14th August 2018, Tuesday

E-budhabar

कर्मचारीहरूको तीव्र रोष



काठमाडौं । अस्पतालजस्तो संवेदनशील स्थलमा जुलुस र हडताल गर्दा आमजनता मर्कामा पर्ने भएको हुँदा ती स्थलहरूमा हडताल गर्ने कार्य रोक्न प्रभावकारी कदम चाल्नुपर्नेमा निजामती कर्मचारीहरूले पनि जोड दिएका छन् । डा. गोविन्द केसीको आमरण अनशनलाई समर्थन गर्ने क्रममा चिकित्सकहरूले अस्पतालको सेवा रोक्न थालेपछि कर्मचारीहरूले त्यस्तो कार्यप्रति आपत्ति जनाएका हुन् । नेपाल निजामती कर्मचारी संगठनले ‘अस्पतालजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रदान गर्ने निकायमा सेवा अवरुद्ध हुँदा बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले यस्ता कार्यप्रति सम्बन्धित पक्षबाट गरिने हडताल, जुलुसजस्ता अवरोध हुने कार्य नगर्न’ अनुरोध गरेको छ ।
कुनै पनि समस्यालाई वार्ता र संवादको माध्यमबाट नै हल गरिनुपर्नेमा कर्मचारीहरूको सुझाव रहेको छ । यसैगरी, कर्मचारी युनियनले कर्मचारी समायोजन ऐनअनुसार सरकारका तीनवटै तहमा तत्काल कर्मचारी समायोजन गरी पठाउनुपर्ने र स्वैच्छिक अवकाश योजना कार्यान्वयन गरिनुपर्ने माग उठाउँदै कर्मचारी संगठनले भनेको छ, ‘कर्मचारी समायोजन नियमावली–२०७४ अनुसार प्रदेश र स्थानीय तहको रिक्त स्वीकृत दरबन्दीमा कर्मचारी खटाउँदा कर्मचारीले रोजेको स्थानमा ज्येष्ठताका आधारमा खटाउने व्यवस्था रहेको छ । तर, हाल कर्मचारी खटाउँदा सरकारले नै जारी गरेको नियमावलीलाई उल्लंघन गरी जथाभावी खटाइएकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उक्त कार्यलाई तत्काल सच्याउन पनि कर्मचारीहरूले माग गरेका छन् ।
साउन ५ गते बसेको कर्मचारी संगठनको बैठकले उच्चस्तरीय तलब आयोग तत्काल गठन गरिनुपर्ने र उक्त आयोगमा आधिकारिक टे«ड युनियनका प्रतिनिधिलाई पनि सामेल गरिनुपर्ने, प्रशासनिक पुनःसंरचनाका लागि कर्मचारी समायोजन व्यवस्थापन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य गर्दा सम्बन्धित आधिकारिक टे«ड युनियनलाई सहभागी गराइनुपर्ने, राष्ट्रसेवक कर्मचारीको लगानीमा जलविद्युत् आयोजना सञ्चालन गर्ने नीतिगत व्यवस्था भएकोमा उपयुक्त आयोजना छनोट गरी तत्काल कार्य अगाडि बढाउनुपर्ने र सरकारले सञ्चालन गरेको विकास, निर्माणको कार्य समयमै सम्पन्न नहुँदा जनताले विभिन्न कठिनाइहरू भोग्नुपरिरहेकाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने, नगराउने निकायलाई कानुनी कारबाही गर्नुपर्ने माग पनि कर्मचारी संगठनले राखेको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरकारको बाटोमा अदालतको तगारो

काठमाडौं । दुई तिहाइ बहुमत प्राप्त स्थिर सरकारलाई आफ्नो ढंगले काम गर्न अदालतले पटकपटक तगारो लगाएको छ । अघिल्लो सरकारले राजनीतिक आस्थाका आधारमा जाँदा जाँदै गरेका नियुक्तिहरू- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

साउने प्रतिज्ञा

हरेक दिन दाह्री–जुँगा मिलाएर हिँड्ने एकजना साथी दाह्री–जुँगा पालेको अवस्था देखेपछि प्रश्न गर्न मन लाग्यो, ‘दाह्री–जुँगा पाल्न थाल्नुभएछ नि, किन यस्तो विरूप हो ?’ ती साथीले जवाफ- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समस्याको उठान

देश, समाज र परिवारभित्र दैनन्दिन रूपमा अनेक घटनाहरू जन्मिरहेका हुन्छन् । निश्चय नै, त्यस्ता घटनाहरूले मानिसको जीवनमा सानाठूला प्रभाव पार्दछन् । कुनै घटनाको प्रभाव क्षणिक हुन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा