20th February 2018, Tuesday

E-budhabar

ग्लोबल आईएमईको वित्तीय साक्षरता



ग्लोबल आईएमईको वित्तीय साक्षरता

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा गत शनिबार वित्तीय साक्षरता जगाउने उद्देश्यले बागलुङ जिल्लाको बुर्तिबाङमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन गरेको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तीबाङको बुद्ध सिनेमा हलमा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल आईएमई बैंकका तालिम तथा बैंक विज्ञ पूर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरूलाई बैंक तथा वित्तियको बारेमा जानकारी गराए ।

उक्त कार्यक्रममा १ सय जनाभन्दा बढीको उपस्थिति थियो । कार्यक्रमका सहभागीहरूले ग्लोबल आईएमई बैंकले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यबारे जानकारी प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरेका थिए । साथै, उनीहरूले ग्लोबल आईएमई बैंक लिमिटेडले प्रदान गर्ने विभिन्न सेवाहरूबारे प्रश्न गरेका थिए ।
साथै, ग्लोबल आईएमई बैंकले सोहि दिनबाटै बागलुङ जिल्लाको निसीेखोला गाउँपालिका–२ जुग्गाखोलामा आफ्नो ६५औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । उक्त स्थानमा खोलिएको सेवाका लागि स्थानीय अनिल कुँवरलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटीएम, चारवटा एक्सटेन्सन काउन्टर १४, वटा राजस्व संकलन काउन्टर, ६५ शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाका साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

व्यक्तिवृत्त उघिन्ने कार्य

कुन मानिसमा कति प्रतिभा रहेको छ, कस्तो आनिबानी छ र के–कस्ता विषयहरूमा रुचि छन् ? यी सबै कुरा थाहा पाउन त्यस्ता मानिससँग गहिरो मित्रता र संगतको आवश्यकता पर्दछ । बाह्य रूपमा नियालेर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा