जागिर खुवाउन कति हतारो ?
काठमाडौं । सत्ताबाट बहिर्गमनका दिनहरू नजिकिँदै गर्दा नेपाली कांग्रेस नेतृत्वको सरकारले धमाधम राजनीतिक नियुक्ति गर्ने प्रक्रिया तीव्र रूपमा बढाएको छ । खासगरी, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअघि कांग्रेसमा विलय भएको तत्कालीन लोकतान्त्रिक फोरमबाट मन्त्री बनेका जीतेन्द्रनारायण देवले आफूले सम्हालिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत राजनीतिक नियुक्ति गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
मन्त्री देवले पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीहरूको आँखा पर्दै आएको नेपाल पर्यटन बोर्डमा कांग्रेसका तीन पर्यटन व्यवसायीलाई नियुक्ति गर्ने तयारी थालेका छन् । तीन वर्षअघि नियुक्त भएका बोर्डका सदस्यद्वय घनेन्द्र श्रेष्ठ र राजेन्द्रप्रसाद सापकोटाको अवधि सकिएपछि सो रिक्त स्थानमा नियुक्ति गर्ने सुरसार गरिएको हो । तीन जना बोर्ड सदस्य रिक्त रहेको हुँदा नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।
तर, सरकारले बोर्डका सदस्यद्वय श्रेष्ठ र सापकोटाको अवधि नसकिँदै र पदमा बहाल रहेकै अवस्थामा पदपूर्ति समिति गठन गरेकोमा भने व्यापक विरोधसमेत हुन पुगेको छ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सरकारको उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सो संगठनले विभिन्न सरोकारवाला संस्थाहरूमा आफ्ना कार्यकर्ताहरूलाई भर्ती गराउने गरी नियुक्तिका कार्यहरू गर्न लागेको गम्भीर ध्यानाकर्षण गराएको हो । र, यस्ता क्रियाकलापहरूलाई तुरुन्त रोक्नसमेत माग गरिएको छ ।
मन्त्री देवले भने रिक्त रहेको तीन बोर्ड सदस्यमा कांग्रेसका कार्यकर्ताहरूलाई भर्ती गर्न लागेका छन् । कामचलाउ सरकारले राजनीतिक नियुक्ति गरिरहेकोमा व्यापक विरोध हुँदै आए पनि वाम गठबन्धनकारी दलहरूलाई सत्ता सुम्पिनुअघि नै बोर्ड सदस्यहरू नियुक्त गर्ने गरी तयारी थालेको बताइन्छ । बोर्ड सदस्य बन्न टे«किङ व्यवसायी दीपक महत र कृष्ण महरा अग्रसर देखिएका छन् । महत कांग्रेसनिकट पर्यटन व्यवसायी संगठनका अध्यक्ष पनि हुन् । महरालाई भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै नियुक्त गर्न चाहेको बुझिएको छ । धनगढीस्थित होटल टिभोलीका सञ्चालकसमेत रहेका महरालाई क्षेत्रीय निकटताका आधारमा देउवाले बोर्डमा ल्याउन खोजेको बताइन्छ । मन्त्री देवले भने तराई मूलका दास थरका एक जना व्यक्तिलाई बोर्ड सदस्य बनाउन चाहेका छन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको समय भने अझै दुई वर्ष बाँकी रहेको हुँदा उनलाई चलाउन सक्ने ठाउँ छैन । यसरी नै बोर्डका सदस्यहरू कृष्ण अर्याल र पूर्ण कुँवरको अवधि पनि केही वर्ष बाँकी नै रहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply