प्रधानमन्त्रीको भारत भ्रमण- नेपालको विश्वास जित्ने भारतीय कसरत
काठमाडौं । पार्टी एकताको अन्तिम घडीमा रहेका दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेलगत्तै भारतले नेपालसँग विश्वासिलो सम्बन्ध पुनःस्थापित गर्न आतुरता देखाएको छ । नाकाबन्दीपछिको उतारचढावपूर्ण घटनाक्रमपछि भारतलाई हेर्ने दृष्टिकोणमा नेपालमा व्यापक परिवर्तनको महसुस गरिरहेको उसले विश्वासिलो सम्बन्ध पुनःस्थापित गर्न आतुरता देखाएको हो ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएको १५ दिनमै परराष्ट्रमन्त्री सुष्मा स्वराजमार्फत भारत भ्रमणको निमन्त्रणा पठाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आशंकायुक्त सम्बन्ध तोड्ने सन्देश दिएका थिए । यही पृष्ठभूमिमा निमन्त्रणा स्विकारेर प्रधानमन्त्री ओलीले करिब पाँच दर्जन टोलीको नेतृत्व गर्दै पर्सिबाट भारत भ्रमण गर्न लागेका हुन् । ‘सबै फेर्न सकिन्छ तर जस्तोसुकै किन नहोस् छिमेकी फेर्न सकिन्नजस्ता अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिएर भारतीय हेपाहा प्रवृत्ति सह्य नहुने कूटनीतिक सन्देश दिँदै आएका प्रधानमन्त्री ओलीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तीनदिने भ्रमणका लागि प्रधानमन्त्री ओली शुक्रबार भारत प्रस्थान गर्दै छन् । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ । आगामी दिनमा दुई देशबीच राजनीतिक स्तरबाटै सम्बन्ध स्थापित गर्ने सन्देशसहित भारतीय पक्षले प्रधानमन्त्री ओलीको भव्य स्वागतको तयारी गरिरहेको अड्कलबाजी गरिएको छ । सम्बन्धलाई विश्वासिलो वातावरणमा रूपान्तरण गर्ने भारतीय चाहनाका साथ हुन लागिरहेको प्रधानमन्त्री ओलीको सद्भावना भ्रमणमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम एजेन्डा नबन्ने प्रकाशमा आएको छ । विशेषतः भारतीय पक्षले नै भ्रमणमा कुनै राजनीतिक एजेन्डा नहुने विषयलाई औपचारिक मिति तय नहुँदै प्रचारमा ल्याइरहेको छ । प्रधानमन्त्री ओलीले परम्परागत कुराभन्दा एक कदम अघि बढेर नेपालको समृद्धिको यात्रामा भारतीय पक्षको भरपर्दो सहयोग र सद्भावको अपेक्षा गरेकाले पनि भारतीय पक्षले त्यस्तो सन्देश प्रचार गराएको विश्लेषण गरिएको छ । वामपन्थी स्थिर सरकारले तीव्र आर्थिक विकासलाई मूल एजेन्डा बनाइरहेका बेला यो भ्रमणमा विशेषतः आर्थिक विषयले मात्र प्राथमिकता पाउने कूटनीतिक अधिकारीहरूको विश्लेषण रहेको छ । तर, औपचारिक एजेन्डाहरू भने अझै बाहिर आइसकेको छैन ।
प्रधानमन्त्री ओलीले भारतको औपचारिक सद्भावना भ्रमणलाई धेरै महŒव दिनेभन्दा पनि विगतदेखि उठ्दै आएका विषय र एजेन्डाहरूमा प्रतिक्रिया परीक्षण गर्न खोजेका छन् । विशेषतः दुई देशबीचको सम्बन्धमा नीतिगत पुनरावलोकनका लागि सुझाव दिन गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजे) ले छिट्टै प्रतिवेदन बुझाउने भएकाले पनि सन्धिसम्झौतासँग सम्बन्धित महत्वपूर्ण सवालहरू भ्रमणको प्राथमिकताको विषय बनेको छैन । दुई देशबीच महाकाली सन्धिसँग सम्बन्धित पञ्चेश्वर परियोजना कार्यान्वयनको विषय वर्षौंदेखि चल्दै आए पनि अझै कार्यान्वयन हुन सकेको छैन । खासगरी महाकालीको पानी भारतले सिँचाइंका लागि उपयोग गर्दा नेपालले प्राप्त गर्ने लाभका विषयमा उसले अझै मौनता साँधिरहेको छ । भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई गर्ने भनिएको सहयोगसँगै विगतका थुप्रै सहयोग सम्झौता अझै कार्यान्वयनमा नआएकाले पनि यसपटकको भ्रमणमा नेपालले खासै उत्साहका साथ ठूला विषयहरू उठान नगर्ने निश्चितजस्तै छ । त्यसैले, पाइपलाइन विस्तार, अन्तरदेशीय प्रसारण प्रणालीजस्ता पुराना एजेन्डा नै यसपटकको भ्रमणको पनि विषय बन्ने एक कूटनीतिक अधिकारीको दाबी छ । पूर्व–पश्चिम रेलवे, जयनगर–जनकपुर हुँदै राजधानी काठमाडौं जोड्ने रेलवे सेवा बिस्तार पनि भ्रमणको एउटा महŒवपूर्ण एजेन्डा बन्न सक्ने बताए पनि यसबारे दुवै देशले गरिरहेको आन्तरिक गृहकार्य बाहिर आइसकेको छैन । अहिलेसम्म बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्यासको विषय मात्र एजेन्डाका रूपमा सार्वजनिक भएको छ । भ्रमणका क्रममा ओली र मोदीले संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नेछन् ।
भारतकै कारण दक्षिण एसियाली सहयोग संगठन (सार्क) बैठक ओझेलमा परेकाले अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्री ओलीले रोकिएको सार्क सम्मेलनको एजेन्डा उठाउने तयारी गरिरहेका छन् । भारतलाई सार्क सम्मेलनको मितिमा आश्वस्त तुल्याउने काममा प्रधानमन्त्री ओलीले कसरत गर्दै उसका चासोका विषयमा पनि धारणा राख्ने तयारी गरिरहेका छन् । मंगलबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणको औपचारिक जानकारी गराएका छन् भने बुधबार र बिहीबार तयारी बैठकहरूको आयोजना गरेका छन् । पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिक अधिकारीहरूसँगको अन्तिम बैठकपछि मात्र भ्रमणका एजेन्डाहरू बाहिर ल्याउने सरकारको तयारी छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply