नापीका भ्रष्ट मालपोतमा सरुवा
काठमाडौं । जनसम्पर्क हुने कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सोही प्रकृतिका कार्यालयमा सरुवा गर्ने क्रम रोकिन सकेको छैन । वैदेशिक रोजगार विभागबाट अध्यागमन कार्यालय एयरपोर्ट र अध्यागमनबाट वैदेशिक रोजगार विभागमा सरुवा हुँदै आएका छन् । जसका कारण वैदेशिक रोजगार विभाग र अध्यागमन कार्यालयको सेटिङमा खाडी मुलुकमा घरेलु कामदार जाने गरेका छन् । अध्यागमन र वैदेशिक रोजगार चहार्ने कर्मचारीकै कारण धेरै विवाद आउने गरेको छ ।
अध्यागमनमा मात्र होइन, मालपोत र नापी कार्यालयमा पनि त्यस्तै भएको छ । वल्लाघरको नरे पल्लाघरमा सरे भनेजस्तै नापी विभागमा नियमित सरुवादेखि काज खटाउँदा घुस लिने गरेका नापी विभागका प्रशासन शाखाका शाखा अधिकृत खगेन्द्र अर्याल मालपोत कार्यालय चावहिलमा सरुवा भएका छन् । नापी विभागमा दुई वर्षअघि सरुवा भएका खगेन्द्र अर्यालले तत्कालीन महानिर्देशक कृष्णराज बीसीको कार्यकालमा भएको सर्भेक्षक र नापी अधिकृतको सरुवामा ठूलो रकम घुस संकलन गरेको आरोप लागेको थियो । बीसी र उनले सरुवाबाट रकम असुल्नुसम्म असुली गरिसकेपछि महानिर्देशकका रूपमा गणेशप्रसाद भट्ट आए । भट्ट आइसकेपछि अर्यालले घुस लिँदै काज खटाउन थाले । काठमाडौं उपत्यकालगायत आकर्षक नापी कार्यालयमा काजसरुवा हुन चाहने कर्मचारीलाई तीन महिनाको तलबबराबरको रकम घुस लिने काम अर्यालले भट्टसँग मिलेर गरे । नापीमा घुस दिनेको काजसरुवा खुरुखुरु हुने गरेको थियो । काठमाडौं उपत्यका, काभ्रे, झापाजस्ता आकर्षक नापी कार्यालयमा काजसरुवा हुन चाहने अमिन, सर्भेक्षक र नापी अधिकृतहरूबाट प्रशासन शाखाका खगेन्द्र अर्यालले तीन महिनाको तलब घुस लिँदै खुरुखुरु काज खटाएको पत्र दिने गरेका छन् । त्यसरी सरुवा गरेको कर्मचारीलाई तीन महिनापछि अर्यालले पुनः फोन गरेर बोलाएर काजमा यथावत् बस्ने भए पुनः तीन महिनाको तलब बुझाउन आदेश दिने गरेका छन् । कर्मचारीहरूले पुनः तीन महिनाको तलब बुझाएर काज खटाएको पत्र लिएर जाने गरेका छन् । यसरी प्रत्येक दिन दर्जनजति काजसरुवा गर्दा कर्मचारीस“ग तीन महिनाको तलब अर्यालले घुस लिने गरेका छन् । शाखा अधिकृत अर्यालले अहिलेसम्म काज सरुवा गरेरै करोडौं रूपैयाँ घुस असुली गरेका थिए । त्यही रकम भूमिसुधार व्यवस्था विभागका महानिर्देशक मुक्ति आचार्यलाई दिएर उनी एक साताअघि चावहिल मालपोत कार्यालयमा सरुवा भएका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply