14th August 2018, Tuesday

E-budhabar

क्षयरोग अस्पताल किन सिल गरे प्रमुखले ?



क्षयरोग अस्पताल किन सिल गरे प्रमुखले ?

काठमाडौं । मध्यपुर थिमी नगरपालिकाले वडा नम्बर ४ मा निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा सो नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले केही हप्ताअघि दलबलसहित गएर सिलबन्दी गरे । प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठलगायत नगरपालिका कर्मचारीको टोलीले सिलबन्दी गरेका कारण भवन निर्माण रोकिएको छ । भौतिक योजना मन्त्रालयअन्तर्गत भवन विभागले सबै प्रक्रिया पूरा गरी बनाइरहेको सो भवन नगरपालिकासँग स्वीकृति नलिई र नक्सासमेत पास नगरी निर्माण सुरु गरेको भन्दै नगरपालिकाले शिलबन्दी गरेको भनिए पनि त्यसमा व्यावसायिक कारण रहेको रहस्य खुलेको छ ।
सरकारको २९ करोडको लागतमा ३ सय शैयाको अस्पतालको निर्माण कार्य रोक्दै नगरपालिकाले सिलबन्दी गर्नुका पछाडि त्यस क्षेत्रमा रहेको अर्को निजी अस्पतालको उक्साहट र सो अस्पतालमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठको सेयर रहेको खुलेको छ ।
मध्यपुर ठिमीमा रहेको मध्यपुर थिमी अस्पताल त्यसक्षेत्रकै सबैभन्दा महँगो र सबै प्रकारका सुविधासहितको अस्पताल हो । त्यस्ता निजी अस्पतालका बीचमा सरकारले बनाउन लागेको अस्पताल प्रमुखकै सनकका कारण अनिश्चितकालका लागि रोकिएपछि मध्यपुर थिमीवासीसमेत आश्चर्यमा परेका छन् ।
सरकारले बनाउन लागेको सस्तोमा सेवा पाइने अस्पताल अनन्तकालसम्म बनाउन नदिनू भनेको निजी अस्पतालको व्यापार फस्टाइरहनु हो । अहिले ‘प्रमुख सापको यो कदमले यहाँका निजी अस्पताललाई फाइदा पुगेको छ,’ एक स्थानीयले भने ।
कुरा बुझ्दै जाँदा मध्यपुर थिमी अस्पतालको कानुनी सल्लाहकार मात्र होइन, सञ्चालक बोर्डमा समेत प्रमुख श्रेष्ठ रहेको खुलेको छ । एक जमानामा डा. रामशरण महतका पीए रहेका ज्ञानकृष्ण श्रेष्ठ सञ्चालक समितिको अध्यक्ष रहेको उक्त अस्पतालको सञ्चालकमा उनकै छोरा डा. रामकृष्ण श्रेष्ठ, प्रमुख मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसका तर्फबाट सोही नगरपालिकामा प्रमुखको उम्मेदवार बनेका विष्णुराज कार्कीलगायत रहेको बुझिएको छ ।
वरपर बस्ती रहेकाले क्षयरोग उपचार केन्द्र त्यसरी बनाउँदा आमभक्तपुरवासीलाई क्षयरोग सार्ने भन्दै कुनै हालतामा अर्को अस्पताल बनाउन दिन नहुने भ्रमसमेत छरिएको पाइन्छ । तर, चिकित्सकहरू अस्पतालले अन्यत्र रोग सार्ने कुनै पनि सम्भावना नरहेको र उक्त कुरा अवैज्ञानिक कुतर्क रहेको विज्ञहरू बताउँछन् ।
सो भवन निर्माण गर्दा माथिको बस्तीसमेत उच्च जोखिममा परेको भनिएको छ । त्यही कारण निर्माण रोक्नुपरेको तर्कसमेत गरिएको छ । तर, अहिले माटो काटेर खाल्डो पारिएको स्थानमा आगामी जेठसम्मका पर्खाल उठाइएन भनेचाहिँ सो बस्ती उच्च जोखिममा रहने प्राविधिकहरू बताउँछन् ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले एउटा सरकारी निकायले भवन विभागको नक्सा, मापदण्ड र स्वीकृतिमा अस्पताल भवन निर्माण गर्दा अर्को सरकारी निकायले रोक्नु आवश्यक नभएको बताए । नगरपालिकामा नक्सा स्वीकृत गराउनुपर्ने भए पनि अस्पताल निर्माणको बजेट फ्रिज होला भनेर हतारमा भवन निर्माण गरेकाले केही समस्या आएको र केही दिनभित्रै नक्सा पास गर्न नगरपालिकामा पेस गर्ने योजना रहेको उनले बताए । तीन ब्लकमा निर्माण हुने भवनमध्ये दुईवटा ब्लक पहिल्यै पास गरेको र एउटा प्रक्रियामा रहेको केन्द्रले जनाएको छ । चालू आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि ७ करोड बजेट विनियोजन भएको र पुस मसान्तभित्र काम सुरु नगरे बजेट फिर्ता जाने डरले थालनी गरेको उनले बताए ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरकारको बाटोमा अदालतको तगारो

काठमाडौं । दुई तिहाइ बहुमत प्राप्त स्थिर सरकारलाई आफ्नो ढंगले काम गर्न अदालतले पटकपटक तगारो लगाएको छ । अघिल्लो सरकारले राजनीतिक आस्थाका आधारमा जाँदा जाँदै गरेका नियुक्तिहरू- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

साउने प्रतिज्ञा

हरेक दिन दाह्री–जुँगा मिलाएर हिँड्ने एकजना साथी दाह्री–जुँगा पालेको अवस्था देखेपछि प्रश्न गर्न मन लाग्यो, ‘दाह्री–जुँगा पाल्न थाल्नुभएछ नि, किन यस्तो विरूप हो ?’ ती साथीले जवाफ- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समस्याको उठान

देश, समाज र परिवारभित्र दैनन्दिन रूपमा अनेक घटनाहरू जन्मिरहेका हुन्छन् । निश्चय नै, त्यस्ता घटनाहरूले मानिसको जीवनमा सानाठूला प्रभाव पार्दछन् । कुनै घटनाको प्रभाव क्षणिक हुन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा