15th August 2018, Wednesday

E-budhabar

प्रतिपक्षका अभिव्यक्ति बासी प्रश्नका पुलिन्दा



प्रतिपक्षका अभिव्यक्ति बासी प्रश्नका पुलिन्दा

१. सम्माननीय राष्ट्रपतिले यही २०७५ जेठ ७ गते संघीय संदनको दुवै सदनको संयुक्त बैठकमा वर्तमान सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । यो नीति तथा कार्यक्रम लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र परिवर्तनको निम्ति विगत सात दशकयता भएका ऐतिहासिक शान्तिपूर्ण राजनीतिक क्रान्ति, संशस्त्र संघर्ष, जनआन्दोलन, सामाजिक र सामुदायिक आन्दोलनप्रतिको नेपाल राष्ट्रको उत्तरदायित्वको समष्टिगत दस्तावेज हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भावी विश्वास, बाटो र उज्यालो पनि हो ।
२. आधुनिक राष्ट्र निर्माण र लोकतन्त्र प्राप्तिका खातिर नेपाली आमाका कर्मठ र योग्य सन्तानहरूको वीरता र बलिदानको उच्च सम्मान गर्दै ती तमाम आदरणीय सहीद तथा अग्रजहरूको सपनालाई साकार पार्ने दृढ अठोटको मार्गचित्र हो, ‘यो नीति तथा कार्यक्रम ।’ नेपाली जनताको लामो समयदेखिको संघर्ष र बलिदानको जगमा निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले परिकल्पना गरेको समाजवादउन्मुख भावी समृद्ध नेपालको मार्गचित्र हो । गएको निर्वाचनमा वाम गठबन्धनले नेपाली जनतासमक्ष गरेका वाचा, खाएको कसम र देखाएको सपनालाई वास्तविकतामा बदल्ने बृहत् परियोजनासमेत हो ।
३. प्रतिपक्षको रचनात्मक भूमिका संसदीय लोकतन्त्रको गहना हो । ‘आफ्नै मनको बाघ’ले लखेटिरहेको वर्तमान प्रतिपक्ष आफैं भय, त्रास, अन्योल, अनिश्चय र द्विविधाको सिकार बनिरहेको छ । ऊ आफ्नै इतिहासको गहु्रुँगो भारीले असाध्यै नराम्ररी थिचिएको छ । प्रतिपक्षका माननीयज्यूहरूको अभिव्यक्ति बासी प्रश्नहरूको पुलिन्दाजस्तै छन् र समयले ताजा प्रश्नहरू जन्माएको छ र ताजा उत्तर खोजिरहेको छ । बासी र पुराना प्रश्नतिर अल्यमल्याएर सत्ता पक्षलाई अल्छी नबनाउन म प्रतिपक्षका मित्रहरूलाई अनुरोध गर्दछु ।
यहाँनिर म भन्न चाहन्छु, ‘लोकतन्त्रलाई पद्धतिका रूपमा मात्रै होइन, संस्कृतिका रूपमा समेत अवलम्बन गर्दै आएको ‘नेपाल कम्युनिस्ट पार्टी’ प्रतिपक्षको संवैधानिक भूमिका र मर्यादाप्रति सदैव संवेदनशील छ, हुनेछ ।’ २०४८ सालको संसद्मा जस्तो वर्तमान संसद्मा प्रतिपक्षले उपेक्षा भोग्नुपर्नेछैन । निषेधको अनुभव गनुपर्नेछैन ।
तत्कालीन अवस्थामा मृत्यु र जीवनसँग जुधिरहनुभएका आदरणीय नेता मनमोहन अधिकारीमाथि गरिएको अमावनीय र संवेदनहीन व्यवहार यो संसद्को कुनै पनि माननीय सदस्यमाथि पुनरावृत्ति हुनेछैन । बिर्सनलायक संवेदनहीन कदम दोहोरिन दिनेछैनौं भन्ने कुरामा म विश्वास व्यक्त गर्न चाहन्छु ।
४. २००७, २०४६ र २०६२÷६३ मा भएका ऐतिहासिक क्रान्ति र आन्दोलनहरू मूलतः वाम लोकतान्त्रिक शक्ति र उदार लोकतान्त्रिक शक्तिको सहकार्यबाट सम्पन्न भएको वास्तविकलाई कसैले बिर्सन सक्दैन । भुल्न मिल्दैन । संविधानसभामा वामपन्थी शक्तिले प्रभावकारी भूमिकासहित नेतृत्व नगरेको भए संविधानको घोषणा हुन असम्भव थियो भन्ने इतिहासको तथ्य हामीलाई स्मरण छ ।
संविधानको कार्यान्वयनमा तीनै तहको निर्वाचन, नयाँ संरचना र संस्थाहरूको निर्माणसँगै मुलुक राजनीतिक स्थिरता र शासकीय स्थायित्वतर्फ अघि बढ्दै छ । यस्तो अवस्थामा विगतमाझंै सरकारमा साझेदारी गरिरहनुपर्नेछैन । तर, नेपाली समाजको अग्रगतिका लागि सवैधानिक राजनीतिक शक्तिहरूका बीचमा सहकार्य अनिवार्य छ । नीति तथा कार्यक्रमले यो महŒवलाई आत्मसात् गरेको छ ।
५. भौगोलिक अखण्डता तथा सामाजिक एकता नेपाली राष्ट्रियताका अभिन्न पाटा हुन् । हाम्रा पुर्खाहरूको बलिदान र रगतसँग साटिएको हाम्रो प्यारो देश र हाम्रो माटो हाम्रा लागि सबैभन्दा प्रिय छन् । हामी सबै यही प्यारो देशलाई शिरमा सजाएर र यही माटोलाई मुटुमा राखेर दौडिरहेका छौं । सबै वर्ग, जाति, भाषा, धर्म, संस्कृति, भूगोल र लिंगका नेपाली जनताबीचको अटुट एकताले हाम्रो राष्ट्रलाई अझ बलियो र चिरस्थायी बनाउनेछ ।
जंगी महŒवकांक्षासहित तीव्र गतिमा दौडिरहेका हाम्रा छिमेकी मित्र राष्ट्रहरूको प्रगतिबाट फाइदा लिँदै भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नु हाम्रो साझा संकल्प हो । यस्तो परीक्षामा पास भएर नेपाली जनताको अपार समर्थन प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वमा रहेको वर्तमान सरकारले यो भूराजनीतिलाई तीव्र आर्थिक विकासका लागि अवसरका रूपमा अघि बढाउने संकल्प यो नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिएको छ ।
‘नेपाली राष्ट्रवाद कुर्सीेअनुसार बदलिँदैन, अवस्था र स्थितिअनुसार फेरिँदैन’ भन्ने मानक सधैंभरिका लागि स्थापित गर्नु छ ।
६. चौडा सडक, अग्ला भवन, रेल, पानीजहाज, ठूला हवाई मैदान आदि यो नीति तथा कार्यक्रममा चर्चित प्रस्तावहरू हुन् । तर, प्रश्न छ, ‘यो सबै केका लागि ? कसका लागि ?’ यसले विद्यमान सामाजिक संरचना र वर्ग संरचनामा के परिवर्तन ल्याउँछ ? तर, हामी प्रस्ट छौं, यसले ल्याउने प्रतिफल ती तमाम सीमान्तकृत र श्रमजीवी जनताको जीवनमा उज्यालो ल्याउनु हो । अनेकौ बोझ, पीडा र नियतिहरूले अभिशप्त उनीहरूको अनुहारमा मुस्कान ल्याउनु हो ।’ त्यही हो, समाजवादी दिशा अनि त्यही हो सामाजिक न्याय भनेको पनि, जुन यो नीति तथा कार्यक्रममा प्रतिबद्धताका रूपमा रहेको छ ।
७. ‘सिद्धान्त र इतिहासको मृत्यु’ भयो भन्ने भ्रान्तिलाई प्रचार गरेर राज्यलाई दलालहरूले कब्जा गर्ने, राज्य र जनताबीचमा सदैव शत्रुतापूर्ण सम्बन्ध बनाइरहने मान्यता कुनै पनि बहाना र मूल्यमा हामीलाई स्वीकार्य छैन । तसर्थ, यो नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीलगायतमा राज्यको नेतृत्वदायी भूमिकालाई स्वीकार गरेको छ । लोककल्याणकारी राज्यको स्थापनासँगै राजनीतिक संस्थाहरूमा बढ्दो दलाली चरित्रलाई अन्त्य गर्ने अपेक्षा गरिन्छ । संसद्, जनप्रतिनिधिमूलक संस्था व्यवस्था, दल र नेतृत्वले विगतमा आफ्नो साख बचाउन नसक्दा जसरी मुलुकले ठूलाठूला क्षति बेहोर्नुप¥यो ।
राष्ट्रको समय बर्बाद भयो । हाम्रा पुर्खाहरूले आफ्नो उर्वर र अमूल्य समय निर्माणमा होइन, अभियान र आन्दोलनमा खर्चिनुप¥यो । यसबाट पाठ सिक्दै राजनीतिक संस्थाहरूभित्र यो वा त्यो कुनाबाट प्रभाव विस्तार गरिरहेको दलाल प्रवृत्तिलाई अन्त्य गर्दै संसद्मार्फत व्यवस्थाले आफ्नो विश्वास बचाइराख्नुपर्ने छ । यो हाम्रो सबैको साझा दायित्व पनि हो ।
८. नेपालको लोकतान्त्रिक क्रान्तिले संविधान निर्माणसँगै पूर्णता पाएपछि विकास र समृद्धिको भोक जागेको छ । जगाइरहेको छ । हाम्रो भू–राजनीतिले भोकभोकै हिँडेर भावनात्मक गीत मात्रै गाउने छुट दिँदैन । दिइरहेको छैन । भोका पेटहरूलाई सन्तुष्ट बनाउन सकियो भने राष्ट्र निर्माणको अजंग शक्ति त्यही हुनेछ । तर, भोका पेटहरू भोकै बसिरह्यो भने विध्वंसको रूप लिनेछ । यो हामी सबैका लागि गम्भीर चुनौती हो ।
हामीले ती भोका पेटहरूलाई राष्ट्र निर्माणमा लगाउनु छ । संसारलाई सुन्दर बनाउन योगदान दिइरहेको हाम्रो श्रमशक्तिलाई यही देशलाई सुन्दर बनाउन र यही माटोलाई उर्वर बनाउन परिचालन गर्नुपर्दछ । ‘पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका रूपमा यो संकल्प नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश भएको छ ।
९. यो नीति तथा कार्यक्रममा कृषिको आधुनिकीरण जलस्रोतको बहुउपयोग, पर्यटन पूर्वाधार, मानव संशोधनको विकासमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने उत्पादनमा वृद्धि गर्ने न्यायोचित वितरण गर्ने, व्यापार घाटाबाट उत्पन्न परनिर्भरतालाई अन्त्य गर्ने अठोट गरिएको छ । वार्षिक रूपमा श्रम बजारमा आउने युवाशक्तिलाई योग्यताअनुसारको काम दिने, दुई अंकको आर्थिक वृद्धि गर्ने, प्रतिव्यक्ति आयमा बढोत्तरी गर्ने भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लक्ष्य राखिएको छ । यसको समष्टि परिणाम ‘सुखी नेपाली ः समृद्ध नेपाल’का रूपमा देखाउनुपर्ने छ । यसका लागि सर्वत्र परिर्वतन गर्नुपर्ने छ । कार्ल माक्र्सले भन्नुभएको थियो, ‘दार्शनिकहरूले विभिन्न ढंगबाट संसारको व्याख्या मात्रै गरेका छन्, जबकि सवाल यसलाई परिवर्तन गर्ने हो ।’ अबको हाम्रो सवाल पनि परिर्वतन हो ।
(नेकपाका स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रतिनिधिसभामा दिएको वक्तव्य)

रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक
काठमाडौं । राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालको कम्पकाव्य ‘बारपाक’ शुक्रबार सार्वजनिक गरिएको छ । ‘त्रिशूली प्रवाह’ साप्ताहिक नुवाकोटद्वारा प्रकाशित कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसरजस्ता विषयमा लेखिएका २१ कविता समाविष्ट छन् ।
‘धरहरा’, ‘रानीपोखरी’, ‘काष्ठमण्डप’, ‘काठमाडौंलाई भूकम्प सुहाउँदैन’ ‘पाटन’, ‘योगनरेन्द्र मल्लको चरो’ ‘टेको भादगाउँ’, ‘वेह्युल’ (ला¬ङटाङ), ‘घर’, ‘भूकम्प युग’, ‘राहत’, ‘बारपाक’, ‘वैशाख १२’ आदि शीर्षकका छोटाछोटा कवितामा कविले आफ्ना भाव पोखेका छन् । प्रेस चौतारी नेपाल रासस पत्रकारिता सम्मान तथा पुरस्कार वितरण एवं काव्य विमोचन समारोहमा कृति सर्वजनिक गर्दै प्रमुख अतिथि श्रममन्त्री गोकर्ण विष्टले रिमालको कृति भविष्यका पुस्ताका लागि अध्ययनको दस्तावेज बन्ने बताए । कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै दीपेन्द्र अधिकारीले प्रकृतिले विनाश गरेको कुरालाई लेखकले सांस्कृतिक विम्ब प्रयोग गरी मिठासपूर्ण रूपमा कविता, र हाइकुमार्फत व्यक्त गरेको उल्लेख गर्दै साहित्यकार जति पीडामा हुन्छ त्यति नै बढी सशक्त भएर लेख्ने बताए ।
साहित्यकार रामकुमार पाँडेले लेखकले भूकम्पमा आफूले देखेभोगेका कुरालाई कवितामार्फत प्रस्तुत गरेकाले कृतिलाई दृश्य साहित्यको संज्ञा दिए । कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले बारपाक कृति सानो भए पनि यसले दिने सन्देश ठूलो भएको बताए । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रिमालको कृतिले समाज परिवर्तन गर्न सहयोग पु¥याउने बताए । नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले रिमालको कृतिबाट सरल भाषामा भूकम्पलाई बुझ्न सहयोग मिल्ने बताए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपाली समाज भूकम्पपछि कता जाँदै छ भन्ने सन्देश कृतिले दिएको उल्लेख गरे ।

गाउँले र पन्तलाई आजीवन सदस्यता
काठमाडौं । नेपाली वाङ्मय परिषद्ले नेपाली साहित्यको श्रीवृिद्धका साथै संस्थाको बृहत्तर हितका निमित्त विशेष योगदान दिएबापत दुई नारी स्रष्टालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष शशी लुमुम्बूको अध्यक्षतामा बिहीबार बसेको बैठकले कविद्वय कविता राई गाउँले र सरस्वती पन्तलाई विधानअनुसार संस्थाको आजीवन सदस्यता प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको हो । संस्थाको इतिहासमा यस्तो सदस्यता पहिलोपटक प्रदान गर्न लागिएको बताइएको छ ।
सदस्यता परिषद्को छैटौं वार्षिक उत्सवका अवसरमा असार अन्तिम साता काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने सचिव टीका चाम्लिङले जानकारी गराए ।
सचिव चाम्लिङका अनुसार विशेष कविता उत्सवसहितको उक्त विशेष समारोहमा भारतको दार्जिलिङका कवि तथा साहित्यकारहरूलाई आमन्त्रण गरिनेछ भने नेपाली साहित्यमा दार्जिलिङले पु¥याएको योगदानमाथि विमर्शसमेत गरिने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

वैकल्पिक ऊर्जामा कार्यकारीका लागि दौडधुप तीव्र

काठमाडौं । दर्जनौं दातृ संस्थाहरूको अर्बौं रकम ब्रह्मलुट गर्ने संस्था वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रमुख हुन तीव्र दौडधुप सुरु भएको छ । चार वर्षअघि केन्द्रको कार्यकारी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब खुल्दैन ‘साहित्य संसार’को दैलो !

‘बाबा ! म त धेरै बाँच्दिनँ, डाक्टरले १० वर्षको समय दिएको छ ।’ मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलाइसिसका रहेको साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधिले भन्ने गर्नुहुन्थ्यो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सत्यापनको नजिक

आफ्नो जीवन–गाथा रच्ने इच्छा कसलाई हुँदैन र ? जीवनका अँध्यारा–उज्याला तस्बिरहरुलाई फ्रेममा टाँग्ने उत्साहले डोरिँदै समाजका प्रबुद्ध अनुहारहरुले आत्मकथा लेखिरहेका छन् । तर,- ...
पूरा पढ्नुहोस्

छोटकरीमा