14th August 2018, Tuesday

E-budhabar

नेकपाको लक्ष्य तथा कार्यभार र चुनौती



नेकपाको लक्ष्य तथा कार्यभार र चुनौती

गत जेठ ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का वीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा नै ऐतिहासिक महŒव राख्ने ढंगले निर्माण भएको नेकपाले एकीकरणका क्रममा नवगठित केन्द्रीय कमिटीबाट राजनीतिक प्रतिवेदन र विधान पारित भएको छ । पार्टीबाट पारित दस्तावेजमा पार्टीका तात्कालिक लक्ष्य र कार्यभारहरूलाई स्पष्ट पारिएको छ । एकीकृत पार्टीका नेता, कार्यकर्ता, समर्थकले पार्टीका लक्ष्य र कार्यभारबारे दस्तावेजलाई गहिरोसँग अध्ययन गर्नु, आमपार्टीका बीचमा यसको व्याख्या विश्लेषण गर्नु र पार्टीले लिएको लक्ष्यअनुरूप पार्टीलाई त्यस दिशाबाट अगाडि बढाउनु यतिखेर पार्टीका नेता–कार्यकर्तासामु गहन अभिभारा आएको छ ।
रणनीतिक लक्ष्य र न्यूनतम कार्यक्रम
नेपाल कम्युनिस्ट पार्टीले आफ््नो राणनीतिक लक्ष्यका रूपमा अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद र न्यूनतम कार्यक्रम जनताको जनवाद (जज) रहेको उल्लेख गर्दै न्यूनतम कार्यक्रमको दिशा समाजवाद उन्मुख रहने उल्लेख गरेको छ । पार्टीले नेपाली समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गर्दै मानव जातीको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादसम्म पुग्न सकिने भन्ने विश्वास लिएको छ ।
तात्कालिक लक्ष्य र कार्यभार
पार्टीको तात्कालिक लक्ष्यका रूपमा पहिलो– २०६२÷६३ को जनक्रान्तिका उपलब्धिहरू–गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रसहितका उपलब्धिहरूको रक्षा गर्ने, दोस्रो– शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्दै राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय एवं लाकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्ने रहेको छ ।
तात्कालिक कार्यभार ः पहिलो– दलाल नोकरशाही पुजीवादी शोषण, उत्पीडनर सम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्नु । दोस्रो– आर्थिक, सामाजिक, तथा सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूलाई समाप्त गर्नु र तेस्रो, स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्नु पार्टीका तात्कालिक कार्यभार रहेको उल्लेख गरिएको छ ।
लोकतान्त्रिक विधिपद्धतिप्रतिको प्रतिबद्धता– पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकहरूको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जन निर्वाचितप्रति प्रतिबद्ध रहने उल्लेख छ ।
मार्गदर्शक सिद्धान्त– पार्टीले मार्गदर्शक सिद्धान्तको रूपमा माक्र्सवाद लेनिनवाद (मालेवाद) लाई अंगीकार गर्ने उल्लेख गरिएको छ ।
संगठनात्मक सिद्धान्त र पद्धति
पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिहरूको निर्माण तथा सबै तहका कमिटीहरूको सञ्चालन जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तका आधारमा गरिनेछ । पार्टीले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी तथा केन्द्रीकृत नेतृत्व र विकेन्द्रीकृत एवं शृंखलाबद्ध कमिटी प्रणाली अवलम्बन गर्ने छ । महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुनेछ र दुई महाधिवेशनका बीचमा केन्द्रिय किमिटी सर्वोच्च संस्था हुनेछ ।
पार्टी सदस्यहरूको अधिकार र कर्तव्य
पशार्टी जनआधारित कार्यकर्ता (मास बेस) हो । पार्टीका सबै सदस्य समान हुनेछन्् । पार्टीकोष सार्वभौम अधिकार पार्टी सदस्यहरूमा निहित रहने उल्लेख छ । यस्तै, पार्टीले सबै खाले अवसरवाद, प्रतिक्रियावाद र संकीर्णतावादविरुद्ध संघर्ष गर्दै अगाडि बढ््नेछ । पार्टी सदैव सामाजिक सद््भाव र राष्ट्रिय एकताको पक्षमा रहनेछ । पार्टीका सदस्यहरूले आम जनसमुदायसँग घनिष्ठ सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, असमानता र विभेदको समाप्तिका लागि संघर्ष गर्नु र निःस्वार्थ रूपमा देश, जनता र क्रान्तिका सेवामा समर्पित हुनु पार्टीका सदस्यहरूको कर्तव्य हुने उल्लेख छ ।
यस्तै, पार्टी सदस्यहरूले सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि विचार, संगठन र संघर्षका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ । हरेक पार्टी सदस्यहरू जनसरोकारका उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित हुनुपर्ने उल्लेख छ । यस्तै, पार्टी सदस्यहरूले मुलुकको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी सारतŒवका साथ अगाडि बढाउन भूमिका निर्वाह गर्नुपर्दछ । पार्टी सदस्यहरू नेपाली क्रान्तिका निर्दिष्ट लक्ष्य र उद्देश्यहरू हासिल गर्न जन आधारित, सुसंगठित, एकताबद्ध, अनुशासित, गतिशील, जुझारु, अग्रगामी र उच्च नैतिक आचरणयुक्त राजनीतिक भूमिका निर्वाह गर्दै अगाडि बढ््न दृढ संकल्पित रहनुपर्ने उल्लेख गरिएको छ ।
पार्टी र सरकारबाट पूरा गर्नुपर्ने कार्यभारहरू
पार्टीले केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म झन्डै दुई तिहाइको हाराहारीमा बहुमत प्राप्त गरि सरकार सञ्चालन गरिरहेको छ । यस्तो घडीमा जनमुखी ढंगले सरकारले नीति तथा कार्यक्रम लागू गरी जनताको मन जित्नुपर्दछ । यस सन्दर्भमा राजनीतिक प्रतिवेदनले दिशाबोध गरेको कार्यभार निम्नानुसार छन्् ः
पहिलो– संविधानको प्रभावकारी कार्यान्वयन तथा लोकतन्त्रको सुदृणीकरणमा भूमिका निर्वाह गर्ने । दोस्रो– सबल एवं सुदृण पार्टीको निर्माण र विकासमा भूमिका निर्वाह गर्ने, यसरूपमा आगामी दुई वर्षभित्र एकताको महाधिवेशन आयोजना गर्ने, पार्टी एकीकरणको आवश्यकता र औचित्यबारे पार्टीपंक्तिका बीचमा प्रशिक्षणात्कम अभियान सञ्चालन गर्ने, पार्टीभित्र जनवादी केन्द्रीयताको अभ्यास र शुद्धीकरणको अभियान सञ्चालन गर्ने कार्य गरिने उल्लेख छ । तेस्रो– मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति सुशासन र समृद्धि हासिल गर्ने गरी नीति तथा कार्यक्रम संचालन गर्ने । चौथो, विपद्् व्यवस्थापन तथा विपद््मा परेका जनतालाई सहयोग र पुनःस्थापन अभियानमा जुट््ने । पाचौं, स्वतन्त्र परराष्ट्र नीतिका साथ राष्ट्र हितको प्रवद्र्धन गर्ने । छैटौं, राष्ट्रिय सुरक्षाको सुद्धृढीकरण गर्ने । सातौं, शान्ति प्रक्रियाका बाँकी कार्य सम्पादन गर्ने । आठौं, पार्टीका नीति, सिद्धान्त र कार्यक्रमको व्यवस्थित ढंगले प्रचार गर्ने र नवौं सिंगो पार्टी पंक्तिका बीच घनीभूत ढंगले वैचारिक अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
चुनौती
पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि अगाडि बढ््न र तात्कालिक कार्यभारहरू पूरा गर्न पार्टीका सामु थुप्रै अवसर पनि छन्् । र, सगँसँगै चुनौती पनि छन्् । पहिलो– पार्टी एकीकरणको कार्य तल आधारभूत तहसम्म जति ढिला हँुदै छ यसले कार्यकर्ता, समर्थक र आमजनसमुदायमा शिथिलता र निराशा उत्पन्न गर्दै छ । साथसाथै, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू र पार्टीबीच समन्वय गर्ने संयन्त्र नहुँदा एक किसिमले कतिपय स्थानमा पार्टी र जनप्रतिनिधिहरूका बीच अन्तरविरोध बढ््दै गएको पाइन्छ । अतः छिटोभन्दा छिटो पार्टी एकीकरणको कार्यलाई सम्पन्न गर्न जरुरी छ ।
दोस्रो– इतिहासमै पहिलोपटक जनताको अभिमतबाट वामपन्थीको नेतृत्वमा सरकार गठन भएको छ । वर्तमान सरकारबाट सम्पादन हुने उत्कृष्ट कार्यबाट नै पार्टीको लोकप्रियता बढेर जान्छ । पार्टीभित्र सरकारलाई दिशाबोध गर्न र सरकारले तर्जुमा गर्ने नीति, योजना र कार्यक्रम तय गर्न टिम निर्माण हुनु जरुरी छ । तीन÷तीन जना प्रधानमन्त्री र चार÷पाँच जना उपप्रधानमन्त्रीसहित दर्जनौं मन्त्रीहरू रहेका शीर्ष नेताहरू पार्टीभित्र हुनुहुन्छ । उहाँहरको अनुभव, क्षमता र योग्यतालाई पार्टीले भरपुर उपयोग गर्नुपर्दछ । पार्टीभित्र मन्त्रालयगत डेस्क बनाएर शीर्ष नेताहरूमार्फत नीति र सुझाव लिने पद्धतिको विकास गर्न सक्दा टिम वर्कको पद्धति विकास भएर जान्छ । साथै, सरकार सञ्चालन गर्न उच्चस्तरीय संयन्त्र निर्माण हुँदा पार्टी र सरकारबीच समन्वय प्रभावकारी हुन्छ ।
तेस्रो– पार्टीभित्र जनवादी केन्द्रीयताको अभ्यास सन्तुलनकारी हुन सक्दा मात्र पार्टीको लोकतान्त्रिक छवि बढेर जान्छ । एकतापछि कमिटीहरू ठूलो संख्यामा हुनु स्वाभाविक छ, तर केन्द्रीय कमिटीको बैठक नभएको बेला राजनीतिक र सांगठनिक निर्णय गर्ने स्थायी कमिटीजस्तो निकायको बैठक तीन महिनामा आयोजना गर्ने विधानमा उल्लेख छ । यसरी स्थायी कमिटीजस्तो उच्च तहको बैठकसमेत तीन महिनापछि मात्र गरिने व्यवस्थाले महŒवपूर्ण राजनीतिक सवालमा समयमा छलफल तथा निर्णय नहुने स्थितिले पार्टीको राजनीतिक गतिशीलतालाई कमजोर बनाउँछ ।
चौथो– पार्टी र सरकारले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी प्रदान गर्नुपर्दछ । सँगसँगै पार्टी र सरकारका रूपमा जवाफदेहि र परिणाममुखी कार्य सम्पादन प्रणालीको कडाइका साथ अवलम्बन गर्न जरुरी छ । यसरी कार्य सम्पादन गर्ने पद्धतिको विकास नगर्ने हो भने पार्टीले लिएको लक्ष्य र कार्यभार उत्कृष्ट ढंगले सम्पादन गर्न सहज हुदैन ।
पाचौं– पार्टीले सरकार, सदन,र सडकको मोर्चामार्फत जनजीविका र जनसरोकारका सवाललाई सन्तुलित ढंगले उजागर गर्नुपर्दछ र सरकारमार्फत पूरा गरेर व्यापक जनसमर्थन जुटाउनु पर्दछ । सबै काम सरकारले गर्ने हो भनेर स्थानीय पार्टी कमिटीहरू र जनसंगठनहरू जनता र समुदायका माग र सरोकारप्रति बेखबर बन्ने स्थिति उत्पन्न हुँदा पार्टी र जनसंगठनहरू जनताका बीच स्थापित हुन सक्दैनन्् । अतः जनजीविका र जनसरोकारका सवालमा स्थानीय पार्टी र जनसंगठनहरूले प्रभावकारी एवं नेतृत्वकारी भूमिका निर्वाह गर्ने गराउने गरी पार्टीले नीति अवलम्बन गर्न जरुरी छ ।
छैटौं– सबै काम संसद र सरकारको हो भन्ने हिसाबले पार्टीका नेता–कार्यकर्ताहरू काठमाडौ केन्द्रित र सिहंदरबार र प्रदेशतर्फ केन्द्रित हुने परिपाटीले पार्टीका सांगठनिक काम ओझेलमा पर्ने निश्चित छ । अझ वर्तमान एकीकरण प्रक्रियामा घनीभूत ढंगले वैचारिक प्रशिक्षण र संगठन निर्माण गर्न जरुरी छ । एकताको प्रक्रियापछि कमिटीहरू जति धेरै सक्रिय र चलायमान हुन्छन््, त्यति नै पार्टीभित्र हार्दिकता, एकता बढ््दै जान्छ र पार्टीले पनि गति लिन्छ । त्यसैले, माथिदेखि तलसम्म एकताको प्रक्रियासँगै वैचारिक र सांगठनिक अभियानलाई घनीभूत ढंगले सञ्चालन गर्नु जरुरी छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरकारको बाटोमा अदालतको तगारो

काठमाडौं । दुई तिहाइ बहुमत प्राप्त स्थिर सरकारलाई आफ्नो ढंगले काम गर्न अदालतले पटकपटक तगारो लगाएको छ । अघिल्लो सरकारले राजनीतिक आस्थाका आधारमा जाँदा जाँदै गरेका नियुक्तिहरू- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

साउने प्रतिज्ञा

हरेक दिन दाह्री–जुँगा मिलाएर हिँड्ने एकजना साथी दाह्री–जुँगा पालेको अवस्था देखेपछि प्रश्न गर्न मन लाग्यो, ‘दाह्री–जुँगा पाल्न थाल्नुभएछ नि, किन यस्तो विरूप हो ?’ ती साथीले जवाफ- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समस्याको उठान

देश, समाज र परिवारभित्र दैनन्दिन रूपमा अनेक घटनाहरू जन्मिरहेका हुन्छन् । निश्चय नै, त्यस्ता घटनाहरूले मानिसको जीवनमा सानाठूला प्रभाव पार्दछन् । कुनै घटनाको प्रभाव क्षणिक हुन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा