‘स्टुडेन्ट प्लेसमेन्ट अफिसको स्थापनापछि हामी नेपालका सबै विद्यार्थीलाई उच्च स्तरको सेवा उपलब्ध गराउन चाहन्छौं, जसले उनीहरूको अन्तर्राष्ट्रिय शिक्षाको लक्ष्य हासिल गर्न मद्दत पुगोस् . अन्तर्राष्ट्रिय शिक्षाको पहुचको एक महŒवपूर्ण निर्णय भनेको सही विषय, सही विश्वविद्यालय र उपयुक्त सहरको छनोट हो भन्ने कुरा हामीजस्तो अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्ने संस्थाहरूका सुरुवाती प्रवद्र्धकहरूले राम्ररी बुझेका छौं ।’
उनले उच्च प्रशिक्षित र अनुभवी परामर्शदाताहरूले विद्यार्थीहरूलाई स्पष्ट र विश्वसनीय माध्यमबाट जीवन परिवर्तन हुने छनोटका अवसरहरू प्रदान गर्न मद्दत गर्ने र आफ्ना सबै सेवा निःशुल्क रहने दाबी गरे ।
आईडीपीले संसार भरिका ६ सय ५० भन्दा बढी विश्वप्रसिद्ध विश्वविद्यालय र कलेजसँग सहकार्य गर्दै आइरहेको छ । आईडीपीले अन्तराष्ट्रिय शैक्षिक यात्रामा विद्यार्थीहरूलाई सहयोग पु¥याउन अस्ट्रलिया र न्युजिल्यान्डमा पनि कार्यालयहरू स्थापना गरेको छ ।
आईडीपी एजुकेसन अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्नेमा विश्वप्रख्यात निकाय हो । सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी सेवा केन्द्रहरूको नेटवर्कको साथ आईडीपीको ३० भन्दा बढी देशहरूमा भौतिक उपस्थिति छ ।
आईडीपी एडुकेसन लिमिटेड एक एएसएक्स सूचीबद्ध कम्पनी हो जसमा ५० प्रतिशत अस्ट्रेलियन विश्वविद्यालयहरूको स्वामित्व रहेको छ ।
विगत झन्डै ५० वर्षदेखि आईडीपीले अन्तर्राष्ट्रिय शिक्षामा विद्यार्थीहरूको पहुच व्यापक परामर्श सेवा प्रदान गरी विशेष भूमिका निर्वाह गरेको छ भने हालसम्म आफ्नो उचित परामर्श सेवा प्रदान गरी ४ लाखभन्दा बढी विद्यार्थीहरू अस्ट्रेलिया, युनाइटेड किंग्डम, संयुक्त राज्य अमेरिका, क्यानाडा, न्युजिल्याण्ड र हालै आयरल्यान्डलगायतका देशहरूमा भर्ना गरिसकेको छ । आईडीपीको आईईएलटीएस (अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली) मा समेत स्वामित्व रहेको छ । सन् १९८९ मा शुरुभए देखि नै आईईएलटीएस संसारको सबैभन्दा लोकप्रिय उच्च अंग्रेजी भाषा परीक्षण परीक्षाका रूपमा चर्चित छ ।
आईईएलटीएसलाइ १० हजारभन्दा बढी संस्थाद्वारा विश्वव्यापी भाषा सक्षमताको प्रमाणका रूपमा स्वीकार गरेका छन् । .गत वर्ष विश्वभर ३ लाखभन्दा बढी परीक्षार्थीहरूले आईईएलटीएसको परिक्षा दिएका थिए ।
कार्यक्रममा आईडीपीका कन्ट्री मेनेजर अभिशेक श्रेष्ठ र ज्वाइन्ट भेन्चर भुपेन्द्र सिटौलालगायतले यो छात्रवृत्तिपछि आमनेपाली युवाहरूको भविष्यको मार्ग खुला हुने दाबी गरे । उनीहरूले छनौट प्रणाली एकदमै निश्पक्ष र वैज्ञानिक हुने पनि बताए ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरकारको बाटोमा अदालतको तगारो

काठमाडौं । दुई तिहाइ बहुमत प्राप्त स्थिर सरकारलाई आफ्नो ढंगले काम गर्न अदालतले पटकपटक तगारो लगाएको छ । अघिल्लो सरकारले राजनीतिक आस्थाका आधारमा जाँदा जाँदै गरेका नियुक्तिहरू- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

साउने प्रतिज्ञा

हरेक दिन दाह्री–जुँगा मिलाएर हिँड्ने एकजना साथी दाह्री–जुँगा पालेको अवस्था देखेपछि प्रश्न गर्न मन लाग्यो, ‘दाह्री–जुँगा पाल्न थाल्नुभएछ नि, किन यस्तो विरूप हो ?’ ती साथीले जवाफ- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समस्याको उठान

देश, समाज र परिवारभित्र दैनन्दिन रूपमा अनेक घटनाहरू जन्मिरहेका हुन्छन् । निश्चय नै, त्यस्ता घटनाहरूले मानिसको जीवनमा सानाठूला प्रभाव पार्दछन् । कुनै घटनाको प्रभाव क्षणिक हुन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा