कर्मचारीतन्त्रमा सरुवा आतंक
काठमाडौं । गृहमन्त्री भएको तीन महिना नपुग्दै गृहमन्त्री जनार्दन शर्मा गृह प्रशासनमा सबैभन्दा बदनाम भएका छन् । उनका कारण कर्मचारीतन्त्र आतंकित भएको छ ।
चर्का कुरा गर्ने तर व्यवहार भने ठीक त्यसविपरीत देखाउने शैलीका उनले प्रहरीमा मात्र होइन, निजामती प्रशासनमा समेत चरम हस्तक्षेप गरेपछि कर्मचारीतन्त्रमा आतंक फैलिएको छ । खासगरी सीडीओ सरुवामा गृहमन्त्री शर्माले अपनाएको कार्यशैली देखेर कर्मचारीहरू चकित भएका छन् । राजनीतिक आस्था र आर्थिक चलखेलका आधारमा सीडीओको सरुवा गरेका उनले सामान्य मापदण्डसमेत मिचेका छन् ।
सीडीओ सरुवासम्बन्धी मापदण्ड र कानुनमा स्नातक वा न्यायसम्बन्धी तीन महिना तालिम लिएको व्यक्तिलाई मात्र सीडीओका रूपमा खटाउने प्रावधान छ । सीडीओ अर्धन्यायिक अधिकारसहितको पद भएकाले प्रभावकारी बनाउन यस्तो प्रावधान बनाइएको थियो । तर, शर्माले त्यसको धज्जी उडाएका छन् । हाल सीडीओका रूपमा सरुवा भएका भूपेन्द्र थापालगायत धेरैले न कानुनमा स्नातक गरेका छन्, न त तालिम नै लिएका छन् । थापालाई गृहमा ल्याएको केही दिनमै सोलुखुम्बु पठाइएको छ ।
त्यस्तै, २ सय ३३ दिन नपुगी कुनै पनि सीडीओको सरुवा नगर्ने प्रावधान छ । तर, तीन महिनामै एक दर्जन सीडीओलाई अन्यायपूर्ण ढंगले हटाइएको छ ।
काठमाडौंकै सीडीओ बालकृष्ण पन्थीलाई तीन महिनामा हटाइयो । त्यस्तै, बझाङका केशव थापालाई चार महिनामै हटाइएको छ । त्यस्तै म्याग्दीका राजु पौडेल, प्युठानका यदुप्रसाद पौडेललाई पनि पाँच महिनामै हटाइएको छ । जुनसुकै सरकारले पनि एक वर्ष नपुगी सीडीओको यसरी मनलाग्दो ढंगले सरुवा नगरेको गृहका कर्मचारीहरू बताउँछन् ।
केही सहसचिवलाई गृहमा ल्याएलगत्तै सीडीओ बनाएर पठाइएको छ । केहीलाई भने पाँच महिनादेखि गृहमा थन्काएर राखिएको छ । सहसचिवद्वय चन्द्रमान श्रेष्ठ र हरिशरण पुडासैनीलाई जिम्मेवारी नै नदिई गृहमा राखिएको छ ।
उता विदेश भ्रमणमा समेत चरम राजनीतीकरण भएको छ । हालको गृहको २०÷२० जनाको दुई टोली चीन भ्रमणमा छ । एक टोली ल्हासा तथा अर्को कुनमिङमा छ ।
विदेश भ्रमणमा पनि मन्त्रालयका सिनियर र एकपटक पनि विदेश नगएकालाई छाडेर पार्टीका निकटहरूलाई मात्र पठाइएको छ । गृहमन्त्री त राजनीतिक व्यक्ति भएर हल्ला मच्चाउने र पैसा कमाउन उनी व्यस्त छन् । गृहसचिव लोकदर्शन रेग्मीले समेत प्रशासनमा भएको चरम हस्तक्षेपमा साथ दिएको देख्दा गृहका कर्मचारीहरू चकित छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply