21st May 2018, Monday

E-budhabar

चिठी–साहित्य



चिठी–साहित्य

समय धेरै नै बदलिइसकेको छ । अझ, सूचना क्रान्तिको चमकले पुराना मानकहरू पूरै फेरिँदै गएका छन् । कतिपय वस्तु र माध्यमहरू अब अप्रासंगिक बनिसके । त्यस्तै, अप्रासंगिक बनेका माध्यमहरूमध्ये एक हो– चिठीपत्र । हस्तलिखित चिठी–पत्र अब इतिहासको विषय बनिसके । चिठीपत्रजस्ता एकअर्काबीच संवाद, सूचना र खबर माध्यमको स्थान मोबाइलको बढ्दो प्रयोगसँगै सिधै संवाद, इमेल, च्याट र भाइबरले लिइसकेको छ ।
कुनै समय भने चिठीपत्र नै व्यक्तिव्यक्तिबीच खबर आदानप्रदान हुने एक मात्र भरपर्दो माध्यम थियो । अब त्यो माध्यमको अध्याय सकिएको छ । दशकअघि चिठीपत्रमा नै मानिसहरू निर्भर रहन्थे । हरेक मानिसका हातहातमा मोबाइल हुन थालेपछि हातले लेखेर खबर आदानप्रदान गर्ने समयको अन्त्य भएको छ । तर, कुनै बेला चिठीपत्रको महत्व कतिसम्म थियो भन्ने कुरा दर्साउन कथासर्जक हरिहर खनाल अग्रसर देखिएका छन् । मोबाइल युग सुरु नहुँदा आफूलाई प्राप्त पत्रहरू समेटेर खनालले ‘चिठीपत्रमा हरिहर खनाल’ नामक किताब भर्खरै मात्र पाठकसामु ल्याएका छन् ।
चालीसको दशकमा चितवनबाट एउटा प्रगतिशील साहित्यिक पत्रिका निस्किन्थ्यो– ‘जनसाहित्य’ । त्यसको सम्पादक थिए उनी । त्यही समय प्रगतिशील लेखक संघमा पनि उनी आबद्ध रहेर सिर्जनाका साथै साहित्यिक गतिविधिहरूमा पनि भिजेका थिए । आफ्नो जीवनका ऊर्जावान् वर्षहरूमा प्रगतिशील÷गैरप्रगतिशील दुवै कित्ताका स्रष्टाहरूसँग उनको पत्राचार हुन्थ्यो । त्यही समय स्रष्टालगायत आफन्त, शुभचिन्तकहरूलगायतले आफूलाई लेखेका पत्रहरू उनले हुबहु किताबमार्फत ल्याउन चाहेका छन् ।
२०३५ सालमा उनलाई प्रख्यात लेखिका पारिजातले पत्र लेखेकी थिइन् । सो पत्रमा पारिजातले एउटा कुराको खुलासा गर्दै लेखेकी छिन्, ‘एकथरी कथित प्रगतिशीलहरू यहाँ यस्ता छन्, जो आफ्ना सारा राजनीतिक र साहित्यिक उद्देश्यहरूलाई रछानमा मिल्काएर गालीगलौज, भत्र्सना, झूटो प्रचारलाई सही बाटो मान्दै त्यसैमा सक्रिय भइरहेका छन् ।’ पारिजातसँगै उनलाई पत्र लेख्ने अरू स्रष्टाहरूमा शान्तदास मानन्धर, डा. ऋषिराज बराल, रघु पन्त, डा. शूरवीर पौडेल, डा. दयाराम श्रेष्ठ, श्यामप्रसाद, खगेन्द्र संग्रौला, कमलमणि दीक्षित, बालकृष्ण पोखरेल, डा. रविलाल अधिकारी, डा. ताराकान्त पाण्डेय, रुद्र खरेल, डा. बाबुराम भट्टराई, आनन्ददेव भट्ट, मनु ब्राजाकी, कृष्णसेन इच्छुक, राजेन्द्र सुवेदी, चूडामणि रेग्मी, परशु प्रधान, निर्मोही व्यास, घनश्याम ढकाललगायत रहेका छन् ।
साहित्य वृत्तका देखि परिवारका सदस्यहरूका साथै आफ्ना शुभचिन्तकहरू गरी १ सय १ जनाले लेखेका चिठीहरू सो किताबमा समेटिएका छन् । त्यस्ता पत्रहरूमा कसैको एउटा मात्रै छ भने कसैका दर्जनजति पनि छन् । अर्थात्, खनालले आफूलाई आएका सबैजसो पत्रलाई सो किताबमा सजाउन चाहेको देखिन्छ । खनाललाई पठाइएका चिठीहरूमा कसैले लेखनसम्बन्धी चर्चा उप्काउन चाहेका छन् भने कसैले प्रगतिशील लेखक संघसँग सम्बन्धित विषयहरू उठाएका छन् । कसैकसैले भने ‘जनसाहित्य’मा रचना प्रकाशनका लागि आग्रहसमेत गरेका छन् । मूलतः चिठी–पत्रहरूको यो सँगालो कृतिले खनालको राजनीतिक, साहित्यिक, सामाजिक सक्रियताको स्पष्टैसँगले उजागर गरेको छ ।
कृति ः चिठीपत्रमा हरिहर खनाल
विधा ः पत्र–सँगालो
सम्पादन ः रामबाबु सुवेदी
प्रकाशक ः जनसाहित्य प्रकाशन
पृष्ठ ः १८८
मूल्य ः २५०।–

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कामिनीको पद धरापमा

काठमाडौं । सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न सक्षम नभएको र संस्था धराशायी पारेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘भोर’–सन्देश

बीसको दशकमा औंलो उन्मुलन भएपछि मधेसमा अपेक्षाकृत रुपमा आवाद बढ्न पुग्यो । भारतीय सीमा क्षेत्रका केही प्रख्यात बजारहरुको घेरा तोडेर चुरेको काछसम्मै बस्ती विस्तारको लहर चल्यो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा