दसपुत्र गल्लीमा पुष्पलाल
इतिहासको निर्माणमा जे–जस्तो भूमिका व्यक्ति र समाजको हुन्छ, तुलनात्मक रूपमा केही फरक भूमिका ठाउ“ विशेषको पनि हु“दो रहेछ । नेपालका विभिन्न ठाउ“ र गाउ“हरूमा घुम्ने क्रममा मैले जे–जति आफ्नो विद्यार्थी जीवन र निर्वासन यात्राका समकालीन मित्रहरूलाई भेट्छु, ती सबैमा बनारसले पारेका प्रभाव र तिनबाट सिर्जित मनोभावहरू लगभग समान किसिमको भेट्टाउ“छु । ती सबैमा सहज आत्मीयता देखा पर्दछ ।
ती दिनहरूसम्म पूर्व–पश्चिम राजमार्गले नेपालको पूर्व र पश्चिमलाई जोड्न सकेको थिएन । उत्तर र दक्षिणको यात्राका लागि पदमार्गहरू थिए । यिनै पदमार्गहरूबाट भर्खर जोडिन थालेका थिए, विभिन्न जिल्लामा निर्माणाधीन सदरमुकामहरू । त्रिभुवन विश्वविद्यालयको पहु“च राजधानीदेखि बाहिर पातलो र नगण्य थियो । भारतको सीमावर्ती क्षेत्रका विराटनगर, जनकपुरधाम, वीरगन्ज, भैरहवा, कोइलाबास र नेपालगन्जलाई भारतीय रेलवे लाइन र प्रान्तीय सडक यातायातहरूले जोडेका थिए । पूर्व–पश्चिमको लामो भूगोलमा फैलिएको नेपालको कुनै पनि भूभागबाट बनारस जान सजिलो थियो । यी र यस्तै परम्परागत कारणले नै हुनुपर्छ, बनारस प्रायः सबै नेपालीको तीर्थस्थल र गन्तव्यस्थल बन्दै गयो । ऐतिहासिक कालमा आएर नेपालको लुम्बिनीमा जन्मेर भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका सिद्धाथ गौतमले आफ्नो पहिलो उपदेशका लागि बनारसको निकटस्थ सारनाथलाई रोजे । नेपाल एकीकरणका लागि हतियारहरू खरिद गर्न पृथ्वीनारायण शाहले बनारसका राजा काशीनरेशको दरबारस“ग सम्बन्ध स्थापित गरेको प्रसंगले नेपालको बनारसस“ग परम्परागत सम्पर्र्क रहेको तथ्यलाई उजागर गरेको छ ।
पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहले आफ्नी कान्छी महारानी ललितत्रिपुरा सुन्दरीको नामलाई चिरकालसम्म सम्झना गराउने उद्देश्यले बनारसको भगिरथी किनारमा ललिताघाट र त्यसको निकटमा नेपाली वास्तुकलामा आधारित ‘सम्राटेश्वर’ महादेवको मन्दिर निर्माण गरे । पछिल्लो कालमा आएर नेपालीहरूको बाक्लो बसोबास क्षेत्र मंगलागौरीमा जगन्नाथ गुरागाईंले नेपाली धर्मशालाको निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गरे । उनको यस भूमिकाले निरन्तरता लि“दै गयो । नेपाली संस्कृत महाविद्यालय, नेपाली छात्रावास, जगदम्बा नेपाली धर्मशाला आदि यसका पछिल्ला उदाहरणहरू हुन् । यी सबैको संरक्षण र व्यवस्थापनका लागि नेपाली विद्याधर्म प्रचारिणी समितिको स्थापना भयो । यसको स्थापना र सञ्चालनमा कृष्णप्रसाद ढुङ्गानाको विशेष योगदान रहेको छ । अहिले पनि यसको सुसञ्चालनमा बनारसमा बसोबास गर्ने नेपालीहरूको विशेष योगदान छ । यी सबैले बनारसमा नेपालीहरूको विशेष पहिचान कायम राखेका छन् ।
समयको गति सदा एकनास हु“दैन । कहिले यो अवरुद्ध हुन्छ त कहिले क्रियाशील । यसका रूप, रङ र रुचिहरू पनि सदा एकनास हु“दैनन् । भारत–चीन सीमा संघर्षले २०२५ सालतिर युद्धको रूप लिएपछि निरंकुश राजतन्त्रविरुद्धका यावत् संघर्षहरू फिर्ता लि“दै नेपाली कांग्रेसको तर्फबाट यसका कार्यवाहक सभापति सुवर्ण शमशेरबाट वक्तव्य प्रसारित भयो– ‘देश र सीमावर्ती क्षेत्रमा ध्वंसात्मक तŒवहरूको बढ्दो प्रभाव र डरलाग्दो गतिविधिले गर्दा नेपाली राष्ट्रिय जीवनको मेरुदण्ड नै खतरामा पर्न गएको हु“दा संविधानसभाको आफ्नो प्रस्तावलाई फिर्ता लिई राजाको नेतृत्वमा प्रजातान्त्रिक विकासको आशा राख्दै नेपाललाई शक्तिशाली, संयुक्त र सम्पन्न बनाउने राजाको प्रयत्नमा नेपाली कांग्रेस राजालाई पूरा र भक्तिपूर्ण सहयोग गर्ने संकल्प गर्दछ ।’
सुवर्ण शमशेरको यस विज्ञप्तिपछि आफूस“ग सम्बन्धित पार्टी गोरखा परिषद्लाई विघटन गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका भरत शमशेर प्रजातान्त्रिक आन्दोलनको अग्रपंक्तिमा देखा परे । कार्यवाहक सभापतिले आन्दोलनलाई बिसाएको र सभापति बीपी कोइराला जेलमा भएको हुनाले प्रजातान्त्रिक आन्दोलनप्रतिको कर्तव्यबोधका साथ आफू यस कार्यमा सरिक भएको भरत शमशेरको तर्क थियो । उनको यस अभिव्यक्तिले नेपालको राजनीतिक आकाशमा नया“ क्षितिजहरू देखा पर्न थाले ।
राजनीतिका यस्तै उतारचढावका बीचमा २०२५ सालको कात्तिक १३ गते बीपी कोइराला र गणेशमान सिंह जेलमुक्त भएका समाचारहरू प्रसारणमा आए । यसैक्रममा भएको नेपाली कम्युनिस्ट आन्दोलनका शिखरपुरुष मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठको रिहाइले नेपाली जनमानसमा नया“ तरंगहरू सिर्जना गर्ने काम ग¥यो । एक प्रकारको आशंका जन्म्यो । कतै राजा महेन्द्रले आफ्नै नेतृत्वमा प्रजातान्त्रिक विकास त चाहेका छैनन् ? समयक्रममा यी तरंगहरू मत्थर हु“दै गए । निरंकुशताका हावाहुरीहरू तीव्र वेगका साथ सञ्चालित हुन थालेपछि अन्ततः बीपी, गणेशमान बनारसमा निर्वासित हुनुभयो । बनारसमा नया“ किसिमका राजनीतिक हलचलहरू थपिए ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा बनारसले खेलेका भूमिकाहरू पुनर्जागृत हु“दै गयो । फेरि अर्कोपटक नेपाली जनआन्दोलनका अग्रणी नेता–कार्यकर्ताको राजनीतिक आश्रयस्थल बन्यो– बनारस । नेपाली इतिहासको निर्माणका गम्भीर बहस र विचारविमर्श यस ठाउ“मा हुन थाले । नेपाली इतिहासका पे्ररक प्रसंगहरूको भावभूमिका रूपमा फेरि अर्कोपटक बनारस स्थापित भयो ।
यद्यपि, २०१९ सालमा बनारसमा सम्पन्न तेस्रो महाधिवेशनको निर्णयअनुसार नेपालीहरूको आवागमन हुने क्षेत्र दूधविनायकको नजिकमा रहेको दसपुत्र गल्लीमा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय सुसञ्चालनमा आएको हो । तेस्रो महाधिवेशनपछि चाहे तत्कालीन महासचिव तुलसीलाल अमात्यको कार्यकालमा होस् या पछिल्लो समयमा पार्टीको पुनर्निर्माणपछि पुष्पलालको कार्यकालमा होस्, यसको सुसञ्चालनमा बलराम उपाध्यायको विशेष योगदान रह्यो । बीपी, गणेशमानको निर्वासनपछि के २९÷३० दसपुत्र गल्लीको यस भवनले एकप्रकारको नेपाली राजनीतिको केन्द्रको रूप लियो । बनारसमा आउने नेपाली, कम्युनिस्ट आन्दोलनस“ग सम्बन्धित कार्यकर्ता हुन् अथवा नेता, सबैले एकपटक पुष्पलाललाई भेट्थे, उहा“को राजनीतिक विश्लेषणलाई ध्यान दिएर सुन्थे र बनारस पुगेको सार्थकता अनुभव गर्थे ।
त्यतिबेला बनारस एक प्रकारको राजनीतिक तीर्थ थियो । त्यसको केन्द्र भागमा थियो– के २९÷३० दसपुत्र गल्लीको एक प्राचीन भवन । त्यहा“ बस्नुहुन्थ्यो– सहादत प्राप्त गर्नुभन्दा पहिले आफ्ना सहोदर दाजु अमर सहिद गंगालालले सुम्पनुभएको प्रजातन्त्रको दीपशिखाका साथ एक सुदृढ संकल्पका धनी पुष्पलाल । उहा“को अन्तर्मनमा सधैंभरि गुन्जिरहने शब्दहरू थिए– ‘माइला †’ हामीले बोलेको प्रजातन्त्रको यस दियोलाई तिमीले कहिले पनि निभ्न नदिनू । यसलाई देशका कुनाकुनासम्म पु¥याउनू ।’ पुष्पलालले आजीवन त्यस दीपशिखाको सुरक्षा गर्नुभयो । नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिव भएको अवस्थामा उहा“लाई अनुभव भयो– सहरिया र सम्भ्रान्त सुकुमार वर्गको नेतृत्व भएको यस पार्टीले यो महान् कार्यलाई सम्पन्न गर्न सक्दैन । यस कामका लागि किसान, मजदुर, युवा, विद्यार्थी र महिलाको सहभागिता आवश्यक छ । यसैको फलस्वरूप २००७ सालको प्रजातान्त्रिक आन्दोलनको पूर्वसन्ध्यामा स्थापित नेपाल कम्युनिस्ट पार्टीको प्रथम उद्घोषणका रूपमा नेपालका शोषित, उत्पीडित, उपेक्षित वर्ग र समुदायका लागि नागरिक स्वतन्त्रता किन आवश्यक छ र किन उनीहरू त्यस स्वतन्त्रताका लागि संघर्षमा सामेल हुनुपर्छ भन्ने कुरालाई स्पष्टताका साथ उहा“ले प्रस्तुत गर्नुभयो । यसपछिका नेपाल कम्युनिस्ट पार्टीका हरेक महŒवपूर्र्र्ण सम्मेलन, विस्तारित बैठक र महाधिवेशनहरूमा पुष्पलालले प्रजातन्त्रको यस दीपशिखालाई प्रज्वलित गरि नै रहनुभयो । बनारसमा रह“दा बीपी कोइराला र गणेशमान सिंहस“गका संयुक्त आमसभाहरूमा पनि उहा“ले यस दीपशिखालाई नया“ उचाइमा उठाउने काम गर्नुभयो । कम्युनिस्ट पार्टीको स्थापना कालका मान्यताहरूप्रति उहा“को आजीवन बलियो अडान रह्यो । यस अडानलाई ‘मूलबाटो’ शीर्षकको आफ्नो बहुचर्चित कृतिमा उहा“ले यसरी प्रस्तुत गर्नुभएको छ–
‘संसदीय प्रजातान्त्रिक व्यवस्था भन्नेबित्तिकै पु“जीवादी प्रजातन्त्र भन्नु एक गलत समझदारी हो । संसदीय प्रजातन्त्र, पु“जीवादी प्रजातन्त्र अथवा राष्ट्रिय प्रजातन्त्र अथवा जनवादी प्रजातन्त्र दुवै हुन सक्छन् । निश्चय पनि ठाउ“ठाउ“मा आफ्नो आर्थिक स्थितिले गर्दा देशको पु“जीपति वर्गले संसद्माथि कब्जा गरी यसलाई आफ्नो स्वार्थ साधन गर्ने यन्त्र बनाउन समर्थ भएको छ । यस्तो प्रजातन्त्रको चरित्र पु“जीवादी जनतन्त्र नै हुन्छ, तर यदि कम्युनिस्ट पार्टीको नेतृत्वमा जनतालाई व्यापक रूपमा संगठित गरी संसद्मा तमाम क्रान्तिकारी वर्गहरूको बहुमत हुन्छ भने जनताको क्रान्तिकारी ताकतलाई आधार बनाएर यसै संसद्लाई पु“जीपति वर्गको स्वार्थ साधन गर्ने यन्त्र बन्न दिनुको सट्टा तमाम जनताको स्वार्थ साधन गर्ने यन्त्रमा परिणत गर्न सकिन्छ र त्यसबेला संसद्को वर्गस्वरूप पु“जीवादी वर्गस्वरूप नभई जनताको स्वार्थको प्रतिनिधित्व गर्ने जनवादी वर्गस्वरूप हुनेछ ।’
अहिले पुष्पलालको भौतिक अस्तित्व समाप्त भएको छ र पुष्पलालको राजनीतिक साधनास्थलका रूपमा रहेको त्यो जीर्णशीर्ष भवनको पनि आन्तरिक मर्मतपछि नया“ कायाकल्प भएको छ । यो सबै हु“दाहु“दै पनि पुष्पलालले त्यतिबेला स्थापित गरेका मान्यताहरू आज पनि जीवन्त छन्, सान्दर्भिक छन् र नेपाली इतिहासको निर्माणमा एकप्रकारका मार्गदर्शक सिद्धान्तका रूपमा क्रियाशील छन् ।
आज हामी यस्तो जीवित इतिहासबाट गुजि“्रदै छौं । जसले पुष्पलालले भनेजस्तै ‘जनताको क्रान्तिकारी ताकतलाई आधार बनाएर यसै संसद्लाई ‘पु“जीपति वर्ग’को स्वार्थ साधन गर्ने यन्त्रमा परिणत गर्न सकिन्छ’ भन्ने यथार्थलाई व्यावहारिक रूपमा साबित गरेको छ । विनाशकारी भूकम्प, भारतीय आर्थिक नाकाबन्दी र आन्तरिक विद्रोहजस्ता अकल्पनीय पीडादायी क्षणमा नेकपा (एमाले) ले यसै वैचारिक जगमा उभिएर देशको स्वाधीनता, जनताको सर्वोच्चता र राष्ट्रको समृद्धिजस्ता ऐतिहासिक महŒवका निर्णयहरूलाई संरक्षण, संवद्र्धन गर्न र देशलाई अग्रगामी निकास दिन सफल भयो भने नेपाली इतिहासमा यसका प्रभावहरू दूरगामी महŒवका हुनेछन् र त्यतिबेला पुष्पलालको सम्झनाले सार्थकता पाउनेछ र उहा“को साधनास्थल दसपुत्र गल्लीको जीर्णशीर्ण भवन हाम्रा सामु एक प्रकारको पे्ररणास्थलका रूपमा कायम रहनेछ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply