गठबन्धनबाट ओली निर्विकल्प प्रधानमन्त्री
वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् । ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको भन्दै प्रचण्डले सार्वजनिक रूपमै ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका हुन् । एमाले अध्यक्ष र गठबन्धनको प्रमुख नेता भएका कारण ओलीको विकल्पमा एमालेभित्र पनि कसैको दाबी नरहेको र प्रचण्ड स्वयंले प्रस्ताव गरेका कारण उनी निर्विकल्प अबको प्रधानमन्त्री बन्नेमा कुनै शंका छैन । यद्यपि, ओली आफैंले भने अहिलेसम्म यसबारे औपचारिक रूपमा मुख खोलिसकेका छैनन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल गठबन्धनको प्रमुख नेताको हैसियतमा ओली नै स्वाभाविक प्रधानमन्त्रीको उम्मेदवार भएको बताउँछिन् ।
‘हाम्रो पार्टी अध्यक्षले ठूलो दलको हैसियतमा ओली कमरेड नै प्रधानमन्त्रीको उम्मेदवार हुने बताइसक्नुभएको छ, भुसालले भनिन्, ‘तर, अहिलेसम्म पार्टीभित्र औपचारिक छलफल हुन पाएको छैन ।’ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्काल निर्वाचन परिणाम समीक्षा गर्दै सरकार गठनबारे छलफल गर्ने तयारीमा छन् । दुवै नेता गठबन्धनका प्रमुख नेता भएकाले गठबन्धन र एकता प्रक्रिया जनअनुमोदितसमेत भएको परिप्रेक्ष्यमा छिटो टुंग्याउनुपर्ने दबाबमा छन् । नयाँ सरकार गठन, पार्टी एकतालगायतका समग्र विषयमा पार्टी एकता संयोजन समितिमा छलफल गरेर मात्रै अन्तिम टुंगोमा पुग्ने दुवै दलको तयारी छ । समितिमा दुवै दलका शीर्ष नेताहरू पनि रहेकाले त्यहाँ निर्णय गरेर दुवै पार्टीले आन्तरिक छलफल गर्ने सम्भावना रहेको एक नेताले बताए । ‘एमालेमा छलफल भइसकेको छैन, तर प्रचण्डले नाम लिनुभएको छ, दुवै नेता पार्टी एकता संयोजन समितिमा प्रमुख नेता हुनुहुन्छ, एमालेका प्रवक्ता विष्णु रिमालले भने, ‘त्यसैले समितिले निर्णय गरेपछि पार्टीभित्र छलफल हुने सम्भावना छ ।’ तर, दुई नेताबीच को प्रधानमन्त्रीको उम्मेदवार बन्नेबारे कुनै सहमति नभएको उनले स्पष्ट पारे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply