त्याग्न सकेनन् प्रचण्डले परिवारवाद
काठमाडौं । स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई प्रमुखको टिकट दिँदा होस् वा प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरबाट बुहारी बिना मगरलाई टिकट दिँदा होस्, परिवारवादप्रति लम्पसार परेको भन्दै माओवादीकै एक वृत्तबाट आलोचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जति आलोचना भए पनि परिवारवाद भने त्याग्न सकेका छैनन् । जतिसुकै नांगो आलोचना सुन्नुपरे पनि बुहारी बिनालाई मन्त्री बनाएका दाहालले जेठा ज्वाइँ सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिव नियुक्त गराएका छन् ।
करिब डेढ महिनाअघि नै विशिष्ट श्रेणीको सेवा सुविधा पाउनेगरि ज्वाई केसीलाई महराको स्वकीय सचिवमा नियुक्त गरिएको हो । जेठी छोरी ज्ञानुलाई सशस्त्र युद्ध सुरु नहुँदै १७ वर्षकै उमेरमा सागरसँग विवाह गराइदिएका थिए । युद्धका बेला प्रचण्डले छोरीज्वाइँलाई लखनउमा कोठा भाडामा लिएर सुरक्षित राखेका थिए । राजनीतिमा त्यति सक्रिय नभए पनि त्यसबेला ज्वाइँ सागरले फाटफुट रूपमा ससुरा प्रचण्डलाई सहयोग गर्ने गर्थे । अढाइ वर्षअघि छोरी ज्ञानुकोे स्तन क्यान्सरका कारण निधन भएको थियो ।
गत प्रदेशसभा निर्वाचनमा कान्छा ज्वाइँ जीवन आचार्यलाई पनि प्रचण्डले मोरङ–६ को १ मा टिकट दिएका थिए । तर, कांग्रेस परिवारमा हुर्किएका ज्वाइँ आचार्य आफ्नै अहंका कारण पराजित भएको बताइन्छ । त्यस बेला जेठा ज्वाइँ सागरको नाम पनि उनले समानुपातिक सूचीमा राखेका थिए । तर, कान्छो ज्वाइँ र बुहारीलाई टिकट दिइसकेको र अर्का ज्वाइँलाई पनि समानुपातिकमा राख्दै बदनामै हुने डरले पछि नाम हटाइएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply