के साच्चै कांग्रेसीजन कांग्रेस नेताका दास हुन र ?
नेपाली जनताले पटक पटक काँग्रेसी सरकार बेहोरे । २००७ सालदेखि अहिलेसम्म बहुदलीय प्रजातन्त्र र लोकतन्त्रको अधिकांश समय नेपाली काँग्रेसले नै शासन ग¥यो । इतिहास हेर्दा अहिलेसम्म नेपाली काँग्रेसले १२ पटक शासन ग¥यो, जसमा त्यस पार्टीका छ जनाले देशको प्रधानमन्त्रीको बागडोर समाते । त्यसमध्ये अहिलेका काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले चार पटक त्यो अवसर पाउनुभएको छ । काँग्रेसी शासनकालमा केही राम्रा काम पनि भएका छन् तर उनीहरूले गरेका अधिकांश कामले देशको विकासका आवश्यकतालाई छुनै सकेनन् । किशुन जी, गणेशमानजीहरू त जीवनको उत्तरार्धमा काँग्रेसलाई धिक्कारेरै त्यस पार्टीबाट बाहिरिनु भयो किनकि उहाँहरू सच्चा काँग्रेसजन हुनुहुन्थ्यो । ब्.िपी. का सबैभन्दा सच्चा अनुयायी । आजको अवस्थामा बी.पी. जीवित हुनुभएको भए सायद काँग्रेसजनको भावना बुझेर नेपाली काँगे्रसलाई पुनर्गठन गर्नुहुदो हो । आज सच्चा काँगे्रसजन काँग्रेसीबाट पीडित छन् र तड्पिएका छन् ।
यसो हुनुमा काँग्रेसी, जो सत्ता र शक्तिमा रहे उनीहरूले जनता त परै जावस, स्वयं आफ्नै पार्टीका कार्यकर्ता र समर्थक (काँग्रेसीजन) को नै सोचको प्रतिनिधित्व गर्न सकेनन् । आजको देशको हालतबाट अरू जनता जस्तै काँग्रेसजन पनि पीडित छन् । अरू जनताभन्दा उनीहरूमा फरक के छ भने उनीहरू पीडा र पश्चाताप दुवै अनुभूति गरिरहेका छन् । देशको हालतले पीडा दिएको छ भने उनीहरूले विश्वास गरेका नेताका व्यवहार र प्रवृत्तिले यस्ता मानिसलाई किन जिताइयो होला भनेर पश्चातापको अनुभूति गरिरहेका छन् । यसो हुनुका कारण यस्ता छन् ः
अस्थिरतामा काँग्रेसको भूमिका
१. २००७ देखि दलीय व्यवस्था कायम रहेको समयमा प्रत्येक निर्वाचनमा काँग्रेसजनले काँग्रेसलाई पहिलो र कमैमात्र दोस्रो बनाए तर नेतृत्वमा बसेर व्यक्तिगत स्वार्थमा तल्लीन हुने काँग्रेसी प्रवृत्तिले गर्दा आजको देशको यो दुर्गतीमा भएको हो भन्ने उनीहरूले बुझेका छन् । काँग्रेस जिम्मेवार हो भन्ने कुरा राम्ररी बुझेका छन् । काँग्रेसले देशमा स्थिरता दिन नसकेको घामजत्तिकै छर्लङ्ग छ ।
२. अस्थिरता देशको अहिलेको विकासको सबैभन्दा ठूलो वाधक हो । २०४८ को आम निर्वाचनबाट आएको पूर्ण बहुमतको सरकार र संसद्लाई विभाजन गरेर बहुदलीय व्यवस्थामा अस्थिरता ल्याउने कामको सुरुवात काँग्रेसले नै गरेको हो । यसका साक्षी पनि इमान्दार काँग्रेसीजन नै छन् ।
३. कृष्णप्रसाद भट्टराईलाई निर्वाचनमा हराउन पैसाको खोलो बगाएर नेपाली पार्टीहरूमा अन्तरघातको श्रृङ्खला चलाउने कामको नेतृत्व पनि काँग्रेसले नै गरेको हो । त्यो उनीहरूले राम्रै बुझेका छन् । यसबाट आजको निर्वाचन प्रणाली नै ध्वस्त भएको छ र विकृतिले भरिएको छ । यसलाई सुधार्नुको साटो आज पनि काँग्रेसले यसैमा गर्व गरिरहेको अवस्था छ । त्यसैगरी, सरकार बनाउन ‘मुसो प्रवृत्ति’ को विकासका नायक त शेरबहादुर देउवा हुन् भन्ने कुराले उनीहरूलाई अझ पीडा दिएको छ ।
४. देशको सबैभन्दा ठूलो र ऐतिहासिक पार्टी भएका कारण पनि उसले देशको हित चाहेर काम गर्नु पर्ने हो तर ऊ क्षणिक स्वार्थमा मात्र तल्लीन भयो । २०४८ पछि नेपालको कर्मचारी तन्त्रमा धावा बोलियो, जसले गर्दा आज पनि कर्मचारीतन्त्र बेथितिले गाँजिएको छ । यी सबैबाट काँग्रेसजन पनि पीडित बनेकै छन् । देश अस्थिर बन्नमा यी घटना प्रमुख जिम्मेवार छन् ।
बेरोजगारीमा काँग्रेसको जिम्मेवारी
५. सबैलाई थाहा छ, नेपाली काँग्रेसको सरकारले अन्धाधुन्द निजीकरण गरेर हाम्रा छिमेकी चीन, भारत र हितैशी सोभियत संघले बनाइदिएका राष्ट्रिय महत्वका उद्योग कौडीको भाउमा बिक्री ग¥यो । त्यसपछि ती उद्योगले गति लिएका भए पनि चित्त बुझ्दो हो तर उनीहरूको अस्तित्व नामेटै भयो । यसैको परिणाम हो आज दैनिक १५ सय युवा विदेशिन बाध्य हुनुपरेको । विगतमा पाएको मतकै आधारमा भन्ने हो भने पनि ती १५ सयमध्ये झण्डै ५०० युवा काँग्रेसीजनकै छोराछोरी छन् ।
६. नेपाली काँगे्रसले विकासको सपनै कहिल्यै देखेन । सधैँ विदेशमा चलेको हावालाई यहाँँ भित्र्याउनमात्र खोज्यो । त्यसैका कारण नेपालको विकास नीति, रणनीति के हो, कस्तो अर्थनीति लिएर अगाडि बढ्ने, शहरहरूलाई कस्तो बनाउने भन्ने जस्ता सवालमा कहिल्यै सोचिएन । सोचियो त केवल सत्तामा रहने काँग्रेसीहरूकै स्वार्थ । विकास निर्माणका काममा प्राथमिकता पाएका भए धेरै काँग्रेसीजन आफ्ना सन्तानका साथ देशमै बस्ने अवसर उत्पन्न हुनेथियो ।
भद्रगोल र तहसनहस स्थानीय तह
७. गएका दुई वटा स्थानीय निकायका निर्वाचनमा काँग्रेसले उल्लेख्य सङ्ख्यामा जीतेको थियो । दुर्भाग्य, आज काँग्रेसले एउटा पनि नगरपालिका देखाउन सक्दैन, जहाँ उसले जीतेर राम्रो र उदाहरणीय काम गर्यौँ भन्ने । बरु काठमाडौँ, हेटौँडा, बुटवल, नेपालगञ्ज, इटहरी र धरान जस्ता नगरपालिका एमालेले जीतेर नमूनायोग्य काम गरेका स्थानीय निकायहरू हुन् । यस्ता अरू पनि थुप्रै ठाउँ छन, जसका कामले काँग्रेसजनलाई पनि उत्तिकै फाइदा भएको छ ।
८. काँग्रेसको प्रवृत्ति नै के छ भने निर्वाचनका बेला तात्ने र जीतिसकेपछि सेलाउने । सङ्गठन नगर्ने । जसले जित्छ उसले मनोमानी गर्ने । उसले नजानेर काम गर्न सकेन भने पनि सांगठनिक सहयोग पाउँदैन, जसले गर्दा स्थानीय निकायमा जनताको काम सजिलोसँग हुँदैन । विगतको अनुभवले पनि त्यसै भन्छ । यसो किन पनि हुन्छ भने ऊ कार्यकर्तामा आधारित पार्टी होइन । कार्यकर्तामा आधारित पार्टी भएको भए स्थानीय कमिटीहरूले निर्वा्चित पदाधिकारीहरूलाई सहयोग र सन्तुलन दुवैको व्यवस्था रहन सक्थ्यो ।
९. आज स्थानीय तहमा पार्क, स्मारक, पर्यटकीयस्थल, राम्रा पूर्वाधारयुक्त शहर देखे भने यहाँ अघिल्ला निर्वाचनमा एमालेले जीतेको रहेछ भन्ने स्पष्ट हुन्छ । तराईको विकासका बारेमा एमालेले ल्याएको बजेटले व्यवस्था गरेको सबै जिल्ला सदरमुकाममा चक्रपथ, तराईका पिछडिएका जातिका लागि ल्याइएका कार्यक्रम उदाहरणीय र सफल छन्, जसबाट काँग्रेसीजन नै लाभान्वित छन् । त्यसैगरी, वृद्धभत्ता र थुप्रै समाजकल्याणका कामबाट प्रभावित भएर काँग्रेसले स्थानीय निकायमा के ग¥यो भन्ने प्रश्न स्वयं काँग्रेसजन नै सोधिरहेका छन् ।
कुशासनमा काँग्रेस
१०. काँगे्रसले चाहेको भए आज देशको शासनको अवस्था धेरै माथिल्लोस्तरको हुनेथियो । भएभरको शक्ति अन्धाधुन्ध निजीकरणमा लगाएकाले सरकारले अन्य सुधारका कामलाई प्राथमिकता दिएन । उनीहरूले कमिशन, नातावाद र कृपावाद जस्ता कुरालाई प्राथमिकता दिए । हरेक क्षेत्रमा भागवण्डाको संस्कृति निर्माण गरे । राजनीति संस्कारहीन बन्दै गयो । यसको प्रभाव शासन–शैलीमा पनि देखियो ।
११. सुशील कोइरालापछिको काँग्रेस झन् संस्कारहीन बन्दैछ । काँगे्रसजनलाई नै उसले प्रहारको निशाना बनाएको छ । प्रहरीको आईजीपी बनाउने कुरा होस् वा प्रधानन्यायधीशविरुद्धको महा अभियोगको प्रसङ्ग होस् चाहे उसको साथमा वर्तमान सरकारको पटक पटक पुनर्गठन, जुन निर्वाचन आचार संहिताविपरीत छन् । यी कुनै पनि एउटा संस्कारयुक्त राष्ट्रिय राजनीतिक दललाई सुहाउने क्रियाकलाप होइनन् । संविधानका धारा धारालाई उल्लंघन गरेर कसरी सुशासन कायम गर्न सकिन्छ र ?
१२. सत्तास्वार्थका कारण यो गठबन्धन लम्ब्याएको छ कांग्रेसले तर यसले काँग्रेसजनको जीवनस्तर सुधार्ने कुरालाई सरोकार राख्दैन । सकेसम्म स्थानीय निकायको निर्वाचन नहोस् नै भन्ने चाहन्छ । वाध्यतावश गर्नैै परे पनि आचारसंहिताको धज्जी उडाउँदै अगाडि बढिरहेको छ । व्यवहारले उसले प्रमाणित गर्दै छ कि प्रजातन्त्र त उसको देखाउने दाँतमात्र हो । नाममा प्रजातन्त्र भए पनि व्यवहारमा आज पनि काँग्रेस एमाले जत्तिको प्रजातान्त्रिक हुनसकेन । उसको पार्टीको यो छवी स्थानीय तहमा जीत्यो भने त्यहाँ पनि पर्न सक्छ किनभने पार्टीको आन्तरिक प्रजातन्त्र त कायम नगर्नेले देशमा लोकतन्त्र र प्रजातन्त्रको कसरी रक्षा गर्न सक्छ ? के काँग्रेसजन स्वेच्छाचारी नेतृत्वलाई आफ्नो जीविकाको मूल्यमा जिताउन सम्भव छ ?
तदर्थवादमा रमाउने काँग्रेस
१४. तीतो यथार्थ के हो भने काँग्रेससँग विकासको सपनै छैन । ऊ तदर्थवादमै रमाउँछ । जहिले पनि बजेट विनियोजनमा हात कमाउने गर्छ । विकासका सामान्य काम गरेर आलटाल गर्छ । विकासको फड्को मार्नेखालका योजना कहिल्यै बनाउँदैन । यस्तै चाला गर्ने काँग्रेसले स्थानीय तहमा जीते त्यो निकाय स्वतः पछाडि पर्ने छन् नै ।
१५. काँग्रेसले कहिल्यै पनि जनकल्याणका काममा ध्यानै दिएन । चाहे वृद्धभत्ता होस् वा स्थानीय निकायमा जाने बजेट होस्, शिक्षाको व्यवस्थापनको सवालमा होस् वा तल्लो वर्गलाई लक्ष्य गरेर दिइएका राहतका कार्यक्रम होउन्, सबै एमालेले बजेट ल्याउँदा गरेका व्यवस्था नै हुन् । यसै पनि काँग्रेसभन्दा धेरै छोटो समय सरकारको नेतृत्व गर्ने एमालेले गरेका यी कामभन्दा धेरैगुणा बढी गर्न सक्थ्यो उसले । एमाले त काँगे्रसले यस्ता काममा प्रतिस्पर्धी भएर काम गरोस् भन्ने चाहन्थ्यो तर दुर्भाग्य– एमालेको यस्तो रचनात्मक प्रतिस्पर्धी नै भएन ।
१६. हाम्रो जस्तो कम विकसित देशमा विकासका लागि खर्च अनिवार्य शर्त हो । विकासखर्च्विना विकास सम्भव छैन तर एमालेले सार्वजनिक गरेका सबै बजेटमा काँग्रेसको आलोचना रहन्छ । उसले जहिले पनि भन्ने गरेको छ– एमालेले बजेट ठूलो बनाउँछ । यसको अर्थ के हो ? काँग्रेसजनले एकपटक गहन भएर सोच्नै पर्ने हो कि ?
१७. नेपाली काँग्रेस आफूलाई पुँजीवादी पार्टी भन्छ । अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता पुँजीवादी देशले समेत आधारभूत आवश्यकताका सेवामा लगानी गरेका छन् । यातायात, सञ्चार, खानेपानी जस्ता क्षेत्रमा ती देशमा पनि सरकारको नेतृत्वमै लगानी गरिएका छन् । नेपाली काँग्रेसले यहाँ लागू गर्न खोजेको मोडेल गरिबमारा नै देखियो । भारतमा रोडवेजका गाडी र रेल त हामीमध्ये धेरैले देखेकै कुरा हो तर यहाँ त भएका साझा यातायात जस्ता संस्थान पनि निजीकरण गरियो । विकासका त्यस्ता कुराका सन्दर्भमा ध्यानै दिइएन ।
१८. कृषि क्षेत्रलाई दिइएको अनुदान हटाएर काँग्रेसले कुन वर्गको हित ग¥यो र ? हाम्रो कृषि भारतको भन्दा कमजोर बन्नुमा काँग्रेसले लिएको गलत नीति नै जीम्मेवार छ । कृषि क्षेत्रको विकास नगरी यथास्थितिमा राख्नु देशका लागि अहितकर छ ।
यी यस्ता थुप्रै कुरा छन्, जसले काँगे्रसजनको अहित गरेका छन, काँग्रेसकै गलत निर्णयबाट । यस्ता कुराबाट निकास पाउने नेपालको सन्दर्भमा एउटै उपाय हो– स्थानीय तहबाट एमालेको जीतको सुरुवात । एमाले हार्दा अरू जनतासँगै काँग्रेसजनको पनि हार हुन्छ, देशको हार हुन्छ । हामी सबैले हेक्का राखाँै– काँग्रेसजन र काँगे्रस पार्टी एउटै होइनन् । अर्थात, अहिलेको अवस्थामा काँग्रेसजन काँग्रेसी नेताका दास होइनन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply