25th June 2018, Monday

E-budhabar

कामु प्रधानन्यायाधीशलाई एनजीओ–आईएनजीओ प्यारोे



(दीपकराज जोशीको फोटो)
काठमाडौं । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, न्यायपालिकाजस्ता अति संवेदनशील स्थानमा दातृ निकाय, आईएनजीओ र एनजीओहरूको सहयोगमा परियोजना सञ्चालन गर्ने कुरा अति संवेदनशील मानिन्छ । तर, संवैधानिक निकायका प्रमुखहरूले नै त्यस्ता परियोजनाका पक्षमा वकालत गर्न थाल्यो भने कुन अवस्था हुन्छ ?
प्रसंग कामु प्रधानन्यायाधीश दीपकराज जोशीको हो । ‘वेटिङ चिफ जस्टिस’ जोशीले केही दिनअघि स्कुल अफ ल कलेजले आयोजना गरेको कार्यक्रममा तिनै आईएनजीओ र एनजीओहरूको पक्षमा वकालत गरेको विषयले यतिबेला न्याय क्षेत्र तरंगित छ । उनले सरकारले न्यायपालिकालाई उपेक्षा गरेर कम बजेट छुट्ट्याउँदै आएकाले आईएनजीओ र एनजीओहरूको सहयोगमा न्यायपालिकाभित्र कार्यक्रम सञ्चालन हुने गरेको मात्र स्वीकार गरेनन्, यसले अझ निरन्तरता पाउने बताए । न्यायपालिकाभित्र यूएनडीपीलगायत विभिन्न संस्थाको संलग्नतामा अर्बभन्दा माथिका प्रोजेक्टहरू सञ्चालन हुँदै आएको छ । न्यायपालिकाभित्रै त्यस्ता संस्थाहरूको लगानी हुनाले न्यायिक कार्यसम्पादनसँग सम्बन्धित काम मात्र होइन, नीति, नियमावली र निर्देशिकाहरूसमेत प्रभावित हुने गरेको आरोप लाग्दै आएको छ । त्यसो त परियोजनाका कार्यक्रममा न्यायाधीशहरू सहभागी हुने कि नहुने विश्वव्यापी नैतिक प्रश्न र बहसको विषय त छँदै छ । यस्तो बेला भावी प्रधानन्यायाधीशको प्रतिस्पर्धामा रहेका जोशीको अभिव्यक्तिले न्याय क्षेत्रको नेतृत्व सम्हाल्ने उनको दौड कति सान्दर्भिक होला ? प्रश्न उठेको छ ।
भावी प्रधानन्यायाधीशका लागि जोशीसहित न्यायाधीशहरू ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम न्यायपरिषद्ले सिफारिस गरेको थियो । तर, संघीय संसद्बाट संसद् सञ्चालनसम्बन्धी नियमावली पास नभएका कारण संसदीय सुनुवाइ समिति बनेको छैन । प्रधानन्यायाधीशको नाम सुनुवाइ हुने स्थिति नबनेसम्म संवैधानिक परिषद्ले पनि नियुक्तिका लागि अहिलेसम्म सिफारिस गरिसकेको छैन । मधेसी समुदायका मिश्रलाई न्यायपालिकाको नेतृत्व दिँदा सकारात्मक सन्देश जाने भएकाले संवैधानिक परिषद्ले जोशीको सट्टा मिश्रकै नाम सिफारिस गर्ने सम्भावना रहेको बताइन्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा