ऋणी वायुसेवामा प्रोत्साहन भत्ता
काठमाडौं । ऋणैऋणले थिलथिलो भएको संस्था नेपाल वायुसेवा निगममा कर्मचारीहरूले एक महिना बराबरको प्रोत्साहन भत्ता लिने प्रयास गरेका छन् । निगमको ५६औं वार्षिकोत्सवको अवसर पारी निगम व्यवस्थापनले त्यस्तो प्रयास गरे पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा एक महिनाको प्रोत्साहन भत्ता दिने प्रयास सफल हुन सकेन । तैपनि आधा महिनाको तलबबराबरको रकम कर्मचारीहरूलाई भत्ता स्वरुप उपलब्ध गराइएको छ ।
अहिले करारका समेत गरी निगममा करिव १३ सय कर्मचारीहरू रहेका छन् । निगमले कर्मचारी सञ्चयकोषबाट १० अर्ब ऋण यसअघि नै लिएको थियो भने पछिल्लो चरणमा नागरिक लगानी कोषसँग १५ अर्ब ऋण लिएको छ ।
यता राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई अहिलेसम्म घाटामा जानबाट जोगाउने र उडान घाटाको अवस्थामा पनि सहज बनाउन सहयोग पुर्याउने ग्राउन्ड ह्यान्डलिङ सेवामा भने केही सुधार हुँदै गएको छ । निगमले वार्षिक २ देखि साढे २ अर्ब रुपैयाँको कारोबार गरिरहेको विमानस्थलको यो सेवालाई थप प्रभावकारी बनाउन प्रयास भएको छ । निगमले भर्खरै यो सेवामा क्रमागत सुधार भएकाले निगमले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइसागो अवार्ड पाएको छ । निगमले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको हो ।
निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा प्रभावकारी बनाउनै दशकपछि दुईवटा ¥यामबस पनि भिœयाएको छ । निगमले दुई दिनअगाडि मात्रै भिœयाएको यी दुई बसमा करिब १० करोड रुपैयाँ खर्च भएको निगमले जनाएको छ । निगमले जर्मनीबाट भिœयाएको यी दुई बस विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलबाट यात्रुलाई अन्तर्राष्ट्रिय उडानका जहाजसम्म पु¥याउने काम गर्छ ।
यता भुटानस्थित डुक एयरलाइन्स भाडामा लिने प्रक्रिया रद्द भएको छ । निगमसँग भएको बोइङ जहाज बिग्रिएको, एयरबस दुईवटाले मात्रै सबै गन्तव्यमा उडान धान्न नसक्ने भएकाले निगमले दुई महिनाका लागि भुटान एयरलाइन्सको जहाज भाडामा लिने प्रक्रिया अगाडि बढाएको थियो । बोइङ नम्बर ५७५ सिचेकका लागि सिंगापुर लैजाने भएपछि अर्को जहाज भाडामा लिन लागिएको भए पनि नेपाल नागरिक उड्ययन प्राधिकरणले उक्त सम्झौता नगर्न निर्देशन दिएको थियो । भाडामा लिन पनि १५ वर्षभन्दा पछिका जहाजहरू मात्र हुनुपर्ने भन्ने प्राधिकरणको नियमलाई हेरेर उक्त जहाज १५ वर्षभन्दा पुरानो भएकाले सम्झौता रद्द गर्न लगाइएको बताइएको छ । १५ वर्षभन्दा पुराना जहाज खरिद गर्न नपाइने सर्तमा जोडेर हवाई क्षेत्रकै नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएको बताइएको छ । यसैगरी नेपाल वायुसेवा निगमले उत्पादन क्षमता वृद्धि गर्न र बजार प्रतिस्पर्धाका लागि सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको छ । हाल खरिदको प्रक्रियामा रहेका दुईवटा एयरबस ‘ए’ ३२० र दुई वटा वाइडबडी ए ३३० सँगै उत्पादन क्षमता अन्तर्राष्ट्रिय हवाई यातायात व्यापारमा प्रतिस्पर्धा गर्न निगमले उक्त रकम माग गरेको हो । निगमका अनुसार सञ्चालक समितिले निर्णय गरी २० अर्ब रुपैयाँको पुँजी सञ्चित गर्न सरकारलाई पत्राचार गरिसकिएको छ । दुईवटा वाइड बडी खरिदका लागि पहिलो किस्ता ८ अर्ब रुपैयाँ विमान खरिद गर्ने कम्पनीलाई पठाइसकेको बताइएको छ । विमान आइसकेपछि उत्पादन क्षमता वृद्धि गर्नुपर्छ सरकारले २० अर्ब रुपैयाँ पुँजी लगानी गर्नुपर्ने निगमको माग छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply