आजबाट १४ स्थानमा चुनावी संयुक्त सभा
ओली र प्रचण्ड देश दौडाहामा
काठमाडौं । संयुक्त वाम गठबन्धनले आजबाट देशका १४ सहरमा विशाल संंयुक्त चुनावी सभा आयोजना गर्ने भएका छन् । चुनावी तालमेल र पार्टी एकताको सन्देश दिने उद्देश्यले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त चुनावी सभा गर्न लागेका हुन् ।
आज गोर्खाबाट सुरु हुने संयुक्त चुनावी सभा भोलि बागलुङ र स्याङजा हुँदै ९ मंसिरमा कास्कीको पोखरामा पुगेर समापन हुनेछ । संयुक्त सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित दुवै पार्टीका शीर्षस्थ नेताहरूले सम्बोधन गर्नेछन् । तालमेल र पार्टी एकता भाँड्न देशी–विदेशी तŒव सक्रिय भएपछि दुवै पार्टीका नेताहरूले चुनावी सभामार्फत भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्ने बुझिएको छ । यसअघि सुदूरपूर्वको ताप्लेजुङमा बृहत् संयुक्त चुनावी सभा सम्पन्न भएका थिए । त्यसैलाई निरन्तरता दिँदै नेताहरूले विराटनगर, चितवन, दाङ, बाँके, बर्दिया, बुटवल, धनगढी ताप्लेजुङमा दुवै पार्टीको संयुक्त चुनावीसभा सम्पन्न भइसकेको छ । त्यस्तै, गोर्खा, बागलुङ, पोखरा, दाङ, बर्दिया, रूपन्देही, दैलेख, सुर्खेत, कैलाली र कञ्चनपुरलगायतमा चुनावी सभाहरू आयोजना हुनेछन् । ‘चुनावी तालमेल र पार्टी एकता प्रभावकारी बनाउन सभा हुन लागिरहेको हो,’ पोलिटब्युरो सदस्य तथा चुनावी परिचालन कमिटीका प्रचार संयोजक विष्णु रिमालले भने ।
सानेपाको केन्द्रीय कार्यालयबाट चुनाव परिचालन
वाम गठबन्धनले संयुक्त चुनाव परिचालन प्रभावकारी बनाउन ललितपुरको सानेपाबाट संयक्त चुनावी परिचालनको कार्यालय सुरु गरेका छन् । ‘चुनाव अवधिभर आपसी समन्वयका लागि संयुक्त रूपमा कार्यालय सञ्चालन भइरहेको छ, त्यहीँबाट देशैभर चुनाव परिचालन हुन्छ, रिमालले भने, ‘संयुक्त कार्यालय संचालन हुँदा पेरिसडाँडा दौडिने कि धुम्बाराही आउने अलमल अन्त्य भएको छ ।’
संयुक्त सभाको तालिका
कात्तिक २९ – गोर्खा
कात्तिक ३० – बागलुङ र स्याङ्जा
मंसिर २ – झापा (दमक)
मंसिर ३ – झापा (काँकडभिट्टा) र मोरङ (विराटचोक)
मंसिर ५ – चितवन
मंसिर ६ – बुटवल र दाङ
मंसिर ७ – सुर्खेत र दैलेख
मंसिर ८ – कैलाली र कञ्चनपुर
मंसिर ९ – कास्की (पोखरा)
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply