एआईजी बढुवामा भाग पु¥याउन दरबन्दी थप
काठमाडौं । सरकारले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको दरबन्दी चारगुणा वृद्धि गर्दै ११ पु¥याएको छ । सुशील कोइराला नेतृत्वको सरकारले तीनवटामा सीमित गरेको एआईजीको दरबन्दी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ह्वात्तै वृद्धि गरेको हो । यसलाई हाल कामय रहेक सबै डीआईजीहरूलाई भाग पु¥याउने मेलोको रुपमा अर्थ लगाइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा ११ जनाको दरबन्दीलाई स्वीकृत गरेको हो । गृहमन्त्री जनार्दन शर्माले एआईजीका लागि ११ को प्रस्ताव गरेका थिए । सरकारको यो निर्णयसँगै ठूलो आर्थिक भार थपिएको छ । गृहमन्त्री शर्माले सातवटा प्रदेश सबैमा एआईजीको कमान्ड रहने व्यवस्था गर्ने भन्दै एआईजीको दरबन्दी बढाउने प्रस्ताव गरेका थिए । अब सातवटै प्रदेशको कमान्ड एआईजीले गर्नेसँगै प्रहरी प्रतिष्ठान, महानगरीय प्रहरी, कार्य विभाग, अपराध अनुसन्धान विभाग र प्रशासन विभागमा गरी ११ एआइजी रहनेछन् । ११ एआइजी हुँदा जयबहादुर चन्द, बमबहादुर भण्डारी, माधव जोशी, बिजय भट्ट, केशरी घिमिरे, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, मिंग्मार लामा, पंकज श्रेष्ठ, रोमेन्द्रसिंह देउजा, विजयलाल कायस्थ, मधु पुडासैनी, हेमन्त पाल र माधव नेपाल बढुवाको लाइनमा रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।
सरकार परिवर्तनसँगै प्रहरीमा एआईजीको पद बढाइएको यो चौथोपटक हो । यसअघि तीनबाट पाँच, पाँचबाट सात र सातबाट नौ पु¥याइएको थियो । सुशील कोइराला प्रधानमन्त्री भएका बेला सातजना एआईजीको दरबन्दीमा राजनीतिक भागबन्डा मिलाउन नौजनालाई बढुवा गरिएको थियो ।
कोइराला मन्त्रिपरिषद्को सोही बैठकले नौ एआईजीको पदावधि सकिएपछि स्वतः लागू हुने गरी एक प्राविधिकसहित भार जना मात्र एआईजी रहने निर्णय गरेको हो । तर बढुवामा वरिष्ठता मिचेको भन्दै मुद्दा परेपछि सर्वोच्च अदालतले अदालत गएका चारैजनालाई पनि बढुवा गर्न आदेश दिएको थियो । सर्वोच्चको यो आदेशपछि नेपाल प्रहरीमा १३ जना एआईजीले एकसाथ काम गरेका थिए ।
११ दरबन्दी स्वीकृत भएसँगै सोमबार नै प्रहरी प्रधान कार्यालयमा बढुवा समितिको बैठकसमेत बसेको थियो । स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयलगत्तै गृहसचिव लोकदर्शन रेग्मी प्रहरी प्रधान कार्यालय पुगेर बैठक बसालेका थिए ।
प्रहरीको बढुवा समितिमा गृह मन्त्रालयका सचिव संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव, लोक सेवा आयोगको सदस्य र प्रहरी महानिरीक्षक सदस्य छन । बढुवा समितिले एआईजीमा बढुवा हुनेको अन्तिम नामावली सिफारिस गर्नेछ । प्रधानमन्त्री देउवाले यसअघि नै सिलवाललाई घर पठाउने गरी योजना बनाउन गृहमन्त्री शर्मालाई निर्देशन दिएको बताइएको छ । सोही योजनाअनुसार सरकारले सिलवालबाहेक सवैलाई बढुवा गर्ने गरी दरवन्दी बढाएको हो । सवै डिआइजीसँग कुरा मिलाएपछि यस्तो निर्णय लिइएको स्रोतको भनाई छ ।
नेपाल प्रहरीमा प्राविधिक एकबाहेक सबै एआईजी पद रिक्त रहेको छ भने चार डीआईजी, १० एसएसपी , १२ एसपी , ७० डीएसपी र झडै ३ सय इन्सपेक्टर पद रिक्त छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
- चार प्रदेशमा विहानैदेखि बर्षा
Leave a Reply