पर्यटनमा कुम्ल्याउने दाउ
काठमाडौं । सरकार कामचलाउ भइसकेको बेला लिसोझैं टाँसिने र पर्यटनअन्तर्गतका नियुक्तिमा रकमको चलखेल गर्ने योजना सरकारले बनाएको छ । त्यहीअन्तर्गत पर्यटनसँग सम्बन्धित विभिन्न ६ स्थानका प्रमुखका लागि हिजोको मितिमा आवेदन मागिएको छ ।
रिक्त भएका पदहरूमा लुम्बिनी विकास कोषको सदस्य सचिव, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक, पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितका कार्यकारी निर्देशक, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक, खप्तड क्षेत्र पर्यटन विकास समितिका कार्यकारी निर्देशक र तारागाउँ विकास समितिका कार्यकारी निर्देशक रहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात दिनको म्याद राखी कम्तीमा स्नातकोत्तर पास गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव भएका व्यक्तिहरूको दर्खास्त आह्वान गरेको छ ।
चुनावी परिणमपछि पहिलो दल बनेको र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारीमा रहेको नेकपा (एमाले) ले निर्वाचनपछिको कामचलाउ सरकारले यस्ताखाले कुनै नियुक्ति नगर्न र गरे पनि आफ्नो सरकारले उल्टाइदिने चेतावनी दिइसकेको छ ।
तर पनि यसअघि सञ्चारअन्तर्गतका विभिन्न स्थानमा समेत सरकारले नियुक्ति गरिसकेको छ । तुलनात्मक रूपमा पर्यटन मन्त्रालयको नियुक्तिलाई मालदार मानिन्छ ।
अझ लुम्बिनी विकास कोष त अर्बौं बजेट भएको निकाय हो । उपाध्यक्षको पदावधि सकिएपछि उपाध्यक्षमा मन्त्रालयले यसअघि नै नियुक्ति गरिसकेको छ भने सदस्य सचिव अजितमान तामाङको पनि पदावधि सकिएकाले सरकारले दर्खास्त आह्वान गरेको हो ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply