पहिलोपटक भारतको राजनीतिमा ठूलो परिवर्तन
बालकृष्ण गुप्ताको चुनावी सभा भवानीपुरमा पनि राखियो । डा. राममनोहर लोहियाले सम्बोधन गर्ने पोस्टहरू व्यापक रूपले टाँसिएको हुँदा धेरै ठूलो संख्यामा वरपर र टाढाटाढा गाउँहरूबाट समेत मान्छेहरू जम्मा थिए ।
चुनाव यतातिरका इलाकाहरूबाट बालकृष्ण गुप्ताले राम्रो मतदान पाए पनि पूर्णिया सहर र यसको ग्रामीण इलाकामा पूर्वपाकिस्तान बनेपछि त्यहाँबाट भागेको हिन्दु बंगालीहरूको ठूलो बाहुल्य २० वर्षअगाडि सन् १९४७ देखि रहँदै आएको थियो । कांग्ेरसका उम्मेदवार बंगाली थिए । अर्को कुरा कटिहार र किसानगन्जतिर पहिले देखिँदै बस्दै आएको मुसलमान जनसंख्या जसमध्ये पूर्वी पाकिस्तान नभएर यहीँ बसेका तर मनमा भित्रभित्रै असुरक्षित महसुस गरिरहेकाहरूमा भारतीय कांग्ेरसको धर्मनिरपेक्षता र सरकारी पार्टीलाई साथ दिनु नै सुरक्षित रहने मनोविज्ञानले पनि भारतीय कांग्ेरसका उम्मेदवारलाई त्यस बखतसम्म सघाउँदै आएका थिए । अर्को कुरा त्यतातिर कांग्ेरसका बंगालीहरूले बालकृष्ण गुप्ता मारवाडी भएको अराजनीतिक प्रचार पनि व्यापक रूपले गरेछन् । डा. राममनोहर लोहियाले कैयौं ठाउँ आमसभा सम्बोधन गरेर बालकृष्णलाई धेरै सघाउँदा केही मतका अन्तर कांग्ेरसकै उम्मेदवारको जित भयो ।
तर, सन् १९६७ मा लगातार २० वर्ष सन् १९४७ देखि एकछत्र सरकार चलाउँदै आएको भारतीय राष्ट्रिय कांग्ेरसको सरकार भने पहिलोपटक सत्ताबाट हट्न पुग्यो । बिहारको प्रान्तीय सभामा त्यसबखतको ३ सय १८ मध्ये जम्मा १ सय २८ भयो र विरोधी दल डा. राममनोहर लोहिया नेता रहेका संयुक्त सोसलिस्ट पार्टी ६८, जयप्रकाश नारायण नेतृत्वको प्रजा सोसलिस्ट पार्टी भारतीय जनसंघ (भाजपाको पहिलो संस्था) जनक्रान्ति दल, भारतीय कम्युनिस्ट पार्टी (२४), माक्र्सवादी कम्युनिस्ट पार्टी (४) लगायत सबै विरोधी दल मिल्दा १ सय ९० हुन गई कांग्ेरसको १ सय २८ भन्दा धेरै भयो ।
उता, पश्चिम बंगालमा पनि २ सय ८० मध्ये १ सय ३३ स्थान जिती भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी प्रथम र भारतीय कांग्ेरसले १ सय २७ स्थान पाई सन् १९६७ को चुनावमा दोस्रो भयो । अरू वामपन्थी पार्टीहरू भारतीय कम्युनिस्ट पार्टी १६, फरवर्ड ब्लक १३ र अरूहरू चुनावअघि नै कांग्ेरस फुटेर नयाँ पार्टी बंगाल कांग्ेरसको ३३ स्थान प्राप्त नेता अजथय मुखर्जीलाई मुख्यमन्त्री र ज्योति बसु उपमुख्यमन्त्री भई प्रथम गैरकांग्ेरसी सरकार बन्ने भयो ।
२० वर्षपछि अरू कैयौं प्रान्तमा पनि भारतीय राष्ट्रिय कांग्ेरसको सरकारहरू विस्थापित भएका थिए ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply