देउवाविरुद्ध सात भाइ
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको हुकुमी शैलीविरुद्ध पार्टीका सात युवा नेता खुलेर मैदानमा आएका छन् ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लज्जास्पद पराजय भोग्दा पनि पार्टी नेतृत्वले त्यसको समीक्षा गर्न कुनै जाँगर नदेखाएपछि युवा नेताहरू चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ र प्रदीप पौडेलले लिखित रूपमा पार्टीको केन्द्रीय समिति बैठक र महासमिति बैठक बोलाउन माग गरेका हुन् ।
अनौपचारिक भेटका क्रममा देउवालाई बैठक बोलाउन माग गर्दा गैरजिम्मेवार जवाफ दिँदै हैरान पारेपछि उनीहरूले लिखित रूपमा आग्रह गरेको बुझिएको छ । बैठक बोलाउन माग गर्दा ‘के समीक्षा गर्नु, जनताले भोट दिएनन् हारियो, मलाई दिए, जिते’ भन्दै गैरजिम्मेवार जवाफ दिने गरेको एक केन्द्रीय सदस्यले बताए । अहिले पनि उनले निर्वाचन आयोगले निर्वाचन परिणाम सार्वजनिक गरेकै छैन केको समीक्षा भन्दै पन्छिने गरेको बताइन्छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको कार्यशैलीकै कारण निर्वाचनमा पराजय भोग्नुपरेको निचोडमा पुगेका युवाहरूले भने नेतृत्व नै परिवर्तन गरेर जाने बहस चलाउने तयारी गरिरहेको बुझिएको छ । कांग्रेसका संस्थापक बीपी कोइराला पुत्र शशांकलाई सभापति र गणेशमान सिंहपुत्र प्रकाशमानलाई संसदीय दलको नेता बनाएर भने पनि पार्टी र संसदीय दुवै मोर्चामा नेतृत्व परिवर्तनको तयारी यो समूहले गरिरहेको बताइन्छ ।
तर, देउवा कुनै पनि हालतमा आफ्नो हातबाट नेतृत्व उम्कन दिने पक्षमा नरहेको बताइन्छ । संसदीय दलमा प्रत्यक्षतर्फ अल्पमतमा रहे पनि समानुपातिकबाट बहुमत आफ्नो पक्षमा पारेर दलको नेता पनि नछाड्ने गरी गृहकार्य गरिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply