नयाँ शक्तिमा पुरानै रोग
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक समृद्धिमा जोड दिने गरी नयाँ शक्ति नेपालको स्थापना गरे पनि माओवादी र एमालेबाट भित्रिएका कार्यकर्ताहरूबीच तँछाडमछाड भने चल्न रोकिएको छैन । अहिले आफूसँगै आएका माओवादीका कार्यकर्ताहरू र अरू पार्टीबाट आएका कार्यकर्ताहरूलाई कसरी मिलाउने भन्ने समस्यामा डा. भट्टराई परेका छन् ।
एमालेबाट नयाँ शक्तिमा गएका निर्मल भट्टराई, हरिराम रिमाल र देव लिम्बूहरूले नयाँ शक्तिका नेताहरूलाई ‘तपाईंहरूले माओवादीकै एजेन्डा लागू गर्न खोजिरहनुभएको छ’ भनेर आपत्ति जनाउने गरेको बताइन्छ । त्यसको प्रत्युत्तरमा पूर्वमाओवादी कार्यकर्ताहरूले भने ‘तपार्इंहरूले पनि एमालेकै एजेन्डा लागू गराउन चाहिरहनुभएको छ’ भन्ने गरेका बताइन्छ ।
माओवादी पृष्ठभूमि बोकेका नयाँ शक्तिका कार्यकर्ताहरूले त एमालेबाट गएकाहरूलाई ‘केपी ओलीका पिछलग्गु’ भनेर आरोपसमेत लगाउने गरेका छन् । उनीहरूले एमालेबाट गएका नेता र कार्यकर्ताहरूको अझै पनि एमालेका उच्च तहका नेताहरूसँग सम्पर्क रहेको, उठबस रहेको आरोप लगाउँदै त्यही आशंकामा उनीहरूलाई निगरानीमा राख्ने गरेको बताइन्छ । निर्मलहरूलाई डा. भट्टराईले पत्याउनुको साटो शंकास्पद रूपले हेर्ने गरेका बताइन्छ ।
केही समयअघि, पूर्वमाओवादी कार्यकर्ता विदुर खड्काले त एमाले पृष्ठभूमि भएका भट्टराई र रिमालहरूप्रति लक्षित गर्दै फेसबुकमै स्टाटस लेखेका थिए । उनले लेखेका थिए, ‘नयाँ शक्ति पार्टीमा माओवादीबाट आएकाहरू त धेरै परिवर्तन भइसके । पुरानो बिरासत पूरै छाडेको कुरा अहिलेका माओवादीहरू आरोप लगाइरहेका छन् । तर, एमालेबाट आएका ओलीका केही भाटहरू छन् । उनीहरू निरन्तर पुराना माओवादीमाथि प्रहार गर्न र एमालेको षड्यन्त्र यहाँ कार्यान्वयन गराउन समय–समयमा उत्पात मच्चाउने गरेका छन् । जसले सर्वसाधारणमा भ्रम पर्ने गरेको छ ।’
यसैबीच, नयाँ शक्तिले चैत ९ देखि १३ गतेसम्म हिमाल पहाड तराई–मधेस राष्ट्रिय अभियान राख्ने भएको छ । एमालेले मेची–महाकाली राष्ट्रिय अभियान टुंग्याएको केही दिनपछि नै नयाँ शक्तिले उक्त अभियान राख्न लागेको हो । नयाँ शक्तिले लहान, बर्दिबास, चन्द्रनिगाहपुर, भैरहवा, कोहलपुर र धनगढीमा अभियान राख्ने भएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply