14th December 2017, Thursday

E-budhabar

पहिलो पार्टी बन्ने उद्घोषसहित एमालेले टुंग्यायो उम्मेदवार



तेस्रो चरणको स्थानीय तह निर्वाचनमा को कहाँबाट उम्मेदवार ?

काठमाडौं । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणको निर्वाचनमा पनि पहिलो पार्टी बन्ने उद्घोषसहित एमालेले स्थानीय तहको प्रदेश नम्बर २ मा पार्टीका तर्फबाट अधिकांश उम्मेदवार टुंगो लगाएको छ । हिजो मंगलबार पार्टी कार्यालयम एक कार्यक्रम गरी एमालेले प्रदेश नम्बर २ का आठ जिल्लाका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवारको नाम सार्वजनिक गरेको हो । आठ जिल्लाका १ सय ३६ तहमध्ये सबैजसोे उम्मेदवारहरूको टुंगो लगाएको हो  । असोज २ गते हुने यो निर्वाचनका लागि आज मनोनयन हुँदै छ ।

यसअघि सम्पन्न दुवै चरणका निर्वाचनमा लोकप्रिय मतका आधारमा समेत एमालेले उल्लेख्य सफलता हासिल गरेको छ । स्थानीय तहमा प्राप्त सिट संख्या र लोकप्रिय मतका आधारमा एमाले नेपालको राष्ट्रिय राजनीतिमा नेतृत्वदायी र सबभन्दा शक्तिशाली पार्टीका रूपमा स्थापित भएको छ । आजको चुनौतीपूर्ण र घेराबन्दीको अवस्थामा सबैखाले बाधा, व्यवधान, अवरोध र एमालेविरुद्ध गरिएका सबैखाले गठबन्धनका प्रतिकूलताहरूको सामना गर्दै एमालेलाई मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित गर्ने भूमिका खेलेको भन्दै सम्पूर्ण नेपालीलाई एमालले धन्यवाद ज्ञापन गरेको छ । हिजो उम्मेदवारी घोषणासभामा जारी प्रेस विज्ञप्तिमा एमालेले भनेको छ, ‘असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनबाट समेत पार्टीले प्राप्त गरेको यो स्थान कायम राख्न साथ र सहयोग रहने विश्वाससमेत व्यक्त गर्दछौं । हामी घोषणा गर्दछौं, प्रदेश नम्बर २ मा समेत नेकपा (एमाले) ले प्रथम स्थान सुरक्षित गर्छ । र, प्रदेश नम्बर २ का आममतदातालाई नेकपा (एमाले) को पक्षमा मतदान गरी मुलुकको राष्ट्रियता एकता, सामाजिक सद्भाव, स्थिर र बलियो लोकतान्त्रिक अभ्यास र समृद्धिको बाटोमा अघि बढ्न ठोस योगदान गर्नसमेत हामी हार्दिक आह्वान गर्दछौं ।’
निर्वाचनको प्रचारप्रसार तीव्र बनिरहेको पछिल्लो अवस्थामा सरकार र सत्तापक्षीय गठबन्धनबाट प्रदेश नम्बर २ का जनतालाई आतंकित गर्ने, मत प्रभावित गर्ने उद्देश्यले राज्यसत्ताको दुरुपयोग गर्ने रवैया बढ्दै गएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ । सरकारी साधन स्रोतको दुरुपयोग र निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने काममा स्वयं सरकारका मन्त्रीहरू, सत्ताधारी गठबन्धनका नेताहरू सामेल भइरहेका समाचारहरू एकपछि अर्को आइरहेको भन्दै वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी प्रदेश नम्बर २ मा शान्तिपूर्ण र भयरहित ढंगले मतदाताहरूले मदतान गर्न पाउने अधिकार सुनिश्चित गर्न तथा आचारसंहिताको कडाइका साथ पालना गराउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
‘लोकतन्त्रमा सबै राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो विचार र आस्थाका आधारमा चुनावी अभियान सञ्चालन गर्न पाउनु अत्यन्तै न्यूनतम कुरा हो । पछिल्ला दिनहरूमा प्रदेश नम्बर २ का विभिन्न जिल्लामा नेकपा (एमाले) का कार्यक्रमहरू बिथोल्न खोज्ने, उम्मेदवारहरूलाई मतदाताबीच पुग्न अवरोध सिर्जना गर्ने, एमालेविरुद्ध कुप्रचार गर्नेजस्ता निन्दनीय क्रियाकलापहरू बढ्दै गएका छन् । नेकपा (एमाले) तराई÷मधेसका जनताकै काखमा जन्मिएको, उनीहरूकै मायाममता र सहयोगमा हुर्किंदै यहाँसम्म आइपुगेको पार्टी हो । इतिहासका प्रत्येक अप्ठ्यारा कालखण्डमा तराई÷मधेसका जनतासँग नेकपा (एमाले) ले प्रगाढ सम्बन्ध स्थापित गर्दै आएको छ । तराई÷मधेसमा सामन्ती व्यवस्था, जातीय विभेद र लैंगिक विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै सामाजिक न्याय र समानता स्थापित गर्न अनवरत रूपमा जनताको अगुवाइ गर्दै आएको पार्टी नेकपा (एमाले) हो । यसक्रममा आमजनसमुदायबाट अपार समर्थनसमेत प्राप्त गर्दै आएको पार्टी नेकपा (एमाले) हो । अहिले पनि हाम्रा पार्टीविरुद्ध फैलाइएका सबैखाले भ्रम तथा षड्यन्त्रहरूलाई चिर्दै नेकपा (एमाले) लाई लोकप्रिय पार्टीका रूपमा स्थापित गर्न तराई÷मधेसका जनता उत्साहका साथ हाम्रो पार्टीको चुनावी प्रचार अभियानमा जुटिरहेका छन् । पार्टीलाई अझै एकताबद्ध र सुदृढ गर्दै हाम्रा विरुद्धका सबै षड्यन्त्रलाई परास्त गर्न र तराई÷मधेसमा साँचो लोकतन्त्र स्थापित गर्ने महाअभियानमा जुट्न हामी पार्टीका सबै नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई हार्दिक आह्वान गर्दछौं । प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तहको चुनावका लागि शान्ति सुरक्षाको पूर्णतया ग्यारेन्टी गर्न र आममतदातालाई भयरहित ढंगले मतदान गर्ने वातावरण सिर्जना गर्न हाम्रो पार्टी नेपाल सरकार, सम्बद्ध सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण गर्दछ,’ वक्तव्यमा भनिएको छ ।
को कहाँबाट उम्मेदवार ?
महोत्तरी
बर्दिबास नगरपालिका प्रमुख ः सुुरेशबहादुर राउत, उपप्रमुख ः कमला वाइबा तामाङ, भंगाहा नगरपालिका प्रमुख ः अरुणकुमार सिंह, उपप्रमुख ः अनिता यादव, लोहारपट्टी नगरपालिका प्रमुख ः बदरुल हक कवारी, उपप्रमुख ः शोभा झा, मटिहानी नगरपालिक प्रमुख ः मुजिम राइन, उपप्रमुख ः गुलावदेवी मण्डल, जलेश्वर नगरपालिका प्रमुख ः माधव मण्डल, उपप्रमुख ः रागिनी चौधरी, गौशाला नगरपालिका प्रमुख ः पदमप्रसाद उपाध्याय, उपप्रमुख ः शान्तिदेवी सिंह दनुवार, रामगोपालपुर नगरपालिका प्रमुख ः रामदुलार साह, उपप्रमुख ः रञ्जु पटेल, औरही नगरपालिका प्रमुख ः मोहन महतो, उपप्रमुख ः सुमित्रादेवी यादव, बलवा नगरपालिका प्रमुख ः मन्सुर कवारी, उपप्रमुख ः लालोदेवी मण्डल, मण्डासिसवा कटैवा नगरपालिका प्रमुख ः राजकिशोर साह, उपप्रमुख ः चन्दुदेवी मण्डल, पिपरा गाउँपालिका अध्यक्ष ः विक्रम चौधरी, उपाध्यक्ष ः रेखादेवी साह, महोत्तरी गाउँपालिका अध्यक्ष ः जितेन्द्र पासवान, उपाध्यक्ष ः गोलसन खातुन, सोनमा गाउँपालिका अध्यक्ष ः रामदुलार यादव, उपाध्यक्ष ः राजादेवी साह, सम्सी गाउँपालिका अध्यक्ष ः मिनाक्षीकुमारी साह, उपाध्यक्ष ः शेष इद्रिस, एकडारा गाउँपालिका अध्यक्ष ः इलियास अन्सारी, उपाध्यक्ष ः ममतादेवी मण्डल ।
सर्लाही
मंलगवा नगरपालिका प्रमुख ः देवेन्द्र राय यादव, उपप्रमुख ः कसिरा खातुन, ईश्वरपुर नगरपालिका प्रमुख ः मनोज देवकोटा, उपप्रमुख ः एकावती चौधरी, लालबन्दी नगरपालिका प्रमुख ः मानबहादुर खडका, उपप्रमुख ः शान्ति लामा, हरिपुर नगरपालिका प्रमुख ः जमरुद्दीन मन्सुर, उपप्रमुख ः रेणुका काफ्ले, बरहथवा नगरपालिका प्रमुख ः कल्पना कटुवाल, उपप्रमुख ः विष्णुकान्त महतो, हरिऔन नगरपालिका प्रमुख ः गणेश प्रसाई, उपप्रमुख ः रेणुका पौडेल, बाग्मती नगरपालिका प्रमुख ः विष्णु पुलामी, उपप्रमुख ः विभा नेपाल, कविलासी नगरपालिका प्रमुुख ः फगुनी मण्डल, उपप्रमुख ः गीतादेवी साह, हरिपुर्वा नगरपालिका प्रमुख ः जयप्रकाश यादव, उपप्रमुख ः वन्दना साह, बलरा नगरपालिका प्रमुख ः उमेश सिंह, उपप्रमुख ः सुनितादेवी सहनी, बसबरिया गाउँपालिका अध्यक्ष ः रुदल सहनी, विष्णु गाउँपालिका अध्यक्ष ः मुनिल हजारी, कौडेना गाउँपालिका अध्यक्ष ः लालबाबु साह सोनार, चक्रघट्टा गाउँपालिका अध्यक्ष ः उपेन्द्र यादव, उपाध्यक्ष ः धनवतीदेवी पासवान, चन्द्रनगर गाउँपालिका अध्यक्ष ः लछेन्दर बिन मुखिया छन् । ब्रह्मपुरी, पर्सा, गोडैता, रामनगर र धकोल गाउँपालिकाको निर्णय आज गरिने जनाइएको छ ।
सप्तरी
सप्तकोसी नगरपालिका प्रमुख ः उत्तमकुमार गौतम, उपप्रमुख ः आशा चौधरी, कञ्चनरूप नगरपालिका प्रमुख ः वसन्त मिश्र, उपप्रमुख ः आस्रादेवी चौधरी, बोदेवसाइन नगरपालिका प्रमुख ः कमाल मोहमद, उपप्रमुख ः तारादेवी झा, हनुमाननगर कंकालनी नगरपालिका प्रमुख ः सोभितलाल यादव, उपप्रमुख ः अरुणा पैकरा, राजविराज नगरपालिका प्रमुख ः सुखराम यादव, उपप्रमुख ः ममता चौधरी, शम्भुनाथ नगरपालिका प्रमुख ः जितेन्द्रप्रसाद गुप्ता, उपप्रमुख ः शोभाकुमारी चौधरी, डाक्नेश्वरी नगरपालिका प्रमुख ः रामलखन मुखिया, उपप्रमुख ः मिन्टु चौधरी, खडक नगरपालिका प्रमुख ः शत्रुघनप्रसाद साह, उपप्रमुख ः राधा पासवान, सुरुंगा नगरपालिका प्रमुख ः रामनारायण चौधरी, उपप्रमुख ः सविता साह, तिरहुत गाउँपालिका अध्यक्ष ः गफुर मियाँ, उपाध्यक्ष ः अम्बिकाकुमारी यादव, महादेवा गाउँपालिका अध्यक्ष ः राजाराम यादव, उपाध्यक्ष ः हीरादेवी शर्मा, रूपनी गाउँपालिका उपाध्यक्ष ः सञ्जुकुमारी चौधरी, विष्णुपुर गाउँपालिका अध्यक्ष ः अशोककुमार यादव, उपाध्यक्ष ः सोनितादेवी राम, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष ः जागेश्वर झा, उपाध्यक्ष ः रञ्जुदेवी मण्डल, छिन्नमस्ता गाउँपालिका अध्यक्ष ः जयप्रकाश ठाकुर, उपाध्यक्ष ः अञ्जुदेवी यादव, बेल्ही चपेना गाउँपालिका अध्यक्ष ः ओमप्रकाश मण्डल, उपाध्यक्ष ः आशादेवी यादव, अग्निसाइर कृष्णासवरण गाउँपालिका अध्यक्ष ः बद्रीनारायण चौधरी, उपाध्यक्ष ः शैलेन्द्रीदेवी लेखी, बलान त्रिहुल गाउँपालिका अध्यक्ष ः अशोककुमार यादव रहेका छन् ।
पर्सा
वीरगन्ज महानगरपालिका प्रमुख ः बसरुद्दीन अन्सारी, उपप्रमुख ः सोफिया आचायर्, पोखरिया नगरपालिका प्रमुख ः वृजेश चौहान, उपप्रमुख ः मीना देवी, बहुदरामाई नगरपालिका प्रमुख ः प्रमोदप्रसाद कुशवाहा, ठोरी गाउँपालिका अध्यक्ष ः लालबहादुर श्रेष्ठ, उपाध्यक्ष ः गोकुलकुमारी रेग्मी, जिराभवानी गाउँपालिका अध्यक्ष ः रामप्रित महतो थारु, उपाध्यक्ष ः उषादेवी थरुनी, धोबनी गाउँपालिका अध्यक्ष ः इस्लाम मियाँ तेली, उपाध्यक्ष ः रामकलीदेवी कुर्मिन, छिपहरमाई गाउँपालिका अध्यक्ष ः रञ्जित गुप्ता, उपाध्यक्ष ः आशादेवी यादव, जगरनाथपुर गाउँपालिका अध्यक्ष ः वासुदेव राम, उपाध्यक्ष ः रवनी पाण्डे, पटेर्बा सुगौली गाउँपालिका अध्यक्ष ः हरिनारायण चौधरी, उपाध्यक्ष ः सञ्जु चौधरी, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष ः निरराज गिरी, उपाध्यक्ष ः केदारकुमारी विक, पकाहा मैनपुर गाउँपालिका अध्यक्ष ः मदन पासवान, उपाध्यक्ष ः प्रमिलादेवी दास, कालिका गाउँपालिका अध्यक्ष ः कृष्णमोहन तिवारी, बिन्दवासनी गाउँपालिका अध्यक्ष ः गौरीशंकर साह, उपाध्यक्ष ः रेणु चौरसिया रहेका छन् ।
बारा
कलैया उपहानगरपालिका प्रमुख ः विनोद साह, उपप्रमुख ः प्रतिमा यादव, जितपुर–सिमरा उपमहानगरपालिका
प्रमुख ः कृष्ण पौडेल, उपप्रमुख ः सरस्वती चौधरी, सिम्रौनगढ नगरपालिका प्रमुख ः गगनदेव कुशवाहा, उपप्रमुख ः राजकुमारी यादव, कोल्हवी नगरपालिका प्रमुख ः भरतबहादुर भण्डारी, उपप्रमुख ः सुनैना चौधरी, निजगढ नगरपालिका प्रमुख ः यमबहादुर खडका, उपप्रमुख ः लीला खनाल, महागढीमाई नगरपालिका प्रमुख ः महानन्द यादव, उपप्रमुख ः मीराकुमारी जैसवाल, पचरौता नगरपालिका प्रमुख ः लोकनाथ राय यादव, उपप्रमुख ः नजमा खातुन, आदर्श कोटवा गाउँपालिका अध्यक्ष ः लालबाबु यादव, उपाध्यक्ष ः उषादेवी कुशवाहा, करैयामाई गाउँपालिका अध्यक्ष ः मोतीलाल चौधरी, उपाध्यक्ष ः सूर्यवती राम, देवताल गाउँपालिका अध्यक्ष ः विजय पाण्डे, उपाध्यक्ष ः रिनाकुमारी राम, परवानीपुर गाउँपालिका अध्यक्ष ः राम क्षत्री पटेल, उपाध्यक्ष ः सुगन्धी देवी, प्रसौनी गाउँपालिका अध्यक्ष ः प्रमोद गुप्ता, उपाध्यक्ष ः सावित्री देवी, फेटा गाउँपालिका अध्यक्ष ः गुलाम अन्सारी, उपाध्यक्ष ः सावित्री गिरी, वारागढी गाउँपालिका अध्यक्ष ः सीताराम चौधरी, उपाध्यक्ष ः धनमाया चौधरी, विश्रामपुर गाउँपालिका अध्यक्ष ः धर्मदेव यादव, उपाध्यक्ष ः राजमती यादव, सुवर्ण गाउँपालिका अध्यक्ष ः सत्यपाल यादव, उपाध्यक्ष ः सयोदा खातुन ।
सिरहा
लहान    नगरपालिका प्रमुख ः मुन्नी साह, उपप्रमुख ः सरियार चौधरी, गोलबजार नगरपालिका प्रमुख ः श्याम श्रेष्ठ, मिर्चैया     नगरपालिका प्रमुख ः प्रदीप महासेठ, उपप्रमुख ः शोभा साह, सिरहा नगरपालिका प्रमुख ः डा. नवीन यादव, उपप्रमुख ः डा नविता यादव, कर्जन्हा नगरपालिका प्रमुख ः रामदयाल महतो, उपप्रमुख ः अन्जु राय, सुखीपुर नगरपालिका प्रमुख ः रामअवतार यादव, उपप्रमुख ः रेणुदेवी साह, कल्याणपुर नगरपालिका प्रमुख ः रामपुकार साह, उपप्रमुख ः चन्द्रकलादेवी यादव, सखुवा नन्कारकट्टी गाउँपालिका अध्यक्ष ः केदार यादव, उपाध्यक्ष ः अमला यादव, वरियारपट्टी गाउँपालिका अध्यक्ष ः राम स्वगारथ यादव, उपाध्यक्ष ः देवशरणदेवी यादव, नवराजपुर गाउँपालिका अध्यक्ष ः सुरेन्द्र यादव, उपाध्यक्ष ः संगीतादेवी यादव, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष ः देवनारायण साह, उपाध्यक्ष ः गीता चौधरी, अर्नमा    गाउँपालिका अध्यक्ष ः चन्देश्वर मण्डल, उपाध्यक्ष ः रामकुमारी महतो, विष्णुपुर गाउँपालिका अध्यक्ष ः सत्यनारायण यादव, उपाध्यक्ष ः ममताकुमारी सिंह, नरहा गाउँपालिका अध्यक्ष ः रामशरण यादव, उपाध्यक्ष ः गुलावदेवी चौधरी, औरही गाउँपालिका अध्यक्ष ः सुवर्ण यादव, उपाध्यक्ष ः आशादेवी यादव, भगवानपुर गाउँपालिका अध्यक्ष ः उग्रनारायण यादव, उपाध्यक्ष ः विन्दादेवी यादव ।
रौतहट
गौर नगरपालिका प्रमुख ः शम्भु साह, उपप्रमुख ः इन्दुकुमारी झा, राजदेवी नगरपालिका प्रमुख ः भिखारी यादव, उपप्रमुख ः रुबीकुमारी महतो, माधवनारायण नगरपालिका प्रमुख ः रामनरेश यादव, उपप्रमुख ः पुनम साह, गढीमाई नगरपालिका प्रमुख ः हरिनारायण यादव, उपप्रमुख ः गजला साहिन, गरुडा नगरपालिका, प्रमुख ः मोहम्मद कलिम उल्लाह, उपप्रमुख ः पानपतिकुमारी सहनी, वृन्दावन नगरपालिका प्रमुख ः विनोदप्रसाद कुर्मी, उपप्रमुख ः पार्वतीदेवी सहनी, चन्द्रपुर नगरपालिका प्रमुख ः बाबुराम दाहाल, उपप्रमुख ः रामरति चौधरी, गुजरा नगरपालिका प्रमुख ः रामेश्वरीदेवी चौधरी, उपप्रमुख ः इन्द्रिस सिद्धिकी, कटहरिया नगरपालिका प्रमुख ः योगेन्द्र साह, उपप्रमुख ः सयलकुमारी देवी यादव, देवाहीगोनाही नगरपालिका प्रमुख ः धमेन्द्रप्रसाद पटेल, उपप्रमुख ः सिकिलिया देवी यादव, फतुवा विजयपुर नगरपालिका प्रमुख ः बुधाई खाँ पैठान, उपप्रमुख ः पवित्रा कार्की, मौलापुर नगरपालिका प्रमुख ः गगनदेव साह, उपप्रमुख ः सुनितादेवी यादव, बौधीमाई नगरपालिका प्रमुख ः प्रदीप यादव, उपप्रमुख ः इन्दु मिश्र,
राजपुर नगरपालिका प्रमुख ः साह मोहम्मद, उपप्रमुख ः लक्ष्मीदेवी साह, इसनाथ नगरपालिका प्रमुख ः सदरे आलम, उपप्रमुख ः प्रभावतीदेवी साह, परोहा नगरपालिका प्रमुख ः ताराचन्द्रप्रसाद सिन्हा, उपप्रमुख ः लुसरत जहाँ, दुर्गाभगवती गाउँपालिका अध्यक्ष ः वीरेन्द्र साह, उपाध्यक्ष ः प्रमिलादेवी यादव, यमुनामाई गाउँपालिका अध्यक्ष ः मक्सुद आलम, उपाध्यक्ष ः किरणदेवी साह रहेका छन् ।

धनुषा
जनकपुर उपमहानगरपालिका प्रमुख ः लक्ष्मीनारायण भगत, उपप्रमुख ः पुनमकुमारी मिश्र, हसपुर नगरपालिका
प्रमुख ः सुशील साह, उपप्रमुख ः किरणकुमार यादव, धनुषाधाम नगरपालिका प्रमुख ः योगकुमार यादव, उपप्रमुख ः अम्बिका विश्वकर्मा, विदेह नगरपालिका प्रमुख ः राजकिशोर यादव, उपप्रमुख ः आशादेवी झा, मिथिला बिहारी नगरपालिका प्रमुख ः अनिल यादव, उपप्रमुख ः अनिताकुमारी साह, मिथिला नगरपालिका प्रमुख ः हरिनारायण महतो, उपप्रमुख ः तारा बस्नेत लामा, नगराइन नगरपालिका प्रमुुख ः रामबाबु साह, उपप्रमुख ः राधिका यादव, कमला नगरपालिका प्रमुख ः दीपेन्द्र यादव, उपप्रमुख ः गायत्रीदेवी महतो, क्षिरेश्वरनाथ नगरपालिका प्रमुख ः हरिनारायण यादव, उपप्रमुख ः यशोदाकुमारी यादव, शहिदनगर नगरपालिका प्रमुख ः जयप्रकाश यादव सुनरैत, उपप्रमुख ः मीना मण्डल, सबैला नगरपालिका उपप्रमुख ः इन्दु गुप्ता, चारनाथ गणेशमान नगरपालिका प्रमुख ः बेचन साह, उपप्रमुख ः मञ्जु लामा, बटेश्वर गाउँपालिका अध्यक्ष ः डम्बरबहादुर राउत, उपाध्यक्ष ः इन्दिरा सिंह दनुवार, लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष ः राजकिशोर यादव, उपाध्यक्ष ः भौली यादव, औरही गाउँपालिका अध्यक्ष ः उमाशंकर साह, उपाध्यक्ष ः नन्दकुमारी ठाकुर, मुखियापट्टि मुसरनियाँ गाउँपालिका, अध्यक्ष ः मनोजकुमार यादव, उपाध्यक्ष ः मिरादेवी महतो, धनौजी गाउँपालिका अध्यक्ष ः राजकुमार, उपाध्यक्ष ः इन्दिला यादव, जनकनन्दनी गाउँपालिका अध्यक्ष धितेन्द्रलाल दास, उपाध्यक्ष ः गीता साह रहेका छन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कुमारी र एनसीसी बैंक डुबाउने खेलमा को–को ?

काठमाडौं । काण्डैकाण्डमा मुछिएको कुमारी बैकमा फेरि पनि विवाद बल्झिएको छ । यसअगाडिका सीईओ उदयकृष्ण उपाध्याय यौन काण्डमा परेर चर्चामा आएका मात्र होइनन्, उनको जागिर नै गएको थियो- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

जहाँ फुल्दै छ एउटा सार्थक सपना

आखिर सपना देख्नेहरू नै बदल्छन्– सिंगो संसार, आफू बाँचिरहेको समाज÷परिवेश । युवा सर्जक कमल ढकालसँग पनि सपनाका अनगिन्ति थाकहरू थिए । तिनै सपनामध्ये अहिले एउटा स्वप्नले सार्थक र- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

चीन बुझ्न सजिलो

पहिलो आर्थिक महाशक्ति बन्ने तीव्र दौडमा सामेल चीनले पछिल्ला अवधिमा विकास, उन्नति र समृद्धिको क्षेत्रमा मारेको फड्कोले सबैलाई चकित तुल्याउँछ । समाजवादी राज्य प्रणाली अपनाएयता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा