25th September 2017, Monday

E-budhabar

निगममा अनावश्यक भर्ती, पाइलटको असन्तुष्टि



काठमाडौं । नेपाल वायुसेवा निगमले एक विदेशी पाइलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ तलब दिएर उपमहाप्रबन्धकबराबरको हैसियतमा नियुक्त गरेपछि तीव्र असन्तुष्टि छाएको छ । निगमलाई अत्यावश्यक व्यक्ति र प्राविधिक विशेषज्ञ भन्दै निगम व्यवस्थापनले गेबलाई मासिक साढे २६ लाख रुपैयाँ तलब दिने गरी दुई वर्षका लागि नियुक्त गरेको हो ।
तर गेबले निगममा जहाज उडाउने काम भने गर्दैनन् । उनको काम निगमको जहाज सञ्चालन, चालक दलको तालिम, उडान मापदण्ड र सुरक्षा, नियमपालनालगायत विषयमा रेखदेख गर्ने हो ।
निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्समा मासिक १२ देखि १४ लाख रुपैयाँ तलब खाएका गेबलाई महाप्रबन्धक कंसाकारले एकैचोटि झन्डै दोब्बर तलब दिएर दुई वर्षका लागि नियुक्त गरेका हुन् ।
त्यसैगरी निगमले न्युजिल्यान्डका पेनिएटा माएभालाई मासिक १८ लाख रुपैयाँ तलब दिएर १७ सिटे चिनियाँ जहाज ‘वाई १२–ई’ को प्रशिक्षक पाइलट नियुक्त गरेको छ । माएभालाई निगमले दोस्रोपटक नियुक्त गरेको हो । माएभाले यसअघि मासिक १६ लाख रुपैयाँ तलब खाएका थिए ।
गेबले निगममा तलब खान थालेको चार महिना भइसकेको छ । निगमले २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुई थान जहाज ल्याएपछि गेबले सञ्चालनको जिम्मेवारी पाएका छन् । गेबले चार महिनामा १ करोड रुपैयाँ तलब बुझिसकेको बताइन्छ । तर निगमका अन्य वरिष्ठ क्याप्टेनले भने यसमा तीव्र असन्तुष्टि जनाएका छन् ।
गेब र माएभालाई महाप्रबन्धक स्तरको निर्णयबाट नियुक्त गरिएको विषयलाई निगम सञ्चालक समितिका सदस्यले पनि गम्भीर रूपमा लिएका छन् । वर्षमा चार करोड नाफा गर्ने संस्थाले नाफाजति विदेशी पाइलटलाई तलब दिएर सक्ने हो भने निगम उँभो लगाउन नसकिने तर्क कर्मचारीहरूको छ । ठूलो परिमाणमा तलबभत्ता दिँदै पाइलट नियुक्त गरिएको विषयमा गत मंगलबार बसेको सञ्चालक समिति बैठकमा महाप्रबन्धक कंसाकार र सदस्यबीच ‘चर्काचर्की’ परेको बताइन्छ । निगम सञ्चालक समिति अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी छन् । सदस्यमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, अर्थ मन्त्रालयका सहसचिव जीवन सिटौला, निजी क्षेत्रबाट मुक्तिराम पाण्डे र निमानुरु शेर्पा तथा विज्ञ सदस्यका रूपमा निगमकै पूर्वनिर्देशक अच्यूतराज पहाडी छन् ।
‘गेबलाई लाखौं तलब दिनुको कारण के हो भने ऊसित हामीसँग नभएको आइडिया भएर हो । कमिसन खान नियुक्त गरेको होइन,’ महाप्रबन्धक कंसाकारले भने, ‘यतिका क्षमतावान्लाई नियुक्त गरेन भने निगमलाई जनकपुर चुरोट कारखाना र हिमाल सिमेन्ट कारखाना बन्नबाट कसैले जोगाउन सक्दैन । निगमलाई थप उचाइमा पु¥याउन गेब, माएभा र शेर्पाजस्ता पाइलट आवश्यक छन् ।’
वाई१२–ई का प्रशिक्षक पाइलट माएभासँगै उडेका एक पाइलटका अनुसार दिनमा एकबाट दुई उडान गर्नुप¥यो भने माएभाले ‘मलाई असाध्यै थकाइ लागेको छ, उडाउन सक्दिनँ’ भनिहाल्थे। उनले वाई१२–ई जहाजलाई कहिल्यै पनि दुर्गम भेगका विमानस्थलमा लान सकेनन् । ‘माएभा दिनको ६० हजार रुपैयाँ तलब खान्थे,’ ती पाइलटले भने, ‘हामी भने महिनाभरि जहाज उडाएर १ लाख ८० हजार रुपैयाँ हात पार्छौं ।’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा