21st May 2018, Monday

E-budhabar

आजाद ः मेरा आदर्श व्यक्तित्व



आजाद ः मेरा आदर्श व्यक्तित्व

आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभन्दा पहिले नै मैले आजादको नाम सुनेको थिए“, अपरिचित भएरै भिमानको चियापसलमा उहा“ले गर्नुभएको छलफल सुनेको थिए“ । राजनीतिमा प्रवेश गरेपछि पहिलो भेट ०३४ भदौमा सिन्धुली जिल्ला पार्टीको सम्मेलन गरिएको स्थल भीरगाउ“मा भयो । त्यसपछि बेलाबेलामा कार्यक्रममा मात्र भेट हुन्थ्यो । उहा“ भूमिगत हुनुभएकाले सहज रूपमा भेटघाट सम्भव थिएन । ०३४÷३५ मा आजादको परिवारसहित सेल्टर भारतको सीतामढीमा भयो । हामी बेलाबेलामा त्यहा“ जाने गर्दथ्यांंै । ०३५ सालमा भिमान काण्डस“ग जोडेर हामीलाई गिरफ्तार गरी जेल चलान गरियो । तर, ०३५÷३६ को जनआन्दोलनको दबाबपछि जनमतसंग्रह घोषणाको सन्दर्भमा भएको आममाफीका क्रममा ०३७ वैशाख १ गते छुट्यांै हामी । जनमतसंग्रहको परिणामपछि आजादलाई भेट्न ज्ञानप्रसाद सुवेदी ‘शेषराज’स“गै रामेछाप सैपुका चतुरमान सुनुवारको घरमा पुग्यांै, जहा“ पूर्वको पहाडी जिल्लाको क्षेत्रीय कार्यालय थियो । आजाद सो क्षेत्रका इन्चार्ज हुनुहुन्थ्यो । जनमतसंग्रहमा सुधारिएको पञ्चायतलाई धा“धली गरेर जिताइएलगत्तै उक्त भेट भएको थियो । अगाडि कसरी बढ्ने भन्ने तय भइसकेको थिएन । पार्टीमा अन्तरसंघर्ष चुलिएको अवस्था रहेछ । आजाद एकदमै असन्तुष्ट हुनुहुन्थ्यो । सैलुङलाई आधार क्षेत्र बनाएर जनयुद्ध गर्ने सोचसहित आजादकै जोडमा पहाडी जिल्लाहरूको यो क्षेत्र बनाइएको थियो । तर, तत्कालीन नेतृत्व जनयुद्ध सुरु गर्ने पक्षमा थिएन । त्यसैले, उहा“ किंकर्तव्यविमूढ र निराश मुद्रामा हुनुहुन्थ्यो । त्यसबेला लामै कुराकानी भयो ।
कुराको सिलसिलामा उहा“ले मलंगवा जेलबाट सीपी गजुरेलले पठाएको चिठीको प्रसंग उठाउनुभयो । सीपीले ‘जनमतसंग्रहमा भाग लिनुपर्छ भन्ने मलंगवा जेलमा रहेका सबै कमरेडहरूको राय छ’ भनेर लेख्नुभएको रहेछ । ‘तर, त्यो चिठी केन्द्रीय कार्यालयमा पुग्यो भने दक्षिणपन्थीलाई फाइदा पुग्छ भनेर मैले बीचैमा च्यातिदिए“’ भन्नुभयो । मलाई ताजुप लाग्यो । ‘मैले यस विषयमा तपार्इंबाट नै जानकारी पाए“’ भनें । सीपीले चिठी पठाउने विषयमा हामीस“ग कुनै सल्लाह गर्नुभएको थिएन । जबकि, मलंगवा जेलमा रहेकामध्ये अधिकांश कमरेडहरू जनमतसंग्रह बहिष्कार गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो । सूचना सम्प्रेषणको सवालमा कम्युनिस्ट–इमानदारी नेताहरूमा नरहेको पाउ“दा दुःख लाग्यो । त्यतिखेर मलंगवा जेलमा सिन्धुली, सर्लाही, महोत्तरी र धनुषाका सहिद रामवृक्ष यादवलगायत जिम्मेवार कमरेडहरू थियांै । यहा“को सुझावले पार्टीमा विशेष महŒव राख्दथ्यो । भेटमा राजनीतिक कुराकानी लामै भए पनि कुनै निष्कर्षमा नपुगी सैंपुमा दुई दिन बसेर हामी फक्र्यौं । केही समयपछि हामीले सुन्यांै, आजादले सार्वजनिक अपिलसहित पार्टीबाट राजीनामा दिनुभयो ।
हामीलाई उहा“को राजीनामा र विभाजन मन परेन । उहा“ले उठाउनुभएका विषय सकारात्मक भए पनि पार्टी छाड्नेभन्दा पनि पार्टीमा बसेर नै संघर्ष गर्नुपर्ने पक्षमा हामी रह्यांै । कुनै सल्लाह नगरी अकस्मात् आएको राजीनामा ठीक लागेन । राजीनामापछि उहा“ले भेट गर्नुभएन । तर, केही समयपछि अप्रत्यासित रूपमा रामेछाप जिल्लाको गुन्सीभदौरेमा कमल चौलागाईंको घरमा भेट भयो । ईश्वरी दाहाल ‘असारे’लाई भेट्न ज्ञानप्रसाद सुवेदी र म रामेछाप गएका थियौं । निर्मल लामालाई भेट्न काठमाडांै जाने क्रममा आजाद त्यही बाटो हु“दै आउनुभएको रहेछ । उहा“स“ग हाम्रो लामो कुराकानी भयो । हामी यति धेरै कमरेडहरू तपार्इंको पक्षमा हु“दाहु“दै तपाईंले एकल निर्णय किन गर्नुभयो ? जस्ता प्रश्न हामीले ग¥यौं । उहा“ले ‘मोहन घिमिरेले केन्द्रीय समितिले मलाई कारबाही गर्ने तयारी गर्दै छ भन्ने भ्रमपूर्ण खबर ल्याएपछि मैले आत्तिएर राजीनामा गरें, वास्तविक कुरा त स्पष्टीकरण सोध्ने मात्र रहेछ, गल्ती भयो’ भन्नुभयो ।
त्यसपछि फेरि भेट्ने वाचासहित मैले सिन्धुलीको भद्रकाली गाविसस्थित अमले गाउ“को सम्पर्क दिए“ । उहा“ काठमाडांैतिर लाग्नुभयो । तर, फेरि उहा“स“ग भेट हुन सकेन । उहा“का नजिकका हौं भन्ने धोकेबाजहरूले सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण पन्तको योजनामा उहा“लाई गिरफ्तार गराए र भिमान जंगलमा जल्लादहरूले ०३७ फागुन १२ गते राति उहा“को हत्या गरे । आफ्नो आदर्श नेताको हत्या भएको खबर सुनेर हामी मर्माहत भयांै । उहा“स“ग बसेर रामेछापमा बनाएको योजना पूरा हुन पाएन । तर, हामीले जनयुद्ध गर्ने उहा“को अतृप्त इच्छा भने पूरा ग¥यांंै । यसमा मलाई गर्वानुभूति हुन्छ । आज नेपालमा जनयुद्ध र जनआन्दोलनको फ्युजनबाट संविधानसभामार्फत संघीय लोकतान्त्रिक संविधान बनेको छ । पार्टीबाट राजीनामा दिएपछि उहा“ले प्रखर गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहस“ग मिलेर भए पनि सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्न छलफल गरेर योजना बनाउनुभएको रहेछ । तर, कार्यान्वयन गर्न भ्याउनुभएन । उहा“को राजतन्त्र अन्त्य गर्ने सपना हामीले पूरा ग¥यौं ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’स“ग अनुरोध गरेर सहिद दुर्गा सुवेदीकी पत्नी क. कल्पना सुवेदीलगायतको पहलमा भिमान चोकमा सहिदहरू ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी र दलबहादुर रजन मगरको स्मारक निर्माण गर्न हामी सफल भयांै । सिन्धुली खुर्कोटमा जन्मिएर सामन्ती उत्पीडनको भुक्तभोगी हुनुभएका आजादको जीवनका सबै पाटा÷पक्ष उहा“स“ग लामो समय बिताएका कमरेडहरूले बताउनु हुने नै छ । मैले यतातिर समय लिन चाहिन“ । तर, मैले आफंैले नजिकबाट अनुभूत गरेका उहा“का सबल र दुर्बल पक्षको चर्चा गर्न आवश्यक ठान्दछु । किसान–मजदुरलगायत उत्पीडित वर्गप्रति उहा“को निष्ठा अद्वितीय नै रह्यो । साधारण जीवनशैली, कुशल संगठक, श्रमप्रति गहिरो प्रेम, ढोंगी जीवनप्रति घृणा, जस्तोसुकै दुःखकष्ट गर्न सक्ने, सहजै घुलमिल हुन सक्ने, आलोचना गर्न कत्ति पनि नहिच्किचाउने, अथक योद्धा, ग्रामीण वर्गसंघर्ष र सशस्त्र संघर्षप्रति गहिरो लगावजस्ता गुण उहा“का सबल पक्ष थिए । सपनामा पनि उहा“ क्रान्ति नै देख्नुहुन्थ्यो भन्दा अतिशयोक्ति नहोला । परिवारलाई नै क्रान्तिमा ढाल्नुभयो । व्यक्तिगत जीवन भन्ने नै उहा“को रहेन । उहा“मा क्रान्तिकारी गीत लेख्न र गाउन गहिरो रुचि थियो । उहा“मा वर्गप्रतिको अगाध प्रेम र निष्ठा देखेर नै मैले उहा“लाई आदर्श मानें ।
उहा“का कमजोरी पनि कम रहेनन् । सिद्धान्तप्रति निष्ठा तर सैद्धान्तिक एवं राजनीतिक ज्ञानको न्यूनताका कारण जुझारु व्यवहारवादी, वर्ग र विज्ञानको उचित संयोजन गर्नमा उहा“मा कमजोरी रह्यो । सबै आफैं जस्तो हुनुपर्छ भन्ने मान्यता बनाउने, विश्वास गरेपछि अति विश्वास गर्ने हुनुहुन्थ्यो, जसका कारण उहा“ गिरफ्तार हुनुभयो । धैर्यको कमी, मध्यम वर्गप्रति नकारात्मक धारणा, आवश्यकताभन्दा बढी दुःख गर्ने र सबैले यसै गर्नुपर्छ भन्ने, छिट्टै विश्वास र छिट्टै शंका गरिहाल्ने, समग्र विश्लेषणभन्दा आंशिक विश्लेषणबाट नै निष्कर्षमा पुग्ने, छिट्टै उत्तेजनामा आइहाल्ने, आत्मगत पक्षको भूमिकालाई अतिशयोक्ति गर्ने अर्थात् मान्छेले आ“ट्यो भने जे पनि गर्न सकिन्छ भन्ने कुरालाई यान्त्रिक रूपमा लिने जस्ता कमजोरी उहा“मा थियो । एक वाक्यमा भन्नुपर्दा सिद्धान्त र व्यवहारको समुचित तालमेल मिलाउनमा केही कमी थियो, जुन एकांगी चिन्तनको उपज थियो । तर, तथ्यसहित तर्कसंगत ढंगबाट पूर्वाग्रह नराखी कसैले कमजोरी आंैल्यायो भने उहा“ स्वीकार गर्न भने हिच्किचाउनुहुन्नथ्यो ।
आजादका कमीकमजोरीको कुरा गर्दा सिन्धुली जिल्लाको विरासतका रूपमा रहेको संकीर्णताको संक्षिप्त चर्चा गर्नु आवश्यक छ, जुन भौगोलिक र वातावरणीय विविधता तथा टुक्रे उत्पादनको प्रकृतिले (खान, लगाउन र दुःख–सुख गरेर चल्ने) मानिसमा पैदा भएको सामाजिक चेतना एवं मनोविज्ञानको ऐतिहासिक पक्षस“ग सम्बन्धित छ । सिन्धुली जिल्लामा कोसी, कमला, मरिन, चदाहा र जिर्घा नदीले निर्माण गरेको उर्वर फा“ट तथा कहिल्यै सुक्खा नहुने पूर्व–पश्चिम फैलिएको महाभारत पर्वतशृंखला पर्दछ । यो भूबनोट र यसले सम्भव तुल्याएको सामान्य जीविकोपार्जनको सापेक्षिक सहजताको जगमा विकसित जनतामा विद्यमान संकीर्णतावादी प्रवृत्तिको प्रभाव सिन्धुलीका नेताहरूमा पाइने गरेको छ, जुन व्यवहारतः सानो कुरामा लोभ गर्ने, सानो चित्त राख्ने, अर्काको प्रगतिमा ईष्र्या गर्ने र खुट्टा तान्ने प्रवृत्तिका रूपमा व्यक्त हुने गरेको छ ।
पञ्चायतकालमा जिल्ला सभापतिसमेत भइसकेका पद्मजंग थापाले पञ्चायत कालको अन्त्यतिर भएको जिल्ला सभापतिको चुनावमा टीकाजंग थापाको पक्षमा गोविन्दनाथ अधिकारीप्रति प्रदर्शन गरेको असहज व्यवहार र पुराना कम्युनिस्ट वासुदेव श्रेष्ठ, जो राष्ट्रिय पञ्चायतको निर्वाचित उपाध्यक्षसमेत भएका थिए, उनले जीवनको उत्तराद्र्धमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा टिके सभापति हुने लालसामा जीवनभरको वामपन्थी कर्ममाथि गरेको आघात र पुराना प्रजातन्त्रवादी नेता विपीन कोइरालाले राजा एवं पञ्चायतप्रति देखाएकोे मोहले नै पुष्टि गर्दछ । यो विरासतले सिन्धुलीका कम्युनिस्ट र गैरकम्युनिस्ट दिवंगत नेतामात्र होइनन्, वर्तमान नेताहरूलाई समेत पछ्याइरहेको छ । संविधानसभाको पहिलो चुनावमा अर्को पक्षको सभा ठूलो होला भन्ने डरले बसको टायरको हावा खुस्काइदिएको घटनादेखि संविधानसभाको दोस्रो चुनावमा आफ्नै जिल्लाका नेतालाई ‘टुरिस्ट उम्मेदवार’ भनेर गरिएको प्रचारबाजीसम्मका घटनालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । संकीर्ण प्रवृत्ति अझै पनि अवशेषको रूपमा हामीमा विद्यमान छ । यस प्रकारका संकीर्णतावादी कमजोरीबाट मुक्त हुन सहिद आजादको आदर्शले हामीलाई मार्गदर्शन गरिरहनेछ ।
अन्त्यमा, ०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले सिन्धुली खुर्कोटको डिहीमा ऐतिहासिक धरोहरका रूपमा अहिलेसम्म खडा रहिरहेको आजादको घरमा भएको क्षतिको आ“कलन गर्न म र युवा नेता राजन दाहाल गयौं । त्यस ऐतिहासिक घरको रक्षाको प्रश्नले मलाई निकै चिमोटिरहेको छ । खुर्कोट सहरीकरण ह“ुदै छ, जनकपुर र काठमाडौं जोड्ने बीपी राजमार्ग, पूर्व धनकुटा जोड्ने पुष्पलाल मध्यपहाडी राजमार्ग र रामेछाप र दोलखा जोड्ने पक्की पुल बनिसकेको छ । ऐतिहासिक सिन्धुलीगढीको काखमा रहेको उक्त धरोहरको रक्षाले सहिद ऋषिराज देवकोटाको सम्मान मात्र गर्नेछैन, खुर्कोटलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न मद्दत पुग्नेमा हामी आशावादी छांै । तर, समाजवादी क्रान्तिको उहा“को सपना पूरा गर्ने विषय नै मुख्य हो । तसर्थ, म तत्कालीन र दीर्घकालीन महŒव राख्ने यी दुई कार्यभार पूरा गर्न अथक संघर्ष गर्न पछि पर्नेछैन“ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कामिनीको पद धरापमा

काठमाडौं । सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न सक्षम नभएको र संस्था धराशायी पारेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘भोर’–सन्देश

बीसको दशकमा औंलो उन्मुलन भएपछि मधेसमा अपेक्षाकृत रुपमा आवाद बढ्न पुग्यो । भारतीय सीमा क्षेत्रका केही प्रख्यात बजारहरुको घेरा तोडेर चुरेको काछसम्मै बस्ती विस्तारको लहर चल्यो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा