किन हटाए कमल थापाले गिरीलाई ?
काठमाडौं । सरकारबाट आफैं हट्न केही दिन मात्र बाँकी रहँदा राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले सहरी विकास तथा गरिबी निवारणमन्त्री दिलनाथ गिरीलाई जिम्मेवारीमुक्त गरेका छन् ।
पार्टी अध्यक्षको हैसियतले एक लाइनको ठाडो विज्ञप्ति लेखेर गिरीलाई हटाएपछि थापाले सो मन्त्रालयको जिम्मेवारी पनि आफैंसँग राखेका छन् । कमल थापाले हठात् त्यसरी आफ्नै दलका सचेतकलाई मन्त्रीबाट हटाउनुको रहस्य बिस्तारै खुल्दै गएको छ । नेपाली राजनीतिमा मुसा प्रवृत्ति भिœयाउने र सत्तालाई अत्यधिक उपयोग गरेर फाइदा लिने थापाले दिलनाथ गिरीलाई हटाउनुको कारण आर्थिक लेनदेन र विभिन्न हाकिमको सरुवामा स्वार्थ नमिल्नु नै रहेको बताइन्छ ।
चुनावको नयाँ म्यान्डेट आएपछि सरकार नै परिवर्तन गर्नुपर्ने बेलामा थापाले केही दिनका लागि मात्र मन्त्री फेर्नुमा मन्त्री आफू भए पनि छायामन्त्रीका रुपमा कमल थापाको हस्तक्षेप नै भएको बताइन्छ । दिलनाथले आफ्नो ढंगले केही काम गर्न नपाउने र अन्तर्गतका नियुक्तिहरू पनि थापाकै हस्तक्षेपमा हुन थालेपछि गिरी वाक्क भएका थिए । अहिलेसम्म पनि सहरी विकास र गरिबी निवारणअन्तर्गतका ठेक्काहरू मुलुकमा नाम चलेका र ठूला सेटिङ गर्न सक्ने निश्चित ठेकेदार कम्पनीहरूले पाउँदै आएका छन् । तिनीहरूमा स्वच्छन्द, कालिका, कान्छाराम, शर्मा एन्ड कम्पनीलगायतका रहेका छन् । ती कम्पनीहरूसँगै सिधै उपप्रधानमन्त्री थापाको निजी सचिवालयले डिलिङ गरेर सोहीबमोजिम काम गर्न मात्र गिरीलाई दबाब पर्दै आएको थियो । त्यति मात्र होइन, सो मन्त्रालयअन्तर्गतका मालदार पदहरू भवन निर्माण विभागका महानिर्देशक, एकीकृत सहरी विकास आयोजनाका प्रमुख, अधिकार सम्पन्न बाग्मती एकीकृत विकास आयोजनाको प्रमुख, मर्मतसम्भार डिभिजन कार्यालयका प्रमुखलगायतको नियुक्तिमा सिधै थापाले चलखेल गर्ने र सोहीबमोजिमको नियुक्ति गर्न दबाब पर्दै आएको थियो ।
थापाका कुराहरू गिरीले अटेर गरेपछि उनी गिरीदेखि रुष्ट थिए । त्यसपछि राज्यमन्त्री कुन्ती शाही र सचिव दीपेन्द्रनाथ शर्माको समेत मन्त्री गिरीसँग स्वार्थ नमिलेपछि उनीहरू पनि थापालाई उकासेर पदमुक्त गर्न लालायित भएको बताइन्छ ।
त्यसो त सुरुमा मन्त्री गिरीले पनि आफ्नै ढंगले ठेकेदार तथा कर्मचारीसँग रकम उठाउने र सो रकम कमल थापासँग नपु¥याई एक्लै खर्च गर्ने गरेको मन्त्रालय स्रोतले दाबी गरेको छ । यस प्रकरणले सो पार्टीमा भुसको आगो सल्किएझैं विवाद बढेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply