तीन दिनमा तीनैपटक बढुवा
काठमाडौं । अचेल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा एक कर्मचारीको खुबै चर्चा हुने गरेको छ । चर्चा हुनेमा सो मन्त्रालयअन्तर्गतको स्थानीय विकास पूर्वाधार तथा ग्रामीण सडक विभाग (डोलिडार) का सीडीई भरत अर्याल हुन् । उनको चर्चा हुनुको कारण अरू केही नभएर तीन दिनमा तीनपटक बढुवा हुन पुगेकाले भएको हो ।
डोलिडारमा उपसचिव तहमा कार्यरत सीडीई अर्याल गएको बिहीबार सहसचिवमा बढुवा भए । उनी उपसचिवबाट सहसचिवमा फाइल बढुवाका आधारमा पदोन्नति भएको हो । बिहीबार सहसचिव भएका अर्यालले एक दिन पनि सहसचिवको जिम्मेवारी र अनुभव नै नसँगाली त्यसकै भोलिपल्ट अर्थात् शुक्रबार प्रदेश नं. ४ को सचिवको जिम्मेवारी पाए । प्रदेश नं. ४ को सचिवको जिम्मेवारी लिएपछि उनी आइतबार नै पोखरा गइसकेका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट रहेकै आधारमा अर्यालले सहसचिवमा बढुवा भएको भोलिपल्ट नै प्रदेशको सचिवमा महŒवपूर्ण जिम्मेवारी पाएको बताइन्छ । सहसचिवमा बढुवा भएकै दिन उनी सामान्य प्रशासन मन्त्रालयमा गएर एक दिन हाजिर गरी अर्को दिन सचिवको पत्र लिएर पोखरा गएका हुन् ।
डोलिडारमा हुँदा उपसचिव अर्यालले आफूले कमाएको पैसा नै सहसचिवमा बढुवा भई सचिवमा नियुक्त हुन लगानी गरेको बताइन्छ । डोलिडारमा हुँदा उनी साना सिँचाइ आयोजना, पूर्वी चितवन र अन्य पूर्वाधार विकासका कार्यक्रम संयोजक थिए । ती आयोजनाहरूमा हुने अर्बौं बजेटमा उनले लामो समयदेखि चलखेल गर्दै आएको बताइन्छ ।
यसैबीच, नयाँ संरचनाअनुरूप केन्द्रमा १५ वटा मन्त्रालय रहने भएपछि डोलिडार भौतिक पूर्वाधार मन्त्रालयमा गाभिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा गाभिने भएपछि डोलिडारमा वर्षौंदेखि रजाइँ गर्दै आएका कर्मचारीहरू अहिलेदेखि नै छटपटिन थालेका छन् । स्थानीय विकास मन्त्रालय नै चलाउने हैसियत राख्ने डोलिडारका कर्मचारीहरू भौतिक पूर्वाधारमा गाभिएपछि कसरी अघि बढ्ने भन्नेमा चिन्तित देखिन्छन् । सो मन्त्रालयका कर्मचारीहरूको निर्देशनअनुरूप चल्नुपर्ने भएपछि पनि उनीहरूमा छटपटी बढ्न पुगेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply