25th September 2017, Monday

E-budhabar

कृषि मन्त्रीको चुनाव प्रभावित पार्ने खेल



कृषि मन्त्रीको चुनाव प्रभावित पार्ने खेल

काठमाडौं । मनसुन सक्रिय नहुँदा तराई–मधेसका केही जिल्लामा रोपाइँ हुन सकिरहेको छैन । समयमै रोपाइँ हुन नसक्दा यस वर्ष धानको उत्पादन घट्ने अनुमान गरिँदै छ । तर कृषिमन्त्री रामकृष्ण यादवले भने प्रदेश नम्बर २ को आसन्न स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने गरी किसानहरूलाई राहत दिने बताएका छन् । मन्त्री यादवले निर्वाचन हुन लागिरहेको २ नम्बर प्रदेशका ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सालाई मात्र सुक्खाग्रस्त घोषणा गरेर सवा २० करोड राहत घोषणा गरेका हुन् ।

केही दिनअघि मात्रै मन्त्री यादवले २ नम्बर प्रदेशको ८ जिल्लाका किसानहरूलाई मात्रै राहत दिने घोषणा गरेका थिए । मन्त्री यादवले उक्त घोषणा आगामी असोज २ गते हुन लागिरहेको सो प्रदेशको स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने मनशायले आएको देखिएको छ । निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा कृषि मन्त्री यादवले मधेसका अरू सुक्खाग्रस्त जिल्लाका किसानहरूलाई राहत दिनेतिर कुनै चासो नदेखाई २ नम्बर प्रदेशका आठ जिल्लालाई मात्र सुक्खाग्रस्त ठहर गरेर किसानलाई राहत बाँड्ने कार्यक्रम ल्याएपछि त्यसले विवाद उत्पन्न गराएको छ ।

कृषि विकास मन्त्रालयका तथ्यांकअनुसार २ नम्बर प्रदेशका ४ जिल्लामा मात्र अपेक्षाकृत रूपमा रोपाइँ हुन सकेको छैन । त्यसरी कम रोपाइँ भएका जिल्लाहरूमा सिरहामा ५० प्रतिशत, धनुषामा ५०, महोत्तरीमा ४५ र सर्लाहीमा ५० प्रतिशत मात्र रोपाइँ भएको छ । तर सोही प्रदेशको पर्सामा ९९ प्रतिशत, बारामा पनि ९९ प्रतिशत र रौतहटमा ९० प्रतिशत रोपाइँ भइसकेको छ । तर कृषिमन्त्री यादवले भने चुनावलाई लक्षित गरेर पर्सा, बारा र रौतहटका किसानहरूलाई पनि स्यालो ट्युबेल जडान गर्न राहत दिने घोषणा गरेका छन् ।

पानी नपरेका कारण २ नम्बर प्रदेशबाहेक मधेसको मोरङमा ६५ प्रतिशत, बाँकेमा ८५ प्रतिशत र दाङमा ७५ प्रतिशत रोपाइँ हुन सकिरहेको छैन । मन्त्री यादवले रोपाइँ कम भएका यी जिल्लाका किसानका लागि राहतको कार्यक्रम घोषणा नगरेर ९० प्रतिशतभन्दा बढी रोपाइँ भएका २ नम्बर प्रदेशका रौतहट, बारा र पर्साजस्ता जिल्लाका किसानहरूलाई राहतको कार्यक्रम घोषणा गरेका हुन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा