16th July 2018, Monday

E-budhabar

जनकल्याण उच्च माविको स्वर्ण महोत्सव तयारी



काठमाडौं । मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण उच्च माध्यमिक विद्यालयले स्वर्ण महोत्सवलाई सभ्य र भव्य रूपमा मनाउने संकल्पसहित तयारी तीव्र पारेको छ । २०२५ सालमा स्थापना भएको यस विद्यालयले माघलाई जन्म महिनाका रूपमा मनाउने गरी सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै छ ।
विद्यालयका प्राचार्य सानोभाइ कार्कीले माघ १५ गते स्वर्ण महोत्सवको उद्घाटन गरिने र माघ २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरेर समापन गर्ने तयारी भइरहेको बताए । स्वर्ण महोत्सवको तयारी तथा विद्यालयको शैक्षिक सेवा वृद्धि र थप विस्तारबारे काठमाडौंमा शनिबार भएको कार्यक्रममा प्राचार्य कार्कीले बौद्धिक र नीतिगतसहितका सहयोगका लागि आग्रहसमेत गरे ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रको पहिलो एवं मकवानपुर जिल्लाको तेस्रो माध्यमिक विद्यालयका रूपमा २०२५ सालमा स्थापित यो विद्यालयले व्यावसायिक शिक्षामा जोड दिँदै कृषिजस्ता प्राविधिक विषयलाई माध्यमिक तहमै हाल कक्षा ९ र १० मा अध्यापन गराउँदै आएको छ । जननेता स्वर्गीय रूपचन्द्र विष्टको सक्रियतामा स्थापना भएको र विष्टले अग्रगामी विधिबाट अध्यापन गराएको भएकाले पनि विद्यालयले स्थापनाकालदेखि नै व्यावहारिक शिक्षामा जोड दिँदै आएको प्राचार्य कार्कीले बताए ।
कार्यक्रममा पूर्वसांसद तथा अधिवक्ता रामनारायण बिडारीले व्यावहारिक शिक्षालाई थप व्यवस्थित बनाउन सबैले हातोमालो गर्नुपर्नेमा जोड दिए । जनकल्याणबाटै एसएसली परीक्षा उत्तीर्ण बिडारीले भने, ‘विद्यालयलाई राम्रो बनाउनुपर्छ, प्रगति हुनुपर्छ, वैज्ञानिक बनाउनुपर्छ, जनमुखी हुनुप¥यो भन्नुभन्दा थप प्रावधिक शिक्षा के हुन सक्छ त्यो तत्काल सुरु गर्नुपर्छ ।’
थाहा नगरका बौद्धिक वर्गले समेत जनकल्याण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई भव्य र सभ्य बनाउन सबै कोणबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सीटीईभीटीका पूर्वसदस्य सचिव रामहरि लामिछानेले विद्यालयले कृषि विषयमा अध्यापन सुरु गरेर राम्रो गरेको उल्लेख गर्दै प्रशंसा गरे । त्यसको प्रभावकारिता कस्तो छ भन्नेतर्फ भने ध्यान दिन नसकिएको टिप्पणी गर्दै उनले भने, ‘बिद्यालयले कस्तो जनशक्ति उत्पादन गर्ने हो, पहिल्यै प्रस्ट हुनुपर्छ । त्यसका लागि के–कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौं ।’
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विनोद ढकालले शिक्षालाई सूचना र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘विद्यालयलाई सूचना र प्रविधिसँग जोड्न सकियो भने शिक्षाको प्रभावकारिता बढ्छ । त्यस्तो सहयोगका लागि हामी सधैं तयार छौं ।’ मकवानपुर, धादिङलगायत आसपासका जिल्लाका बिद्यार्थी अध्ययनरत यस बिद्यालयले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत छलफल, अन्तक्र्रियाजस्ता कार्यक्रमलाई निरन्तरता पनि दिइरहेको छ ।
यसअघि नै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा पदाधिकारीहरू, पूर्वविद्यार्थीहरू, अभिभावक र अध्ययनरत विद्यार्थीहरूसँग एक चरणको छलफल सकाएर सप्ताहव्यापी कार्यक्रम तय गरिएको प्राचार्य कार्कीले जानकारी दिए ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

ललितपुरका यौन अखडामा प्रहरी रमिते

काठमाडौं । पछिल्लोपटक ललितपुर क्षेत्रमा प्रहरीको संरक्षणमै यौन धन्दा खुलेआम भइरहेको छ । तर, प्रहरीले भने थाहा नपाएझै गरेर कुनै कारबाही चलाएको छैन । काठमाडौं प्रहरीले केही दिनअघि- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

आत्मकथाको बाढी

स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्नेमा पर्थिन्, अमृता प्रितम । हिन्दीका गिनेचुनेका नारी स्रष्टा प्रितमले लेखेकी आत्मकथा ‘रसिदी टिकट’ आजपर्यन्त रुचिपूर्वक पढिने आत्मकथाको लहरमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सपनाहरूको कोमल दस्तावेज

सरल, बोधगम्य र शालीन शब्दहरू बिछ्याउँदै कविता लेख्नेमा पर्दछन्, बोधराज पौडेल । काठमाडौं वा अरू सहर–बजारमा बस्ने कविहरू कविताको खेतीभन्दा धेरै ‘पब्लिसिटी’ को धन्दामा निर्लिप्त- ...
पूरा पढ्नुहोस्

छोटकरीमा