आफूखुसी विज्ञ समूह बनाए मन्त्रीले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कामकाजी मन्त्रीकै रूपमा लिइन्छ । मन्त्री भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टासम्म सञ्चालनमा ल्याउन उनले तत्परता देखाएका छन् । यसबाहेक पर्यटन, उड्डयनलगायत क्षेत्रमा पनि उनले राम्रै काम गर्ने संकेत दिएका छन् ।
तर, केही दिनअघि भने मन्त्री अधिकारीले आफूखुसी जम्बो ‘विज्ञ समूह’ गठन गरेका छन् । कुनै पनि विज्ञ समूह मन्त्रीले बनाउनु त्यो मन्त्रीको तजबिजको कुरा हो । तर, मन्त्री अधिकारीले भने पर्यटन हेर्ने पार्टीको भ्रातृ संगठन हुँदाहुँदै त्यससँग कुनै परामर्श नै नगरी विज्ञहरू राखेर समूह गठन गरेका हुन् ।
मन्त्री अधिकारीले पर्यटन क्षेत्र हेर्ने एमालेको आधिकारिक भ्रातृ संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनसँग खासै परामर्श नगरी केही व्यक्तिको लहलहैमा लागेर विज्ञ समूह गठन गरेका हुन् । मन्त्री अधिकारीले एमालेका पर्यटन व्यवसायीहरूसँग आफूले ‘थिंक ट्यांक’ गठन गर्न लागेको कुरा अनौपचारिक रूपमा गरे पनि सोमबार भने उनले संगठनसँग कुनै सल्लाह नगरी व्यक्तिहरू चयन गरेका छन् ।
पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रीलाई राय र सुझाव दिने र सरकारबाट समयसमयमा गठन हुने पर्यटनसम्बन्धी विभिन्न कार्यदलमा विज्ञका रूपमा सेवा दिने गरी सो विज्ञ समूह गठन गरिएको बताइएको छ । विज्ञ समूहमा अर्जुन शर्मा, अनिल चित्रकार, कुन्दमणि दीक्षित, डा. गंगाप्रसाद अकेला, चन्द्रप्रसाद ढकाल, छाया शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, दीपेन्द्रपुरुष ढकाल, प्रदीपराज पाण्डे, प्रचण्डमान श्रेष्ठ, वसन्त मिश्र, विजय अमात्य, महेन्द्रसिंह थापा, याङ्किला शेर्पा, योगेन्द्र शाक्य, रवीजंग पाण्डे, मदन आचार्य, वासु त्रिपाठी, सिर्जना राणा, सोनाम शेर्पा, राज ज्ञवाली, रोशन थापा, शिव ढकाल, सञ्जय चौधरी, सुमन पाण्डे, सुरेशमान श्रेष्ठलगायत २९ जना रहेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply