20th February 2018, Tuesday

E-budhabar

देउवाको असफल भारत भ्रमण



प्रधानमन्त्री शेरवहादुर देउवा पाँच दिनेको भारत भ्रमण सकेर स्वेद पर्किसकेका छन् । भारतमै रहँदा ेखि आलोचित बनेको उनको भ्रमण सफल भयो वा असफल भन्ने बहस नेपाली राजनीतिक र कुटनीतिकवृत्तमा अझै सेलाएको छ । त्यति मात्र होइन प्रधानमन्त्री जुन बेला भारत भ्रमणमा निस्ते त्यो समयका हिसाबले उपयुक्त थियो कि अनुपयुक्त भन्ने बहस पनि चलिरहेको छ । कतिपयले यसलाइ नियमित औपचारिकता भएकाले धेरै टिप्पणी गरिरहन नपर्ने भन्दै हल्ला टिप्पणी गर्ने गरेको पनि पाइएको छ ।
एउटा देशको प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणलाइ‘ नियमित औपचारिकता’ भनेर हल्का ढंगले टिप्पणी गर्न सकिदैन । त्यस माथि प्रधानमन्त्री देउवाले यस्तो समयमा भारत भ्रमण गरे, जुन समयमा भारतले एकतर्फी रुपमा बनाएका बाँधका कारण नेपालको अधिकांश तराइ भूकाग डुवानमा परेको थियो । नेपालको तराइ भुकभाग डुवानमा परेको समयमा भएको भ्रमणमा उनले पक्कै यसबारे कुरा गर्लान भन्ने अपेक्षा आम नेपालीको थियो तर यसबारे उनी चुईसम्म बोलेनन् ।
खासमा जे विषयमा बोल्नु पथ्र्यो त्यो विषयमा कुरै कोट्याएनन् तर बोल्नै नपर्ने वियामा कुरा कुेट्याएर नेपालको सावभौमतामाथि विदेशीलाइ आमन्त्रण गरे । संसदमा छलफल गएर किनारा लागिसकेको संविधान संशोधनको विषय उठाएर उनले आफ्नो  भारत भक्ति मात्र प्रदर्शन गरेनन भारतको विश्वस्त नेपाली कार्डका रुपमा आफूलाइ स्थापित गर्ने प्रयत्न गरे । दिल्लीको पत्रकार सम्मेलनमा देउवाले संविधान संशोधनका सन्दर्भमा दिएको अभिव्यक्तिले नेपाल र नेपालीको अपमान त गरयो नै  जुन संविधानको सपथ खाएर उनी प्रधानमन्त्री हैसियतमा दिल्लीको राजकीय भ्रमणमा गएका थिए, त्यही संविधानको धज्जी उडाउने का गरे ।  देउवाको अभिव्यक्तिको बचाउ कांग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि बाहेक कसैले गर्न सकेनन् । दिल्लीमा गएर किनारा लागिसकेको संविधान संशोधनको मुद्धामा  पुनः दुई तिहाई पु¥याउन प्रयत्न गर्ने अभिव्यक्ति दिनु सार्वभौम मुलुकका प्रधानमन्त्रीले गरेको  संविधानको अपमान हो ।
उठाउनु पर्ने धेरै बिषय थिए, तर उठाएनन् । तराईको डुबान समस्या समाधान गर्ने दीर्घकालीन योजना बनाउने काम यो भ्रमणको पहिलो प्राथमिकतामा पर्नुपथ्र्यो ।  प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा बाढीले तराई डुबानमा प¥यो, ठूलो मानवीय र भौतिक क्षति पुग्यो । हिजोका सन्धि–सम्झौताका आधारमा निर्माण गरिएको कोसी बाँधका कारण नेपाललाई ठूलो नोक्सानी भयो । त्यस्तै, नियम–कानुन उल्लंघन गर्दै अनधिकृत रूपमा भारतले नेपालको सीमानजिक थुप्रै बाँध निर्माण गरेको छ । सिंगै गाउँ, टोल डुबानमा परेपछि सुस्तामा जनता स्वस्फुर्त संगठित बनेर एकतर्फी बाँधिएको बाँध भत्काउनुपर्ने अवस्थासमेत आयो । कोसीलगायत बाँधका वितण्डाबारे कुरा उठाउन सम्माननीय राष्ट्रपतिलगायत दलका नेताले सुझाब दिनुभयो । कोसी ब्यारेजका ढोकाका साँचो पटनामा राखिएकोलगायत कुनै पनि विषय द्विपक्षीय वार्ताका एजेन्डा बनेनन् । न त आठबुँदे समझदारी र संयुक्त वक्तव्यको विषय नै बने । भारतमा रहेका नेपालीले आफूहरु स्वदेश फर्किदा सीमामा लूटपाट र कुटपिटका घटना भइरहेको भनेर दूतावासको कार्यक्रममा सामेल भएका देउवासामु सुनाएका थिए । बैंक खाता नहुँदा आइपरेका समस्या बारेपनि गुनासो सुनाएका थिए । तर नेपालीले भोग्नु परेका  ती समस्याका बोरमा पनि उनले मुख खोलेनन् । भारतसँग नेपालको बढ्दो व्यापार घाटा कम गर्ने, विगतमा भएका सहमति अनुसार अघि बढाइएका परियोजनाको काम सम्पन्न गर्न जस्ता जल्दाबल्दा समस्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उचाइका साथ राख्ने काम गर्नसक्नुपथ्र्यो, ती पनि कुनै काम भएनन् । भारतले १७ र १८ वर्षदेखि पञ्चेश्वर परियोजना कार्यान्वयनको काम अलपत्र छ । यो सधैभरी गीतको गेडो जस्तै बनेको छ  । तर, यसविषयमा यो भ्रमणमा कुनै कुरै भएन  । ग्यास ओसार्ने नेपाली नम्बर प्लेटका बुलेटका विषयमा पनि कुरा उठेन । अब नेपालमा पेट्रोलियम पदार्थसँगै ग्यासको पनि पाइपलाइन हाल्दिने, हुँदाहुँदा नेपालमा १ सयवटा पम्प स्टेसन पनि भारतले बनाइदिएर यहाँका उद्यमीलाई बाइपास गर्ने काम हुने भएको छ ।
अर्कोतर्फ प्रधानमन्त्री देउवाको भारत भ्रमण कुटनीतिक भन्दा पनि तीर्थ यात्रामा केन्द्रित थियो । पाँचदिने भ्रमणको क्रममा दुइदिन त देउवा तीर्थाटनमा व्यस्त रहे । तिरुपति बालाजीको भ्रमणका लागि देउवा दिल्लीबाट काठमाडौंभन्दा टाढाको दूरीमा रहेको हैदरावाद पुगे । तिरुपति बालाजी मन्दिरमा देउवाले जुता खोलेर पूजा गरे । तिरुपति दर्शन गरेर देउवा नेपालको सीमा जोडिएको बिहारको बोधगयास्थित् महाबोधी मन्दिरमा पुगे ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

व्यक्तिवृत्त उघिन्ने कार्य

कुन मानिसमा कति प्रतिभा रहेको छ, कस्तो आनिबानी छ र के–कस्ता विषयहरूमा रुचि छन् ? यी सबै कुरा थाहा पाउन त्यस्ता मानिससँग गहिरो मित्रता र संगतको आवश्यकता पर्दछ । बाह्य रूपमा नियालेर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा