जिफन्टको सातौं राष्ट्रिय महाधिवेशन चैतमा
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशन आगामी चैत्र १४–१७ गते गर्ने निर्णय भएको छ । सोमबार बसेको महासंघ राष्ट्रिय कमिटीको ८९औं बैठकले महाधिवेशनको नारा सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवी वर्ग तय गरेको छ ।
यसैगरी राष्ट्रिय कमिटी बैठकले आगामी मार्च ८ तारिखका दिन महिला सम्मेलन आयोजना गर्नेसमेत निर्णय गरेको छ । आगामी २०१८ फेब्रुअरी महिनामा युवा सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ । सम्मेलनको मिति पछि तय हुने महासंघका महासचिव विष्णु लम्सालले बताए । यसैगरी जिफन्टले प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको निर्वाचन परिणाम तुरुन्त सार्वजनिक गर्न आयोगसँग माग गर्दै अनावश्यक ढिलाई नगर्न र सरकार तथा नेपाली कांग्रेसको प्रवक्ताजस्तो नबन्न ध्यानाकर्षण गरेको छ ।
बैठकमा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद् प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले समसामयिक राजनीति र आगामी दिनमा ट्रेड युनियनले खेल्नुपर्ने भूमिकाका विषयमा मन्तव्य राखेका थिए । प्रतिनिधि परिषद् प्रमुख मुकुन्द न्यौपानेले वाम एकता भाँड्न चलखेल भइरहेको भन्दै त्यसमा चनाखो भई जिफन्ट कार्यकर्ताहरू एक भएर अगाडि बढ्न आह्वान गरे । यसैगरी, जिफन्ट अध्यक्ष रिमालले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले ठूलो विजय हासिल गरेको भन्दै महासंघको तर्फबाट गठबन्धनका दलहरू र विजयी उम्मेदवारहरूलाई बधाई दिनुभयो । अध्यक्ष रिमालले जिफन्ट एकीकृत ट्रेड युनियन आन्दोलनको पक्षमा रहँदै आएको स्मरण गर्दै आगामी दिनमा अन्य ट्रेड युनियनहरूसँगको एकता प्रक्रियालाई निरन्तरता दिने बताए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply