घुस रकमको भागबन्डा नमिल्दा नापीमा कुटपिट
काठमाडौं । सेवाग्राहीबाट घुसबापत लिएको रकममा बाँडफाँट नमिल्दा डिल्लीबजारस्थित नापी कार्यालयका कर्मचारीबीच कुटाकुट भएको छ । कुट्ने र कुटिने कर्मचारीबीच मिलापत्र गर्ने प्रयत्न भए पनि अहिलेसम्म मिलापत्र हुन सकेको छैन ।
केही दिनअघि, नापी कार्यालयमा करारमा कार्यरत सन्तोष साहले आफ्नै समकक्षी विनोद देवलाई नराम्ररी भकुरेका थिए । दुवै कर्मचारी नक्सा प्रिन्ट शाखामा कार्यरत हुन् । तर, विनोदले सेवाग्राहीबाट लिएको रकम उचित रूपले बाँडफाँट नगरेको भन्दै सो दिन साहले उनलाई कार्यालयभित्रै कुटेका थिए । साहले ‘तँ आफू मात्रै खाने ?’ भन्दै देवको कठालो समातेर नराम्ररी चुटेका थिए ।
आफंैले करारमा नियुक्त गरेका दुई कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर हात हालाहाल भएपछि उक्त घटनालाई गुपचुप राख्न प्रमुख नापी अधिकृत मगनु दत्तले दुवैलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । पिटिने देवलाई कामलाई निरन्तर लाग्न निर्देशन दिएपछि कार्यालय प्रमुख दत्तले पिट्ने साहलाई भने माफी नमागेसम्म कार्यालय नआउन उर्दी जारी गरे । घटना भएको केही दिनसम्म साह र देवबीच मिलापत्र गराउने प्रयत्न कार्यालय प्रमुख दत्तले गरे । तर, अहिलेसम्म पनि दुवैजना बीच मिलापत्र हुन सकेको छैन ।
केही दिनअघि धनगढीस्थित मालपोत कार्यालयमा सेवाग्राहीबाट घुसबापत लिएको रकम बाँडफाँट नमिल्दा तीन÷चार जना कर्मचारीबीच कार्यालयभित्रै कुटाकुट हुन पुगेको थियो । कुटाइमा संलग्न सबै कर्मचारीलाई तत्काल निलम्बन गरिएको थियो । तर, डिल्लीबजारका कार्यालय प्रमुखले भने कुटाइमा संलग्न करारका कर्मचारीहरूलाई मिलापत्र गराएर घटनालाई गुपचुप राख्ने प्रयत्न गरेका छन् ।
डिल्लीबजारको कार्यालय प्रमुख भएर आएपछि दत्तले आवश्यकताभन्दा बढी कर्मचारीलाई करारमा नियुक्त गरेका थिए । उनले तत्कालीन मन्त्री, सचिव र नापी विभागका महानिर्देशकलाई रिझाउन उनीहरूका मानिसलाई करारमा नियुक्त गरेका हुन् । यसरी अहिले करारमा ११ जना कर्मचारी राखिएका छन् र उनीहरू सबै नक्सा प्रिन्ट शाखामा कार्यरत छन् ।
यसअघि घाममा सुकाएर नक्सा प्रिन्ट गर्दा सोही कार्यालयको उक्त शाखामा चार जना मात्र कर्मचारी थिए । तर, अहिले भने नक्सा घाममा सुकाएर प्रिन्ट गर्नुपर्दैन, सिधै डिजिटल प्रविधिबाट नक्सा प्रिन्ट हुन्छ । पहिला चार जनाले भ्याउने काममा अहिले ११ जनालाई राख्नु आवश्यक नभएको कुरा उठ्दै आएको छ । त्यस्तै, केही वर्षपहिला डिल्लीबजारको नापी कार्यालयले काठमाडौंभरिका सेवाग्राहीको काम भ्याउनुपथ्र्यो । अहिले भने कलंकी, चावहिल, साँखु, टोखा र मनमैजुमा कार्यालयहरू स्थापना भइसकेका छन् । तर, डिल्लीबजारमा कामको चाप पहिलाभन्दा कम भए पनि आवश्यकताभन्दा बढी कर्मचारी करारमा भर्ना गरेर कार्यालय प्रमुख दत्तले राज्यलाई भार बोकाइरहेको बताइन थालिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply