डोलिडारका तिनीहरूकै ढलिमली
काठमाडौं । स्थानीय पूर्वाधार तथा ग्रामीण कृषि सडक विभाग (डोलिडार) को महानिर्देशकमा रामचन्द्र श्रेष्ठलाई ल्याइए पनि वर्षौंदेखि सो विभागमा ढलीमली गर्दै आएका कांग्रेसनिकटका कर्मचारीहरू भने यथावत् रहेका छन् । अर्बौं बजेट भएको डोलिडारका महŒवपूर्ण परियोजनाहरूमा कांग्रेसका कर्मचारीहरू नै हाबी हुँदै आएका छन् ।
डोलिडारका तत्कालीन महानिर्देशक जीवनकुमार श्रेष्ठले गएको वैशाख १६ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि महानिर्देशक पद खालि भएको थियो । तर, गएको आइतबार भने सोही विभागका उपमहानिर्देशक श्रेष्ठलाई नियुक्त गरिएको छ । महानिर्देशक श्रेष्ठले आफू अखिल पृष्ठभूमिबाट आएको बताएपछि उनलाई महानिर्देशक बनाउने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि सकारात्मक भएको बताइन्छ । महानिर्देशक श्रेष्ठले पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत रहँदा नेकपाका नेता खगराज अधिकारीको टिममा बसेर काम गरेको बताएपछि उनलाई महानिर्देशक बन्न बाटो खुलेको बताइन्छ ।
तर, डोलिडारको महानिर्देशकमा वामपन्थी पृष्ठभूमिका श्रेष्ठलाई ल्याइए पनि करोडौंका परियोजनाहरू भने कांग्रेसका कर्मचारीहरूले नै कब्जामा राख्दै आएका छन् । महानिर्देशकमा वामपन्थी पृष्ठभूमिका श्रेष्ठलाई ल्याइए पनि अरू परियोजनाहरूमा कांग्रेसका कर्मचारीहरू रहुन्जेलसम्म महानिर्देशकले प्रभावकारी रूपमा काम गर्न नसक्ने बताइन्छ । करिब एक दशकदेखि डोलिडारमा हाबी हुँदै आएकाहरूमा कांग्रेसनिकट उपसचिव तहका राजेश घिमिरेले विभागको एउटा शाखाका साथै साना सिँचाइ र पूर्वी चितवनको जिम्मेवारी सम्हाल्दै आएका छन् । यसरी नै, माधवप्रसाद भट्टराईले पक्की पुल शाखा, आरपीआईएसडब्लूएपी आयोजनामा महेशचन्द्र न्यौपाने, अनुगमन तथा सडक बोर्ड आयोजनाको प्रमुखमा उमाशंकर साह, आरएपी आयोजनाको प्रमुखमा महेश्वर घिमिरे रहेका छन् ।
यसैगरी, उन्नति आयोजनाको प्रमुखमा कृष्णबहादुर कटुवाल, आरपीआईपी काठमाडौंको प्रमुखमा मोहनराज चापागाईं, एसएनआरपीपी हेटौंडाको प्रमुखमा शंकरप्रसाद पण्डित, एसएनआरपीपीको केन्द्रीय आयोजना प्रमुखमा कुमार थापा, आरसीआईपीको झापा क्लस्टरको प्रमुखमा शम्भु कार्की, ईईएपी (भूकम्प) आयोजनाको प्रमुखमा अमृत श्रेष्ठ, आरसीआईपी काठमाडौंको प्रमुखमा प्रेमदत्त भट्ट र ईएचआरपी (भूकम्प) को प्रमुखमा नारायणप्रसाद श्रेष्ठ रहँदै आएका छन् । उपसचिव तहको यी सबै कर्मचारी कांग्रेसनिकट मानिन्छन् ।
सहसचिव गणेशराज वस्तीले पनि डोलिडारअन्तर्गतको महŒवपूर्ण मानिने भूकम्प पुनर्निर्माण केन्द्रीय आयोजनाको प्रमुख सम्हालिरहेका छन् । उनलाई केही समयअघि मात्रै उक्त आयोजनामा नियुक्त गरिएको हो । कांग्रेसनिकट वस्तीलाई सो आयोजनाको प्रमुख बनाउन मन्त्रालयका सचिव दिनेशचन्द्र थपलियाको हात रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply