के हुन्छ राष्ट्रिय सभा सदस्यको शपथ ?
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत तीन जना राष्ट्रिय सभा सदस्यको शपथ तत्कालका लागि नगर्न अन्तरकालीन आदेश जारी गरेसँगै उनीहरूको भविष्य के हुन्छ ? सर्वत्र चासोको विषय बनेको छ ।
शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले सिफारिस गरेको तीन सदस्यको नाम राष्ट्रपति कार्यालयबाट फिर्ता लिँदै ओली नेतृत्वको सरकारले तीन सदस्य नियुक्त गरेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडा, डा. विमला राई र रामनारायण बिडारीलाई राष्ट्रपति भण्डारीले नियुक्त गरेकी थिइन् । तर, अघिल्लो सरकारको सिफारिसमा परेका चाँदनी जोशी, कृष्णचन्द्र पौडेलसहितले ओली सरकारको सिफारिसमा भएको नियुक्ति बदर गर्दै आफूहरूलाई शपथ गराउन माग गरेर सर्वोच्च अदालतमा रिट निवेदन दिए । त्यसलगत्तै अदालतले तत्काल शपथ नगर्न वर्तमान सरकार र संसद्लाई अन्तरकालीन आदेश जारी गर्दै २० गते दुवै पक्षलाई सुनुवाइका लागि बोलाइएको छ ।
संविधान तथा कानुनविद्हरू वर्तमान सरकारले कानुनी प्रक्रिया पु¥याएरै सिफारिस फिर्ता लिएका कारण ओली सरकारले नियुक्त गरेका सभासद्हरूको शपथ नरोकिने गरी फैसला आउन सक्ने बताउँछन् । संविधानवादअनुसार तत्कालीन आवश्यकताको सिद्धान्त लागू हुने भएकाले कुनै हालतमा पछिल्लो सरकारको सिफारिसमा भएको नियुक्ति र शपथको तयारी नरोकिने उनीहरूको भनाइ छ । ‘सुनुवाइ बाँकी नै छ तर प्रक्रिया पु¥याएर फिर्ता लिई संविधानवादको आवश्यकताको सिद्धान्तअनुसार नियुक्ति भएकाले शपथ रोक्ने गरी अदालतले आदेश नदिने सम्भावना नै बढी देखिन्छ,’ संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले भने ।
सर्वोच्च अदालतले शपथ रोक्न अन्तरकालीन आदेश दिए पनि मनोनीत सांसद डा. खतिवडा अर्थमन्त्रीमा नियुक्त भएका छन् । अदालतले पक्ष या विपक्षजस्तो फैसला गरे पनि अर्थमन्त्री खतिवडालाई केही फरक पर्दैन । किनभने, संविधानले सांसद नभएका व्यक्तिलाई पनि मन्त्रीमा नियुक्त गर्न सक्ने तर ६ महिनाभित्र सांसद भइसक्नुपर्ने व्यवस्था उल्लेख छ । अदालतले २० गते नै नवनियुक्तहरूको पक्षमा फैसला गरे त्यही दिन या पछि शपथ लिन सक्नेछन् । तर, पूर्ववर्ती सरकारकै सिफारिसलाई वैधता दिइएको अवस्थामा भने मनोनीतहरूको पद खारेज हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply