नेतृत्वमा पुन जामको खतरा, ७० वर्षे उमेर हद हटाउन लबिइङ
काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाले करिब–करिब अन्तिम रूप पाउनै लाग्दा वृद्ध उमेरमा पनि पार्टीकै नेतृत्व बस्न चाहनेहरूले नयाँनयाँ लफडा सुरु गर्न थालेका छन् । एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीसहित कार्यकारी पदमा रहन ७० वर्षको उमेर हदलाई विधानमै व्यवस्था गरेको थियो । त्यसलाई एकीकृत पार्टीको अन्तरिम विधानमा पनि राख्न खोज्दा उमेर हद खुला राख्नुपर्ने भन्दै लफडा गर्न खोजिएको छ । विशेषगरी ६९ वर्ष उमेर टेकिसकेका एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी नेताहरू र एमालेकै केही नेताहरूमार्फत अन्तरिम विधानमा उमेर हदबन्दी राख्न नहुने भन्दै भित्रभित्रै तीव्र लबिइङ गरिरहेका छन् । अझै राजनीतिमै सक्रिय रहने इच्छा व्यक्त गरिरहेका गौतमको लबिइङले माओवादी अध्यक्ष प्रचण्ड पनि धेरै अप्ठ्यारोमा परेका छन् । किनभने, विधान मस्यौदा कार्यदलमा गौतमको रुचि प्रचण्डमार्फत माओवादी नेताहरूले ७० वर्षे उमेर हदबन्दी राख्न नहुने भन्दै अडान राखिरहेका छन् । विपक्षमा रहेका एमाले नेतामध्ये बेदुराम भुसाल, विष्णु पौडेल, सुरेन्द्र पाण्डेले विपक्षमै बोलेका छन् । तर, माओवादी नेताहरूको निरन्तरको अडानले एमाले नेताहरू पनि अप्ठ्यारोमा परेका छन् । एकता नहुँदैदेखि गौतमले किन माओवादी नेताहरूको यति धेरै भरोसा गरेका हुन्, आश्चर्यको विषय बनेको छ । उता, गौतमले उमेर हदरबन्दी राख्ने कुरा निरंकुश कदम भन्दै व्यक्तिगत स्वतन्त्रता कुण्ठित भए गैरकानुनी काममा मुद्दासमेत लाग्न सक्ने अभिव्यक्ति दिन थालेका छन् । नेता गौतमकै लबिइङले गर्दा उमेर हदको विषयलाई विधानमा टुंग्याउन सकिएको छैन । जसले गर्दा एकताको तयारी नै प्रभावित हुन सक्ने कार्यदलका सदस्यहरू नै बताउने गर्छन् ।
अन्तरिम विधानमा ७० वर्षको उमेर हद नराख्ने हो भने एकीकृत महाधिवेशनपछि पार्टी प्रमुख भइसकेका एमाले नेता मात्र होइन, माओवादीकै कतिपय नेताहरू पनि पुनः नेतृत्वमा आउन सक्नेछन् । जसले गर्दा नेतृत्व विकासको प्रक्रिया नै अवरुद्ध हुन सक्ने सम्भावना छ । त्यसैले, कार्यदलमा रहेका एमाले सदस्यहरू उमेर हदलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply