24th September 2017, Sunday

E-budhabar

नार्कमा गौतम र महतोको दौडधुप



काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशक बन्न दुई मुख्य वैज्ञानिकहरूको दौडधुप सुरु भएको छ । मधेस मूलकै रामकृष्ण यादव कृषि विकासमन्त्री बनेका हुँदा मधेसमै घर भएका आनन्दकुमार गौतम र वैद्यनाथ महतोले अहिले नार्कको ईडी बन्न बढी नै चासो र दौडधुप बढाएका छन् । अहिले गौतम योजना महाशाखाका प्रमुख छन् भने महतो निमित्त कार्यकारी निर्देशक हुन् ।
कार्यकारी निर्देशकका लागि आवेदन दिन भदौ १५ गतेसम्मको समय दिइएको छ । अहिलेसम्म कुनै पनि इच्छुकले निवेदन दिएका छैनन् । तर तोकिएको समयभित्र निवेदन दिने गरी नार्कमा कार्यरत १३ जना मुख्य वैज्ञानिकले तयारी भने गरिरहेको बताइन्छ । सो पदका लागि मुख्य वैज्ञानिकहरू सक्षम रहने भएको हुँदा सबै मुख्य वैज्ञानिकले निवेदन दिन पाउनेछन् । तर कार्यकारी निर्देशकमा भने गौतमले बाजी मार्ने देखिएको छ । जनकपुर घर भएका गौतम पार्टीगत रूपले पनि नेपाली कांग्रेसनिकट मानिन्छन् । अहिलेका कृषिमन्त्री यादवको घर जनकपुर भएका र कांग्रेसले सो मन्त्रालय पाएको हुँदा गौतमले प्रतिस्पर्धामा जित्ने सम्भावना रहेको बताइन थालिएको छ । त्यस्तै, सर्लाही घर भएका नार्कका निमित्त कार्यकारी निर्देशक महतोले पनि सो पदमा पुग्न लबिङ गरिरहेका छन् । मधेसी मूलकै मानिस मन्त्री भएका हुँदा त्यसैलाई आधार बनाएर महतोले कार्यकारी निर्देशक बन्न प्रयत्न गरिरहेका छन् ।
गौतम र महतोबाहेक नेपाल कृषि अनुसन्धान प्रतिष्ठानका प्रमुख विन्देश्वर साह, पशु तथा मत्स्य महाशाखाका प्रमुख टेकबहादुर गुरुङलगायत मुख्य वैज्ञानिकहरू पनि नार्कको ईडी बन्न इच्छुक देखिएको बताइन्छ । तर मन्त्रालयले नार्कको ईडीका लागि आवेदन माग गरे पनि त्यसलाई निर्वाचन आचारसंहिताले रोक्ने सम्भावना पनि उत्तिकै देखिएको छ । आगामी मंसिर १० गते प्रदेश र केन्द्रीय संसदको निर्वाचनको मिति घोषणा भइसकेको हुँदा निर्वाचन मिति तय भएको तीन महिनाअघि नै आचारसंहिता लागू गरिने भएकोले कार्यकारी निर्देशक छान्ने कार्य प्रभावित हुने बताइन्छ । आवेदन प्राप्त भएपछि कार्यकारी निर्देशक चयन गर्न कम्तीमा पनि १५ दिन लाग्ने भएकाले आचारसंहिता रोक्न सक्ने कुरा बताउन थालिएको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा