24th September 2017, Sunday

E-budhabar

कनिष्ठ सहायकदेखि सिइओसम्मको यात्रा



कनिष्ठ सहायकदेखि सिइओसम्मको यात्रा

उनले नै निर्धारण गरेको आइतबार दिउासो २ बजेको समयमा हात्तीसारस्थित एपेक्स डेभलपमेन्ट बैंकको कार्यालयमा पुग्दा उनी भेटिएनन् । ‘सर बाहिर जानुभएको छ, एकैछिनमा फर्कनुहुन्छ,’ रिसेप्सनमा बस्ने कर्मचारीको जवाफ आयो । यो जवाफपछि आधा घण्टा बिताउादा पनि उनी फर्किएनन् । मोबाइलमा फोन गर्दा उनले भने– ‘म राष्ट्र बैंकमा आइपुगेको छु, केही बेरमा फर्कन्छु, बस्दै गर्नुहोला ।’
हामीले एक घन्टा कुर्‍यौं । गाडीबाट झरेर कार्यालयको रिसेप्सनमा छिर्दै गर्दा भन्दै थिए– ‘म नै हो ऋषिराज भट्ट, आउनुहोस्, विशेष कारणले गर्दा अलि कुराउनुपर्‍यो, सरी है ।’
सरल मिजासका उनी हामीलाई लिएर आफ्ना कार्यकक्षमा छिरे र बैंकको वर्तमान अवस्था र मर्जरको योजनाबारे करिब आधा घण्टा खुले । अधिकांश बैंकका सीईओसाग संगत गरिसकेका हामीलाई एपेक्स डेभलपमेन्ट बैंकका कायममुकायक सीईओ उनी हुन् भन्ने कुरा उनले हामीप्रति दर्साएको व्यवहारबाट स्विकार्नै कठिन लाग्दै थियो । किनकि उनमा न कुनै घमण्ड, न कुनै आडम्बर, न कुनै दम्भ । औसतका सीईओ र उनमा आकाश–जमिनको अन्तर । सबैलाई आदर गर्ने र सरल व्यवहारका कारण उनीप्रति जोकोही प्रभावित नहुने भन्ने प्रश्नै उठ्दैनथ्यो । सायद त्यही कारण हुन सक्छ– पहिलो भेट नै उनले पृथक्, विशेष र कहिल्यै बिर्सन नसकिने खालको पारिदिए ।
उनी सुदूरपश्चिमको विकट डोटी जिल्लाको गडसेरामा हुर्केबढेका हुन् । त्यति मात्र होइन, बैंकको कनिष्ठ सहायकको दर्जाबाट जागिरे जीवन सुरु गरेका उनले बैंकिङ करिअरको सुरुको पदबाट अन्तिम पद सीइओसम्मको सफलता हात लाग्नुमा भट्टको कम्ती मेहनत परेको छैन । त्यसैले त एउटा पृथक् सीईओका रूपमा उनलाई भेट्ने सौभाग्य मिल्यो ।
भट्ट २०५६ सालमा एनबी बैंकको ‘जुनियर असिस्टेन्ट’ थिए । १७ वर्षे बैंकिङ करिएरमा उनी निरन्तर बढुवा हुादै महत्त्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक फत्ते गर्दै यो ठाउामा आइपुगेका छन् । त्यसो त भोलि यही हैसियतामा उनले बैंकिङ करिअर अघि बढाउाछन् कि बढाउादैनन्, त्यो भन्न सकिन्न । किनकि, अब यो बैंक एनसीसी बैंकसाग मर्ज हुादै छ । इन्फास्ट्रकचर, सुप्रिम र इन्टरनेसनल डेभलपमेन्ट गरी राष्ट्रिय स्तरका विकास बैंकसमेत अब एकै हुादै छन् ।
तत्काल पुाजी वृद्धि गर्नुपर्ने बाध्यताले बैंक यो अवस्थामा पुगेको हो । अब दर्ता पुाजीको हिसाबले एकीकृत यो संस्थाको पुाजी ५ अर्ब ६६ करोड पुग्छ । कुमारी बैंक पनि मर्ज हुने कुरा थियो, तर पछि हट्यो । अब केही बोनस सेयर र केही हकप्रद सेयर थप्दा राष्ट्र बैंकको मापदण्डअनुसार पुाजी पुग्ने भट्टको आाकलन छ । ‘मर्जरपछि अधिकृत स्तरसम्मको कर्मचारीहरूलाई एउटा सामान्य परीक्षा लिने र उत्तीर्ण भए सोसरह र अनुत्तीर्ण भए एक तह घटुवा गरी पुन:स्थापना गर्ने स्पष्ट उल्लेख गरिएको छ,’ उनले सुनाए ।
उनले एपेक्स बैंक सम्हालेको पनि यही भदौमा एक वर्ष पुग्दै छ । जुन अवधिमा सञ्चालन घाटामा रहेको बैंकलाई उनले नाफामा ल्याएका छन् । अहिले सञ्चालन मुनाफा छ । यही असार मसान्तसम्मको वित्तीय अवस्था हेर्दा अहिले ८ करोड ४४ लाख सञ्चालन मुनाफा छ । डिपोजिट ७ अर्ब २९ करोड छ भने ऋण ६ अर्ब ५ करोड रहेको छ । त्यसो त एपेक्स पनि तीनवटा फरक–फरक क्षेत्रका विकास बैंक मिलाएर राष्ट्रिय स्तरको विकास बैंक बनाइएको थियो । सुर्खेतको रारा, पोखराको अपी र काठमाडौंको रोयल मर्चन्ट मिलेर एपेक्स बनेको थियो । रारामा दोस्रो हैसियतमा बसेका उनलाई एपेक्समा आएर केही समय अन्य सीईओको मातहतमा बसेर काम गरेपछि प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका आइपरेको हो । उनी कायममुकायमा भएर आइपुग्दादेखि नै मर्जरमा जानेबारे कुरा चल्न थालिसकेको थियो । एनबी बैंकमा भट्ट र गोविन्द उपाध्याय एकैचोटि प्रवेश गरेका थिए । पछि उपाध्याय सीईओ भएर एपेक्स आाउदा भट्ट भने त्यसअघि नै एपेक्समा आइसकेका थिए ।
उनी नितान्त कृषक परिवारका हुन् । उनका तीन दाजुभाइमध्ये माहिला अहिले पनि कृषिकर्म नै गर्नुहुन्छ भने जेठा सुब्बा तहबाट अवकाश हुनुभएको हो । डोटीबाट धनगढी झरेर उनले बीकम सम्मको अध्ययन सकाए । पढ्ने सिलसिलामा काठमाडौं पसे । जागिरको खोजतलास गर्दै जाादा बंगलादेश बैंकमा नाम निकाले । त्यहाा नाम निस्किएपछि पोस्टिङ नेपालगन्ज भयो । नेपालगन्जबाटै उनले अर्थशास्त्रमा एमए पास गरे । सुर्खेतमा रारा बैंक खुलेपछि त्यहााबाट उनलाई सुर्खेतमा काम गर्न बोलाइयो । सुर्खेतमा उनले ६ वर्ष काम गरे । त्यसपछि मर्जर भएर एपेक्स बैंक निर्माण भएसागै उनी काठमाडौं आएका हुन् ।
उनको जीवन संघर्षको पर्यायजस्तै देखिन्छ । उनी जहााजहाा जिम्मा लिएर बस्छन्, असफलता हात पार्दैनन् । उनले स्कुले पढाइदेखिकै कार्यकाल संघर्षपूर्ण भएर बित्यो । आवश्यकता र औचित्यका आधारमा समायोजन गरिने भन्ने सहमति भएकाले उनको अब मर्ज हुने बैंकमा के हैसियत हुन्छ भन्ने अहिले स्पष्ट छैन । तैपनि, उनी एनसीसी राष्ट्र बैंकले हेरिरहेको बैंक भएकाले कोही कसैलाई अन्याय नहोला भन्ने आशामा छन् ।
व्यक्तिको भविष्य के हुने भन्ने स्वार्थले संस्था मर्ज अलमलमा पारिनुहुन्न भन्ने उनको तर्क छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जुन नीति अघि सारेको छ, त्यसअनुसार विकास बैंकले पनि आफ्नो पुाजी साढे २ अर्ब पार्नुपर्ने भन्ने छ । सो बाध्यात्मक अवस्था परिपूर्ति गर्न यही नै उपयुक्त हुने उनी बताउाछन् । सर्वसाधारणको निक्षेप संकलन गरेर बनेको संस्था वित्तीय अनुशासनमा रहेर उनीहरूलाई मुनाफा दिन सक्नुपर्ने उनको धारणा छ । कर्मचारीहरूका तर्फबाट संस्था अघि बढाउने र विकास गर्ने सिलसिलामा आफूहरू वा अन्य कुनै कर्मचारीहरू बाधक नबन्ने उनले स्पष्ट पारे ।
कर्मचारीको हरेक तहको समस्या बुझ्न सक्ने, उनीहरूलाई विश्वासमा लिएर काममा परिचालन गर्न सक्ने विशेष खुबी सीईओ भट्टमा रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउाछन् । सिधै माथिल्लो पदमा आएकाहरूलाई तलकाको समस्या बुझ्नै समय लाग्ने गर्छ । तर, उनलाई कहिल्यै त्यस्तो परेन । त्यसो त संघर्षको भट्टीमा खारिएकाले पनि उनको बुझाइको स्तर अब्बल छ । उनको सहजतापूर्वकको त्यो व्यवहारबाट उनलाई भेट्नेहरू प्रभावित नहुने कोही छैन ।
रारा विकास बैंकमा उनले पहिलो दिनबाटै काम गरे । सुर्खेतमा व्यावसायी र ठेकेदारहरूले स्थापना गरेको उक्त बैंकमा काम गरिदिन एनबीमा कारोबारका लागि आइरहादा सम्बन्ध भएका उनै व्यापारीहरूले भट्टलाई अनुरोध गरे । उनले सकेन्ड म्यानको हैसियतमा रहे पनि रारामा सीइओको झैं जिम्मेवारी सम्हालेर बैंकको स्तर सुधार र आकार वृद्धिका लागि ठूलो काम गरे । ‘डिपोजिट बढी आयो, त्यसपछि पुाजी बढाउनेतिर लागें,’ उनले सुनाए । त्यसक्रममा उनले काठमाडौंमा रहेर एउटा फाइनान्स कम्पनी खोल्ने तयारीमा रहेको समूहलाई बैंकमा प्रवद्र्धकका रूपमा भित्र्याए । पुाजीको आकार बढाए । त्यसैले हरेक संस्थाहरूमा संक्रमणकालमा काम गरेको र त्यसलाई एउटा लिकमा ल्याएको अनुभव छ उनीसाग । त्यसैले, उनी भन्छन्– ‘संघर्षले नै सफलता हात लाग्छ । ’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा