डोलिडारका नाममा विदेशमा मस्त
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास उच्च अधिकारीहरु पटकपटक विदेश घुम्न गइरहन्छन् । विदेश घुम्न पाउने सौभाग्यशाली उच्च तहका कर्मचारीहरूमा सम्भवतः सोही मन्त्रालयका कर्मचारीहरू नै पर्दछन् ।
उच्च तहका कर्मचारीहरुलाई महिनामा दुई÷दुईपटकसम्म विदेश घुम्न जाने तारतम्य सो मन्त्रालयकै एउटा विभाग स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) मार्फत मिmलाउने गरिएको छ । अर्बौं बजेट रहेको डोलिडारमा २१ वटा परियोजना रहेका हुँदा ती परियोजनाका नाममा दैनिक सयौं डलर भत्ता पाउने गरी मन्त्रालयका उच्च तहका कर्मचारीहरू वैदेशिक भ्रमणमा जाँदै आएका छन् । वैदेशिक भ्रमणको मापदण्ड बनाएर मात्रै भ्रमण गर्नुपर्ने माग मन्त्रालयका कर्मचारीहरूले उठाउँदै आए पनि त्यसमा सुनुवाइ नभइरहेको बताइन्छ । पटकपटक विदेश भ्रमण गर्नेहरूमा सचिव दिनेश थपलिया, सहसचिवहरू पुरुषोत्तम नेपाल, आनन्द ढकाल, जीवनकुमार श्रेष्ठ, रामकृष्ण सापकोटा, ईश्वरचन्द्र मरहट्ठालगायत छन् ।
खारेज गर्नुपर्ने यथावत
देश संघीय संरचनामा गएर स्थानीय तहहरू शक्तिशाली बनाएपछि स्थानीय तहकै विकास–निर्माणलगायत कार्यमा काम गर्दै आएको डोलिडारलाई खारेज गरेर मन्त्रालयकै एउटा महाशाखाका रूपमा राख्ने कुरा उठे पनि मन्त्रालयकै शक्तिशाली कर्मचारीहरूका निम्ति रजाइँ गर्ने आधार टुट्ने भएकाले अहिलेसम्म डोलिडारलाई कायम राखिएको छ । डोलिडार खारेज गर्दा मन्त्रालयका उच्च अधिकारीहरुको विदेश घुम्ने आधार नै समाप्त हुने भएपछि उनीहरूले व्यापक रूपमा चलखेल गरी मन्त्रीलाई रिझाएर खारेज गर्न नदिएको बताइन्छ ।
चलखेल गरी सबै जिल्लामा जिल्ला प्राविधिक कार्यालयहरू कायम राखिएको आवाज उठिरहेको छ । जिल्लाहरूमा प्राविधिक कार्यालय राखेपछि अब जिल्ला समन्वय समितिभन्दा पनि आर्थिक चलखेल हुनेमा प्राविधिक कार्यालयहरू हुने चर्चा चलेको छ । जिल्ला प्राविधिक कार्यालय कायम राख्न उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई रकम बुझाइएको बताइन्छ ।
सोही मन्त्रालयअन्तर्गतको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान खारेज गर्ने कुरा पनि त्यत्तिकै सेलाउन पुगेको छ । संघीय संरचनामा देश गइसकेपछि प्रतिष्ठान खारेज गरेर केन्द्रीय तहमा आयोग गठन गर्नुपर्ने कुरा उठे पनि केही आदिवासी जनजाति नेताहरूको दबाबका कारण प्रतिष्ठान खारेज हुन सकेको छैन । प्रतिष्ठान खारेज गरेर आयोग गठन गर्ने कुरा उठेपछि आदिवासी जनजाति नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर लबिङ गरेका थिए । त्यसका निम्ति जनजाति नेताहरूले माओवादी केन्द्रका नेता वर्षमान पुनलाई अघि सारेका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply