कामिनी थमौती हुँदा ईश्वरलाई तनाव
काठमाडौं । सेनाको कमान्डमा चल्ने आफ्नो विभागीय मन्त्रालयमा धेरै चलखेल गर्न नपाएपछि रक्षामन्त्री ईश्वर पोखरेलले अरूको मन्त्रालयमा सुँढ धसाउन गरेको एउटा प्रयास विफल भएको छ । पहिल्यैदेखि ठूलाठूला ठाउँका नियुक्तिमा रुचि राख्ने स्वभावका मन्त्री पोखरेलको यसपटकको नजर नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा परेको थियो । उनको ध्याउन्न जसरी हुन्छ, अहिलेकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएर सुनिल पोखरेललाई एमडी बनाउनेमा थियो । त्यसका लागि उनी न्वारानदेखिको बल लगाएर लागेका पनि थिए । तर, असफल भएका छन् ।
सरकारले टेलिकमको प्रबन्ध निर्देशकमा राजभण्डारीलाई थमौती गर्ने निर्णय गरेपछि यतिबेला एमडी बन्ने दौडमा लागेका सुनिललाई भन्दा बढी चोट मन्त्री पोखरेललाई लागेको बताइन्छ । सुनिल टेलिकमका कर्मचारीहरूमध्ये वरिष्ठतामा पनि १३ जनाभन्दा पछाडि छन् । फेरि खुला प्रतिस्पर्धाबाटै छनोट गर्दा उनी हुने÷नहुने निश्चित थिएन । उनी हुँदा पनि उनीभन्दा वरिष्ठ धेरै हुने भएकाले कमान्ड सम्हाल्न निकै गाह्रो पथ्र्यो । जबकि, खुला प्रतिस्पर्धाबाट आएकी राजभण्डारी वरिष्ठताका हिसाबले पनि पहिलो नम्बरमा थिइन् । त्यसो त सुनिल टेलिकमभित्र ‘बिचौलिया’ भनेर चिनिन्छन् ।
कामिनीलाई हटाएर सुनिललाई एमडी बनाउन मन्त्री पोखरेलले प्रधानमन्त्रीसम्म पनि कुरा गर्न भ्याइसकेका थिए । स्रोतका अनुसार सुरुमा प्रधानमन्त्री केपी ओली पनि ‘ठिकै छ नि त’ भन्ने मुडमा पुगिसकेका थिए । पछि यति लबिङ भयो कि त्यसबाट प्रधानमन्त्रीसमेत इरिटेड भएर ‘हैट यस्तो मान्छेलाई कहाँ गर्ने, यस्ताले डुबाउँछन्’ भन्ने निष्कर्षमा पुगेका थिए । मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकसम्म टेलिकमको एमडीको विषयमा के भयो ? भनेर सोध्नसम्म भ्याएका थिए । जवाफमा प्रधानमन्त्रीले मेरो सम्बन्धित मन्त्रीसँग कुरा भइसक्यो भनेर पछि मन्त्री पोखरेलले । के कुरा भयो त ? हटाउने भइयो कि राख्ने भइयो भनेर सम्म सोध्न हिम्मत गरेका थिएनन् ।
बोलीमा भन्दा पनि काममा परिणाम चाहने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले टेलिकमको कामका बारेमा प्रबन्ध निर्देशक राजभण्डारीसँग स्पष्टीकरण सोधेका थिए । यहि मौकामा उनलाई हटाउन अर्काको मनत्रालयमा मन्त्री पोखरेलले अनावश्यक चासो राखेका थिए । मन्त्रीको स्पष्टीकरण पनि एमडी राजभण्डारीले टेलिकम सुधारको प्रतिबद्धतासहित १ सय १० पेजको लिखित जवाफ पेस गरेकी थिइन् । प्रतिबद्धतापछि उनलाई थमौती गरिएको थियो । यो थमौतीबाट सबैभन्दा बढी तनाव कसैलाई भएको छ भने मन्त्री पोखरेललाई भएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply