जनताले थाहा पाउने गरी थाहा नगरलाई समृद्ध बनाउँछु
० थाहा नगरपालिकाको चुनावी गतिविधि कसरी अघि बढिरहेको छ ?
– थाहा नगरमा चुनावी परिचालनका लागि हामीले धेरै पहिले नै १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएका छौं । हरेक वडामा समेत वडा स्तरका कम्तीमा पनि ३५ जनासम्मका निर्वाचन परिचालन कमिटी बनाएका छौं । त्यही कमिटीमार्फत सबै गतिविधी अगाडि बढिरहेको छ ।
यस नगरमा २७ हजार ६ सय जम्मा मतदाता रहनुभएको छ भने ३९ हजार जति जनसंख्या छ । सबै वडामा हामी अग्रपंक्तिमा छौं । एकसरो चुनावी कार्यक्रम हामीले सबै वडाहरूमा गरिसकेका छौं र अब घरदैलो कार्यक्रम गर्ने तयारीमा छौं ।
० तपाईंको चुनावी एजेन्डा केके छन् ?
– हाम्रो चुनावी एजेन्डा नै समृद्ध थाहा नगरपालिका बनाउने भन्ने हो । यसको नाम नै ‘थाहा’ भएकाले सबै जनताले थाहा पाउने गरी समृद्ध थाहा नगरपालिका बनाउने चुनावी एजेन्डा हो । त्यसअन्तर्गत कृषि, पर्यटन र शैक्षिक विकासको गन्तव्यको रूपमा यस नगरलाई अगाडि बढाउने नै हाम्रो सोच छ ।
० प्रतिस्र्धात्मक दौडमा तपाईंको जित्ने आधार केके छ ?
– हाम्रो जित्ने आधार भनेकै हाम्रो पार्टीको संगठन बलियो हुनु हो । सबै वडा र टोल तहसम्म पार्टीको संगठन मजबुत छ । हिजो हामीले स्थानीय निकायमा नेतृत्व गर्दा धेरै नै उदाहरणीय काम गरेका छौं । म आफैं पनि २०५४ सालको जनप्रतिनिधि हुँ । त्यतिबेला हामीले स्थानीय निकायमा गरेको काम र अहिले जनप्रतिनिधि स्थानीय निकायमा नहुँदा एमालेले थाहा नगरको साबिकको गाविसमा सर्वदलीय संयन्त्रमा बसेर पार्टीको तर्फबाट खेलेको भूमिका, हाम्रा साथीभाइले स्थानीय विकास निर्माणका लागि गरेको काम नै हाम्रो जित्ने आधार हो । हामीले यही चुनावमा पनि हिजो हामीले गरेको काम र भोली हामीले थाहा नगरमा पूरा गर्ने योजना र समृद्ध थाहा नगर बनाउने कुरालाई हामीले अगाडि बढाएका छौं । यही कुराले हामीले निर्वाचन जित्छौं । यी कुराहरू हिजो न कुनै पार्टीले गरे न भोलि अरू पार्टीले गर्छ ।
० तपाईंको पार्टीभित्र पनि उम्मेदवारीको विषयलाई लिएर केही मतभेद भएको भन्ने सुनिन्छ नि ?
– त्यस्ता असन्तुष्टिहरू सबै व्यवस्थापन भइसक्यो । पार्टीमा लागेपछि निर्वाचनका बेलामा ‘म हुन पाऊँ’ भन्ने सबैको चाहना हुन्छ । त्यसलाई अस्वाभाविक रूपमा लिनु पनि हुँदैन । सुरुमा हामी थाहा नगर प्रमुख पदको आकांक्षी पाँचजना थियौं । पाँचजनाबीच जब मेरो नाम निर्णय भएर आयो तब अहिले हामी पाँचैजना एक भएर चुनावी मोर्चामा खटिएका छौं । एमाले पार्टीको सकारात्मक पक्ष भनेको निर्णयभन्दा अगाडि स्वतन्त्रता र निर्णयपछि एकरूपता । आकांक्षी हुने बेलामा सबैले आफ्नो चाहना राख्ने र एउटा निर्णय भइसकेपछि सबैले त्यसैलाई बोकेर हिँड्ने हाम्रो पार्टीको जुन संस्कार छ, त्यो यहाँ लागू भइरहेको छ । यिनीहरूबीच केही चलखेल गर्न सकिन्छ कि भनेर कसैले त्यस्तो नदेखे हुन्छ । वडा सदस्य तहदेखि वडा अध्यक्ष, उपमेयर र मेयरसम्मका जति आकांक्षी थिए, ती सबै अहिले एक ढिक्का भएर पार्टीलाई जिताउनका लागि चुनावी मैदानमा होमिइसकेको अवस्था छ ।
० अन्त्यमा आम थाहानगरवासीलाई के भन्न चाहनुहुन्छ ?
– नेकपा (एमाले) समृद्ध थाहा नगरको एजेन्डा लिएर तपाईंहरूको घरदैलोमा आइपुगेको छ । हिजो २०५४ सालमा तपाईंहरूले नै गाविसमा जिताएको उम्मेदवार अहिले नगरको प्रमुख पदका लागि भोट माग्दै आइरहेको छ, हिजोदेखि मेरो गतिविधि तपाईंहरू सबैले देखिरहनुभएकै छ, त्यसकारण भोलि मैले जनतामाथि शासन होइन, सेवा गर्नका लागि तपाईंहरूका बीचमा आइरहेको छु । मलाई विश्वास छ, तपाईंहरूले अमूल्य मत दिएर मलाई विजयी गराउनुहुनेछ । भोलिका दिनमा जनतालाई पर्ने दुःख, पीर, पीडा र मर्काका साथै विकास निर्माणका काममा पहलकदमी लिनेछु । त्यसका लागि सम्पूर्ण थाहा नगरवासीलाई नेकपा (एमाले) लाई मतदान गर्नका लागि आह्वान गर्दछु ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply