टेलिकम कामिनीको दुहुनो गाई
काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरले टेकिमलाई दुहुनो गाई बनाएका छन् । प्रबन्ध निर्देशक राजभण्डारी र प्रबन्धक ठाकुरले फोरजी सेवा सञ्चालन र अन्य अनेकौं प्रोजेक्ट तथा टेन्डरको बहानामा टेलिकममा अनियमितता गरिरहेको खबर छ ।
थ्रीजीका उपकरण तथा पुरानै टावर प्रयोग गरेर फोरजी सेवा सञ्चालन गरेको प्रचारप्रसार गरेर १ अर्ब २५ करोड रूपैयाँ खर्च गरिएको छ । यस खर्चको टेक्निकल अडिट गरिए १ अर्बभन्दा बढीको भ्रष्टाचार गरिएको स्वतः स्पष्ट हुने विज्ञहरू बताउँछन् । फोरजीका लागि हुवावे टेक्नोलोजीजसँग करिब १ सय २५ करोड रूपैयाँको सामग्री खरिद गरिएको थियो । यसमध्ये प्रबन्ध निर्देशक राजभण्डारीको कार्यकालमा मात्र ५७ करोड रूपैयाँ खर्च गरिएको छ । टेलिकमको फोरजीको स्पिड थ्रीजीको स्पिडजति पनि छैन ।
यही साउन ५ गते टेलिकमको फोरजीको स्पिड जाँच गर्दा राजधानीको सिंहदरबार, थापाथली, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, नयाँ बानेश्वर, बबरमहल, कोटेश्वरमध्ये टेलिकमको तालिम केन्द्र बबरमहल, सिंहदरबार र टेलिकमको केन्द्रीय कार्यालयबाहेक कतै पनि थ्रीजीको स्पिडसम्म पनि पुगेन ।
टेलिकमको वेबसाइटमा फोरजीका लागि ३० एमबीपीएसभन्दा बढी स्पिड रहेको भनी सेवाग्राहीसमक्ष प्रचारप्रसार गरिएको छ तर १० एमबीपीएससम्मको स्पिड उपलब्ध हुँदैन । यस्तो खुल्ला भ्रष्टाचार पनि सरकारी संयन्त्रको दृष्टिमा अझै परेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणको यस सम्बन्धमा अझै ध्यानाकर्षण हुन सकेको छैन ।
टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सो पदमा नियुक्ति पाउन विभिन्न शीर्षकअन्तर्गत कम्पनीको कारोबार वृद्धि गर्ने कबोल गरेकी थिइन् र त्यसै आधारमा उनलाई नियुक्ति गरियो तर अहिले ती सबै शीर्षकमा उनको कबोलअनुसार आधा पनि प्रगति भएको छैन । वायरलाइन (पीएसटीएन) अर्थात् ल्यान्डलाइनमा पहिलेको लक्ष्य ३० हजार लाइनलाई घटाएर राजभण्डारीले २८ हजारमा झारिन् तर त्यो लक्ष्य पुग्नु त कहाँकहाँ ७ हजार लाइन त फिर्ता भइसकेको छ । जीएसएम पोस्टपेड ८० हजार लाइनको लक्ष्य राखेकोमा ८ सय ४५ मात्र पुगेको, जीएसएम प्रिपेडतर्पm २३ लाख लक्ष्य राखेकोमा २२ लाख बाँडिए पनि एक्टिभ सिमको संख्या १३ लाख घटेको तथ्यांक जानकारीमा आएको छ ।
नेपाल टेलिकमले एक्टिभ सब्स्क्राइबर १ करोड ५२ लाख रहेको बताउने गरेको छ तर नेपाल दूरसञ्चार प्राधिकरणले यो संख्या ७६ लाख मात्र रहेको बताउने गरेको छ । टेलिकमजस्तो सरकारी स्वामित्वको कम्पनीले के यस्तो भूmटो विवरण दिन मिल्छ ? र, एक्टिभ सब्स्क्राइबर किन घट्दै गइरहेका छन् ? प्रश्न गम्भीर बनेको छ ।
राजभण्डारीले प्रबन्ध निर्देशक पद सम्हालेपछि पीएसटीएनतर्पmको आम्दानी ९ प्रतिशत घटेको छ, सीडीएमएतर्पm २१ प्रतिशत, वाइमेक्सको आम्दानी ३७ प्रतिशत घटेको टेलिकमकै एक वरिष्ठ कर्मचारीले जानकारी दिए ।
त्यस्तै नौ महिनाको प्रतिवेदनमा अन्तर्राष्ट्रिय आगमन कलमा टेलिकमलाई करिब ४ अर्ब रूपैयाँ घाटा हुने प्रस्ट देखिन्छ । वार्षिक लक्ष्य १३ अर्ब ५२ करोड रहेकोमा नौ महिनामा जम्मा ७ अर्ब ६ करोड मात्र प्रगति भएको छ । राजभण्डारीले पछिल्लो समय आफ्नो असक्षमतालाई ढाकछोप गर्न पहिले कबोल गरेको लक्ष्य नै परिवर्तन गराउने चाँजोपाँचो मिलाइरहेको थाहा भएको छ ।
उता निजी सञ्चार कम्पनी एनसेलको भने चार वर्षदेखि अन्तर्राष्ट्रिय कलमा सधैं लक्ष्य वृद्धि भएको छ । यसरी राजभण्डारीको कार्यकालमा टेलिकमको वास्तविक आम्दानी धराशायी हुँदै गएको छ र यो उनले नियुक्ति पाउन गरेको कबोलविपरीतको अवस्था भएको बताइन्छ ।
पछिल्लो समय बंैकिङमा व्यापक तरलतापछि टेलिकमको बैंक मौज्दात रकमको व्याज ४.५ प्रतिशतबाट वृद्धि भएर १४ प्रतिशतसम्म पुग्दा टेलिकमको आम्दानी बढेको जस्तो देखिन्छ तर यो टेलिकमको व्यापारबाट बढेको आम्दानी नभएको प्रस्ट छ ।
राजभण्डारीले यसलाई कम्पनीको कारोबारबाट भएको आम्दानीका रूपमा प्रस्तुत गरेर सबैलाई भ्रमित पार्न खोजेकी छन् । दीर्घकालीन रूपमै बलियो टेवा दिन सक्षम नेपाल टेलिकमलाई धराशायी बनाउने हरसम्भव प्रयास राजभण्डारी र ठाकुरले गरिरहेको टेलिकमभरि चर्चा छ । सामान्य नियमविपरीत प्रबन्धक ठाकुर १० वर्षभन्दा बढी समयसम्म प्रक्योरमेन्ट विभागको प्रमुख भएर कार्यरत हुँदा अनेकौं भ्रष्टाचार गरी स्वदेश तथा विदेशमा ठूलो धनसम्पत्ति जम्मा पारेका कर्मचारीहरूको आरोप छ । अहिले राजभण्डारी र ठाकुरले एनसेलबाट आर्थिक लाभ लिएर यो सबै काम गरिहेको भन्दै छाबिनको लागि माग गरिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply