18th January 2018, Thursday

E-budhabar

तत्कालीन समाजको तस्बिर



आदिकालका मानवहरू चेतनशील थिएनन् । अझ प्रकृतिका रहस्यहरू बुझ्न उनीहरू कुनै पनि हिसाबले सक्षम थिएनन् । चट्याङ पर्दा, बाढीपहिरो आउँदा, बिजुली चम्किँदा संसारमा कुनै अज्ञात शक्ति छ भन्ने ठान्दथे र आफूहरूमाथि कुनै प्राकृतिक विपत्ति नआओस् भनेर प्रकृतिको पूजाआजा गर्न थाले । कुलचन्द्र कोइरालाले ६० वर्षपूर्व एउटा कथा लेखे, ‘देउताको जन्म ।’ देउताको जन्म हुनुको पृष्ठभूमिमा अरू केही कुरा थिएनन्, प्रकृतिले मानव जातिमाथि थोपर्ने विपत्ति र त्यसबाट बच्न अज्ञात शक्तिको पूजा–आराधनाले नै भूमिका खेलेको पक्षलाई कलात्मक रूपले कोइरालाले उल्लेख गरेका छन् ।
नेपाली साहित्य, संस्कृति क्षेत्रका अग्रज हस्ताक्षर कोइरालाका कथाहरूलाई उनकै नाममा स्थापित कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले एकै ठाउँमा समेटेको छ । ‘कुलचन्द्र कोइरालाका समग्र’ नामक कथाहरूका सँगालोभित्र आजभन्दा ५÷६ दशकअघि नै लेखेका कथाहरूका साथै एउटा लघु–उपन्यास ‘वासना र प्रेम’ पनि समेटिएका छन् । कोइरालाले पौराणिक मिथकहरू, तत्कालीन समाजका चालचलन, थिचोमिचो, अत्याचारका साथै केही दन्त्यकथाहरूलाई समेत कथा–लेखनको आधार बनाएका देखिन्छन् ।
कुनै समय, दास प्रथा नेपाली समाजको अनुहारमा लागेको कालो धब्बा थियो । ‘माला’ कथाले आजभन्दा दशकौं अघि नेपाली समाजभित्र कमाराकमारी राख्ने कुचलन र त्यसले तत्कालीन समाजको कुरूप तस्बिरको झलक उतार्ने काम गरेको छ । तत्कालीन समाजमा कमारा–कमारीहरूमाथि अमानवीय व्यवहार गरिन्थ्यो । बरु पशुहरूलाई सम्मानपूर्वक हेरिन्थ्यो तर दासहरूलाई अत्यन्तै दुव्यर्वहार गरिनुका साथै उनीहरूमाथि अनेक प्रताडनाहरू थोपरिन्थ्यो । समाजमा कुनै हैसियत नभएका दासहरू पशुपन्छीहरूझैं बेचिन्थे । दासदासीहरूमाथि शारीरिक, मानसिक, यौनजन्य उत्पीडन हुनु तत्कालीन समय र समाजमा सामान्य विषय मानिन्थ्यो ।
‘घरबारीको मोल’ले तत्कालीन समाजको तस्बिर नै उतार्ने काम गरेको छ । गरिबी, अभाव तत्कालीन समयमा व्याप्त थियो । अझ, सामन्ती कुव्यवस्थाले गरिबहरूलाई माथि उठ्नै दिँदैनथ्यो । ग्रामीण भेगमा सामन्ती प्रथा थेगेर बस्ने मुखिया, जमिनदारहरूले जाली तमसुक बनाएर गरिबहरूलाई कसरी ठग्थे र उनीहरूलाई कसरी उठिबास लगाउँथे, भन्ने पक्षलाई सजीव रूपले वर्णन गरिएको यो कथामा आफ्नो घरबारी निखन्न लाहुर जाने प्रवृत्ति र त्यसले निम्त्याउने सामाजिक, पारिवारिक विखण्डनबारे गहिराइमै पुगेर खोतल्ने प्रयत्न गरेको छ ।
‘सन्ध्या’जस्ता कथाले पौराणिक परिवेश र पात्रहरूका जीवन चरित्र उतार्ने कार्य गरेको छ भने ‘पासाङ छेरिङ’चाहिँ हिमाली जनजीवनलाई मुख्य आधार मानेर लेखिएको कथा हो । ‘जनता सावधान’ले भने तत्कालीन समाजको राजनीतिक चेतको पर्दा खोल्ने जमर्को गरेको छ । ‘स्मृतिचिह्न’ भने सिन्धुलीगढीमा अंग्रेज फौजसँग वीरतापूर्वक लड्ने नेपाली बहादुर सेनाहरूको गाथाको गरिमा गाउने कथा बन्न पुगेको छ ।
अतः पहिलो खण्डमा ‘एक पैसा’ कथासंग्रहका ११ थान कथा र दोस्रो खण्डमा पूर्वप्रकाशित ‘स्मृतिचिह्न’ भित्रका ११ थान नै कथा रहेको कोइरालाकृत उक्त कृतिले आजभन्दा छ दशकअघिको नेपाली कथा–लेखनको वास्तविक धरातल बुझ्न धेरै नै सघाउ पु¥याउनेमा विश्वस्त हुन सकिन्छ । र कथाहरूले त्यतिबेलाको समाजलाई बुझ्न पनि उत्तिकै सहयोग पु¥याउने देखिन्छ ।
कृति :  कुलचन्द्र कोइरालाका समग्र
विधा : कथासंग्रह
कथाकार : कुलचन्द्र कोइराला
प्रकाशक : कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान
पृष्ठ :  १७४

Leave a Reply

... र यो पनि ...

चक्रपथ

मौका छोपेर कर्मचारीलाई स्थायी

काठमाडौं । लुम्बिनी विकास कोषमा सदस्य–सचिव नभएको मौका छोपेर कामु सदस्य–सचिवले जथाभावी रूपमा कर्मचारीहरूलाई स्थायी गराउने तयारी थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सुस्ताउँदै छ नारी लेखन

‘गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले । एउटा प्रगाढ निद्रा,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

नारी संवेदनाको आसपास

पुरुषहरूको वर्चस्व रहेको समाजमा नारीले अनेक पीडा, उत्पीडन र संकटहरू बेहोर्नु आमनियतिजस्तै बन्न पुगेको छ । प्राचीन समाजभन्दा भिन्न सामन्ती समाजमा नारीले पुरुषवादी मानसिकता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा