24th September 2017, Sunday

E-budhabar

तीजको बढ्दो तडकभडक



तीजको बढ्दो तडकभडक

पेसागत महासंघ नेकपा (एमाले) को राजनीतिक लाइनलाई समर्थन गर्ने पेसा–व्यवसायी–कर्मचारीहरूको संगठन हो । यसले यसपटक नारीहरूको महान् पर्व तीजको अवसर पारेर तीज–कार्यक्रम आयोजना ग¥यो केही दिनअघि । उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोलाइएको थियो, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई । राष्ट्रकवि उपस्थित हरेक कार्यक्रमको गरिमा, भव्यता स्वतः बढ्ने अवस्थामा पेसागतले उनलाई निम्त्याउँदा उक्त कार्यक्रमको उचाइँ पनि बढ्यो नै होला । यस्तै अनुमान लगाउन सकिन्छ ।
हुन पनि झरी–वर्षाको यो बेला अहिले तीजको मौसम छ । होटल, रेस्टुरेन्ट, क्याटरिङदेखि टोलटोलसम्म तीजको रौनक व्याप्त छ । महिलाहरू तीजको रमझममै व्यस्त छन् अचेल । विगत वर्षहरूमा झैं तीज आउनुभन्दा करिब महिना दिनअघि नै तीजले सबै नेपाली महिलालाई छोइसकेको छ । प्रायः सहरबजारका धनाढ्य र मध्यम वर्गीय परिवारका महिलाहरू तीजको रमझममा झुमेका छन् यतिबेला । त्यसो त तीजको व्यापकता, गरिमा र महŒव पछिल्ला वर्षहरूमा झनै बढ्दै गइरहेको महसुस हुन्छ । तीजको सामाजिक आयाम र सांस्कृतिक उपादेयता पनि क्रमशः बिस्तार हुँदै गइरहेको ठान्न सकिन्छ ।
तीजको गरिमालाई अझै उच्च र सुन्दर बनाउन विभिन्न राजनीतिक दलका भ्रातृ संगठनहरू, सामाजिक, सांस्कृतिक र व्यावसायिक उद्देश्यले स्थापित संघ÷संस्थाहरूले समेत अग्रसरता लिन थालेका छन् । पेसागत महासंघको तीज–कार्यक्रमलाई त्यही कोटीमा राखेर हेर्न सकिन्छ । केही वर्षपूर्व घरघर र टोलटोलमा मात्र महिलाहरू सम्मिलित रहेर, सीमित रूपमा मनाइने तीजलाई विभिन्न संस्थाले समेत जमघटको उपयुक्त अवसर एवं सद्भाव बाँडचुँड गर्ने पर्वका रूपमा स्विकारेर मनाउन थालेपछि यसको सांस्कृतिक व्यापकता झनै बढ्न पुगेको कुरालाई स्विकार्न करै लाग्छ ।
बर्सेनि महिलाहरूका महान् र गर्विलो पर्व तीजको गरिमामा वृद्धि हुँदै गए पनि यसको समयसीमालाई लिएर भने चर्को आलोचना हुँदै आएको छ । क्यालेन्डरअनुरुप त तीज एक दिन मात्रै पर्दछ । यो दसैँजस्तो दसै दिन र तिहारजस्तो पाँच दिन लामो पर्व होइन । तर यसको समयसीमा भने दसैं र तिहारजस्ता पर्वभन्दा धेरै नै तन्किँदै जान थालेको छ । तीज आउनुभन्दा हप्तौं दिनअघिबाट तीजसम्बन्धी गीत जताततै घन्किने, एक दिन एउटा समूहको दर र अर्को दिन अर्कै समूहको दर खाने चलन बढ्दै जाँदा तीजको समयसीमा यकिन देखिँदैन । एक दिनको पर्वलाई हप्तौं दिनसम्म तन्काएर मनाउनु कति उचित र सान्दर्भिक छ ? तीजप्रति यस्तो प्रश्नचिह्न उठ्न थालेको धेरै समय भइसकेको छ । तर तीज आउनुभन्दा महिना दिनअघि नै यसको सुरुवात हुने क्रम रोकिएको छैन । झन् बढ्दै गइरहेको प्रतीत हुन्छ ।
तीजको नाममा बढ्दो तडकभडकपन, खर्चिलो प्रवृत्तिप्रति पनि प्रश्नचिह्न उठ्दै आएको छ । हरेक वर्ष नै उठ्ने गर्छ, यस्तो प्रश्नचिह्न । तीजलाई कम खर्चिलो बनाउन र यसको समयसीमा कम गर्न सुझावहरू नआउने गरेका होइनन् । तर तीजको तडकमा डुबेकाहरूमा त्यस्तो सुझावको पछि दौडिने फुर्सद नै कहाँ हुन्छ र ? त्यसो त तीजलाई कम खर्चिलो बनाउने कुरा किन पनि जायज छ भने हिन्दू धर्म मान्ने नेपालीहरू अनेक खाले चाड, पर्व र त्यसको व्यवस्थापनमा लाग्ने खर्चबर्चले थिचिँदै आएका छन् । धर्म, मिथक र संस्कृतिसँग जोडिएका चाड, पर्वहरू हामीकहाँ यति प्रशस्त छन् कि मिहिनेत गरेर कमाएका रकमहरू तिनै चाड, पर्वहरू, सांस्कृतिक आमोदप्रमोदहरूमै स्वाहा हुन्छन् । सम्भवतः नेपालीहरू गरिब हुनुमा खर्चिलो चाड, पर्वलाई अनिवार्य रूपमा मनाउनैपर्ने बाध्यता पनि अनेक कारकमध्ये एउटा हुनुपर्छ । अनेक चाड पर्वको खर्चिलोपनले गाँजेका नेपालीहरूलाई केही दशकयता आर्थिक भार बढाउने पर्वका रूपमा तीज स्थापित हुन पुगेको छ । तीज त बिस्तारै यति खर्चिलो पर्वका रूपमा स्थापित हुँदै छ, तीजका बेला महँगा गहना, कपडालगायत अरू सामान किन्न नारीहरूको तँछाडमछाड नै चल्ने गरेको छ । कसैले आयोजना गरेको दर खान जाने कार्यक्रममा गहना–गुडियाहरूले कोभन्दा को बढी सिँगारिने ? भन्ने प्रतिस्पर्धा नै चल्न थालेको छ । बर्सेनि तीजले सांस्कृतिक पर्वको मान्यता र घेरा तोड्दै गइरहेको छ र नारी–शृंगारका सामग्रीहरूमा बढ्दो प्रतिस्पर्धाका कारण खर्चिलो, तडकभडकले भरिएको र देखावटी पर्वका रूपमा स्थापित हुँदै गइरहेको छ ।
तीजको सांस्कृतिक, सामाजिक एवं धार्मिक महŒव र गरिमालाई कायम राख्नुपर्नेमा कसैको पनि दुईमत नहोला । तर, सांस्कृतिक पर्वका नाममा बढ्दो तडकभडकले यसको गरिमा र साखलाई भने आलोचित तुल्याउँछ, निःसन्देह । अझ पर्याप्त धनदौलत हुनेले त शृंगारका सामग्रीमा पैसा खन्याएर तीजलाई झकिझकाउ तुल्याउलान् नै तर आमनेपाली महिलाको हैसियत निश्चय नै त्यस्तो छैन । ‘सहरबजारका केही सीमित धनाढ्य र मध्यम वर्गीय नारीहरूका मात्र हो र तीज ?’ भन्ने अवस्था विकसित हुँदै गएको हुँदा तीजमा बढ्दो खर्च र तडकभडकपनलाई कटौती गरेर तीजलाई आमनेपाली महिलाको पहुँचको पर्व बनाउनु आवश्यक छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा